पेरिस, २५ पुस । अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा फेशन विक टेलिभिजन सो नामक […]
बर्दिबास, २५ पुस । महोत्तरीको बर्दिवास–२ मा एकीकृत मुसहर नमुना बस्ती निर्माणको आज शिलान्यास भएको छ । हास्य कलाकारद्वय सीताराम र कुञ्जना कट्टेल आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले रु चार करोड ७८ लाख लागतमा बनाउन लागेको सो बस्तीको आज महजोडीेले शिलान्यास ग¥यो । सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुलुकका विभिन्न भागमा धुर्मुस–सुन्तलीले दुःखी, […]
चितवन, २५ पुुस । थारु संस्कृतिलाई जीवन्त दिन सहयोग पुगोस् भन्ने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि पुस २८ गतेदेखि निर्माणाधीन खैरहनी रङ्गशाला, गौचरनमा खिचरा महोत्सव हुने भएको छ । महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले जनाएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा […]
काठमाडौँ, २४ पुस । ‘जैविक विविधता जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, कृषि विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय तथा त्रिवि वनस्पति शास्त्र केन्द्रीय विभाग, कृषि तथा वन विश्वविद्यालयलगायतको आयोजनामा यही पुस २६ गतेदेखि २८ गतेसम्म हुन लागेको […]
अमेरिकी गुप्तचर विभागको प्रतिबेदन वसिङ्गटन, २३ पुस । गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरुले गतःशुक्रबार एक ठोकुवा प्रतिबेदन बुझाएका छन् । उक्त प्रतिवेदनले उम्मेदवार हिलारी क्लिन्टनलाई घात गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा राष्ट्रपति […]
लिबाङ (रोल्पा), २३ पुस । नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले नेपालमै पहिलोपटक रोल्पामा एकैसाथ जडान गरिएका पाँचवटा हाइड्रोलिक ¥याम (पापा) पम्पको एक भव्य समारोहका बीच शुक्रबार उद्घाटन गर्नुभएको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजना (आइप्याक) र रिन्युएवल वल्र्डले ¥याम (पापा) पम्प निर्माण कार्य सम्पन्न गर्नका लागि करिब रु २२ लाख आर्थिक सहयोग गरेको […]
स्टकहोम, २१ पुस । स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ । तर सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले बताउनुभएको छ । राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भेट्न […]
हाम्रो पात्रो” को लेखबाट…. हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रिशुल तरवार अनि कमलको फूल रहेका छन् । सनातन सस्कारलाई धर्मसित जोडिनु भन्दा पनि सभ्यताकाक्रम सित जोडिनु जरुरी छ, अष्ट मातृका अर्थात आठवटा देवीको विचमा रहनुभएकी स्वस्थानी माताको महिमा अपरम्पार रहेको छ। हिन्दु सँस्कारमा धेरै जसो पुराणहरू एक […]
जनवरी ४, डालस, अमेरिका। अमेरिकामा नेपालीहरुको बाक्लो उपस्थिति हुन लागेको एक दशक पुगेको छ। त्यसमाथि डालसमा अझै ढिलो नेपालीहरु आए । शुरुमा न्यू योर्क त्यसपछि वाशिंटन डीसी र त्यसपछि क्यालिफोर्नियालाइ नेपालीहरुले बसाई सराईको लागि रोजे । तर बिगत केहि बर्ष देखि टेक्सास नेपालीहरुको लागि गन्तब्य बनेको छ । नेपाल बाट टेक्सासमा आउने मात्र होइन अरु […]
काठमाडौँ, १८ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा नेपालले भारतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतका जितमा कमलादेवी, इन्दुमती र सस्मिता मलिकले एक एक गोल गरे । खेलको पहिलो […]