किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ

पेरिस, २५ पुस । अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

फ्रान्समा फेशन विक टेलिभिजन सो नामक कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा किम कार्दासियान गतः अक्टोबर महिनामा पेरिस पुगेकी थिइन् । पेरिसस्थित उनको निजी निवासमा डाँकाहरूको एउटा ठूलै गिरोह जबर्दस्ती घुसी किमलाई बाँध, छाँद गरेर बाथरुमभित्र थुनी लुटेराहरूको समूहले एक करोड अमेरिकी डलरभन्दा बढी मूल्यपर्ने सुन तथा हिराका गर गहना, जुहारत डकैती गरेर फरार भएका थिए ।

त्यस बखत उनलाई शारीरिक चोटपटक केही नलागे ता पनि मानसिक रूपमा निकै सन्त्रस्त र विचलित भएकी किमका प्रवक्ता महिलाले बताएकी थिइन् । 1

फ्रान्सेली प्रहरीले सोमबार सो लुटेराहरूको गिरोह पक्राउ परेको जनाएको छ । यद्यपि, लुटिएका गर गहना तथा जुहारत बरामद हुन सक्यो, सकेन भन्ने तथ्य प्रहरीले खुलाएको छैन ।

आतङ्कवादीहरूले तीन÷तीन पटक ठूलठूला आक्रमण गर्दा धेरै जनधनको क्षतिको चपेटामा परिसकेको फ्रान्सको राजधानी पेरिसमा किम कार्दासियानको गरगहना डकैतीकाण्डले राष्ट्रिय सुरक्षामा फेरी एक पटक गम्भीर प्रश्नचिह्न खडा गरेको थियो । (RSS+AP)

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907