बेरुत, २९ पुस । मस्को र अङ्काराको संयुक्त प्रयासमा यसै महिनामा गर्न लागिएको सिरियाको शान्ति वार्ताका लागि वासिङ्गटनलाई पनि निमन्त्रणा गरिने टर्की प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । तर रसियाले भने यस निमन्त्रणाको पुष्टि गर्न अस्वीकार गरेको छ । सिरियामा केही हप्तायता भएको युद्धबिराममा रसिया र टर्कीको प्रयासमा जारी भएको थियो । यसै युद्धबिरामका कारण काजकिस्तानको […]
माघ १ गते शनिबार प्रचारप्रसार गर्ने) (पूर्णप्रसाद मिश्र) काठमाडौँ, १ माघ । दोस्रो राष्ट्रिय योग दिवस शिक्षा मन्त्रालय र योगसँग सम्बन्धित सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । […]
अमेरिकाको ४५ औ रास्ट्रपतिको रुपमा सपथ लिन एक हप्ता बाँकी रहँदा डोनाल्ड ट्रंप फेरी अर्को चक्रब्युहमा फस्ने सम्भावना देखिएको छ । चुनावी प्रचारको क्रममा ट्रंपलाइ महिला माथि हिंसा गरेको थुप्रै आरोपहरु लगाइएको थियो । तर स्वछन्द अमेरिकी समाजले त्यसलाई सजिलै पचाइदियो र उनि अमेरिकाको रास्ट्रपति बन्न सफल बने । हिलारीले व्यक्तिगत सर्भर प्रयोग गरी असुरक्षित […]
काठमाडौँ, २८ पुस । वातावरणविद्ले जलवायु परिवर्तनका नकारात्मक असरले नेपालका उच्च हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा बढी असर पारेको औँल्याएका छन् । यहाँ भएको ‘जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा जलवायु परिवर्तनका असरसँग जुध्ने उपायका बारेमा समेत छलफल भएको थियो । जलवायु परिवर्तनका असरले नेपालका हिमाली क्षेत्रको जीविकोेपार्जनमा प्रत्यक्ष असर […]
एनआरएन अमेरिकाले बार्षिक साधारण सभा आउँदो १४ तारिक शनिबार डालसमा गर्दैछ । त्यसको लागि उपाध्यक्ष राम पोखरेलको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो । संयोजक राम पोख्रेलले आज बिज्ञप्ति जारि गर्दै साधारण सभाको लागि आबस्यक सम्पूर्ण तयारी पुरा भएको र डालसमा देश बिदेशका पाहुनाहरुलाई स्वागत गर्न आतुर रहेको सबैमा अबगत गराउनु भएको छ । बिज्ञप्ति […]
काठमाडौँ, २७ पुस । नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महतले पृथ्वीनारायण शाह नेपालका महान् पुत्र भएको बताउनुभएको छ । आज एकता दिवसको अवसर पारेर नागरिक समूहले आयोजना गरेका कार्यक्रममा उहाँले शाह जस्तो दूरदर्शी सोच र सबैलाई एकसाथ लिएर जाने कूटनीतिक नीतिले आजको नेपालको सिर्जना गरेको धारणा राख्नुभयो । त्यो बेलाको नेपाल दक्षिण […]
अमेरिकाको टेक्सास निवासी भुवन आचार्य र अरूणा आचार्यको जोडीले आफ्ना सुपुत्र नीलमुक्ति आचार्यको भात खुवाई कार्यक्रमबाट उठेको पॉच लाखबढी रकम मन्दिरलाई हस्तान्तरण गरेको छ । गत शनिबारको कार्यक्रमबाट उठेको ४ हजार ९ सय ७४ डलर अर्थात ५ लाख ४१ हजार ५ सय ६८ रूपैयॉ डलास स्थित नेपाली मन्दिरलाई हस्तान्तरण गरिएको हो । यस कार्यक्रम […]
आज भन्दा ठिक ८ बर्ष अघि सबैलाई आस्चर्यचकित पार्दै अमेरिकाको रास्ट्रपतिको निर्बाचनमा एक अश्वेत नागरिक निर्बाचित भए । अस्वेतको लागि अमरिकामा लामो समयसम्म विभेद थियो । १९ औं शताब्दीको मध्यतिर मात्र उनीहरुले मताधिकार प्राप्त गरे । लामो संघर्ष पछि मात्र उनीहरुलाई नागरिक सरह व्यवहार गरियो । तर रास्ट्रपति नै बन्न सक्ने स्थिति थिएन । तर […]
भक्तपुर, २६ पुस । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका नाममा पहाड र तराईलाई अलग गरे नेपाल विखण्डन हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपाललाई सिङ्गो राख्न सङ्घीयतालाई कार्यान्वयन गर्ने नहुने धारणा राख्नुभयो । अध्यक्ष केसीले भन्नुभयो–“नेपाली जनताको घाँटीमा सङ्घीयता जबर्जस्ती भिडाएर पहाड […]
काठमाडौँ, २५ पुस । पूर्वराज्यमन्त्री तथा निलम्बित सभासद सञ्जयकुमार साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित साहले रु ३१ करोड ५० लाख २६ हजार ५५९ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको तर स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको हो । साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा […]