एनआरएन अमेरिकाको पाँचौं साधारण सभाको तयारी अन्तिम चरणमा

डालस, अमेरिका । प्रबाशी नेपालीहरुको संसारका ७३ देशमा फैलिएको एकमात्र संगठन एनआरएन हो । यसका हरेक देशमा राष्ट्रीय संयोजन परिषदहरु छन । यसको अमेरिकामा पनि राष्ट्रीय परिषद छ जुन २००७ मा स्थापना भएको हो । पछिल्लो पटक यसको निर्बाचन २०१५ को समरमा भएको थियो । दुइ दुइ बर्षे कार्यकाल रहने उक्त राष्ट्रीय परिषदको बार्षिक रुपमा साधारण सभा हुने बिधान छ । त्यही बमोजिम पाँचौ बार्षिक साधारण सभा आगामी जनवरी १४ गते शनिबार डालसमा हुने भएको छ ।

यो साधारण सभा सम्पन्न गर्न उपाध्यक्ष राम पोख्रेलको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ र त्यसले साधारण सभा सम्पन्न गर्न आबस्यक सम्पूर्ण तयारी गरिरहेको छ । यही साधारण सभामा यो कार्यसमिति आएपछिको आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालीहरुका बिदेश स्थित संस्थाहरुमा आर्थिक गतिबिधि अपारदर्शी भएर बदनाम भैरहेको सन्दर्भमा एनआरएन अमेरिकाले आफ्नो सम्पूर्ण आर्थिक गतिबिधि यही मेसोमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बिधान संसोधन गर्न गठित समितिले संसोधनको लागि तयार गरेका केहि बिषयमा समेत छलफल हुनेछ । बिधानमा पक्कै त्रुटि हुन्छन् । त्यही भएर सच्छ्याउनु पर्छ । साधारण सभामा सच्च्याएर ल्याएको बूंदाहरुमा त्यहाँ छलफल हुनेछ र सदस्यहरुले चाहेमा पारित हुनेछ र नचाहेमा हुनेछैन । त्यस्तै अरु केहि थपघट गर्नु परेमा पनि त्यो सकिनेछ ।2

उक्त कार्यक्रममा आउन अमेरिकाका अन्य राज्यहरु र अमेरिका बाहिरबाट एनआरएनका नेताहरु आउँदै छन । एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेल आफ्नो गृह राज्यबाट टेक्सास आउँदैछन भने एनआरएन आईसीसीका उपाध्य्क्ष कुमार पन्त जर्मनीबाट आउने निश्चित भइसकेको छ भने भवन भट्टसंग बातचीत भैरहेको छ । त्यस्तै उद्घाटन गर्न नेपालबाट नेपाल सरकारका परराष्ट्र मंत्री डाक्टर प्रकाश शरण महत आउने बिषयमा छलफल भैरहेको छ । परराष्ट्र मंत्री आउने निश्चित भने भइसकेको छैन । त्यस्तै साधारण सदस्य र अन्य संगठन संग आबद्ध ब्यक्तिहरु पनि आउँदै हुनुहुन्छ । परिस्थिति हेर्दा डालसको यो साधारण सभा असाधारण हुने र केहि महत्वपूर्ण भेटघाट समेत हुने अनुमान गर्न सकिन्छ ।

कार्यक्रम डालस नजिक कोपेलमा रहेको फोर पोइन्ट्स होटलमा हुनेछ । पहिलो सत्रमा उद्घाटन, त्यसपछि आर्थिक प्रतिबेदन प्रस्तुत, त्यसपछि सभा तथा बिधान बारेको छलफल र अन्त्यमा समापन हुने मोटामोटी कार्यक्रम छ भने अन्तिम तालिका छिटै नै प्रकाशित गरिने संयोजक राम पोखरेलले बताउनु भयो ।

जे होस एनआरएन अमेरिकाको साधारण सभाले बिबादित कुराहरु मिलाएर अघि बढ्नु पर्ने आबस्यक्ता महशुश गरिएको अहिलेको अबस्थामा हुन लागेको यो साधारण सभामा फेरी यही गुटबंदी र संकीर्ण सोंचको परित्याग नगर्ने हो भने यस्ता भेला जति गरे पनि खासै फरक नपर्ने तर त्यो साँघुरो घेराबाट माथि उठने हो भने यो साधारण सभा पनि “नेपालीका लागि नेपाली” भन्ने नारा अर्थपूर्ण हुन सक्ने देखिन्छ ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907