ट्रंप रसियाको जालोमा फसे: फेरी अर्को काण्डको पर्दाफास

अमेरिकाको ४५ औ रास्ट्रपतिको रुपमा सपथ लिन एक हप्ता बाँकी रहँदा डोनाल्ड ट्रंप फेरी अर्को चक्रब्युहमा फस्ने सम्भावना देखिएको छ । चुनावी प्रचारको क्रममा ट्रंपलाइ महिला माथि हिंसा गरेको थुप्रै आरोपहरु लगाइएको थियो । तर स्वछन्द अमेरिकी समाजले त्यसलाई सजिलै पचाइदियो र उनि अमेरिकाको रास्ट्रपति बन्न सफल बने । हिलारीले व्यक्तिगत सर्भर प्रयोग गरी असुरक्षित तरिकाले इमेल आदान प्रदान गरेको मुद्धालाई प्रमुख मान्ने अमेरिकी समाज डोनाल्ड ट्रंपको महिला माथि गरिएका र उनले व्यक्त गरेका अवान्छित कुराहरुलाई सजिलै पचायो । अरुले मात्र होइन उनि आफैले पनि जितिन्छ भन्ने नसोचेको कुरा भयो । उनले जिते । रास्ट्रको सर्बोच्च पदमा एउटा चरित्रहीन मानिस पैसाको बलमा पुग्नु अमेरिकी प्रजातन्त्रको लागि लज्जाको बिषय थियो ।
Republican presidential candidate, businessman Donald Trump stands during the Fox Business Network Republican presidential debate at the North Charleston Coliseum, Thursday, Jan. 14, 2016, in North Charleston, S.C. (AP Photo/Chuck Burton)

Republican presidential candidate, businessman Donald Trump stands during the Fox Business Network Republican presidential debate at the North Charleston Coliseum, Thursday, Jan. 14, 2016, in North Charleston, S.C. (AP Photo/Chuck Burton)

ट्रंपलाइ जिताउन रसियाले अभियान नै चलाएको प्रस्ट भएको छ । अमेरिकाको जासुसी एजेन्सीहरुले त्यहि निर्क्यौल गर्दै रिपोर्ट निकालिसकेका छन् । रसियाले ह्याक गरिएका इमेलहरु विकिलिक्सलाइ उपलब्ध गराएको थियो । चुनावको समय पारेर प्रतिद्वन्दी हिलारीको हज्जारौं इमेल सार्बजनिक गरेको रसियाले ट्रंप र रिपब्लिकन पार्टीका कुराहरु बाहिर ल्याएन । रसियाको उद्धेश्य प्रस्ट थियो, अमेरिकी प्रजातन्त्र र यहाँको प्रणालिको खिल्ली उडाउनु । भयो त्यस्तै । योजनाबिहिन एक जोकर अमेरिकाको रास्ट्रपति बने । अमेरिकासंग लामो समयको दुश्मनी भए पनि ट्रंपले भ्लादिमिर पुटिनलाइ बुद्धिमान नेता भनेर प्रशंशा गरे । आफ्नै खुफिया एजेन्सीलाइ गालि गर्दै रसियाको समर्थनमा धेरै समय खर्च गरे । अब भने ट्रंप आफ्नो प्रतिद्वन्दी राष्ट्रसंग लम्पसार पर्नुको राज खुल्न थालेको छ ।
 एमआइ सिक्स नामक एउटा ब्रिटिश गुप्तचर संस्थामा काम गर्ने व्यक्तिको भनाइ उल्लेख गर्दै अहिले अमेरिकी मेडियामा ट्रंपको नाकमा नत्थी लगाउने सामग्री रसिया संग रहेको र त्यहि सामग्री देखाएर ट्रंपलाइ रसियाले तर्साइरहेको भनिएको छ  । उक्त व्यक्तिले रसियाका श्रोतहरुको हवाला दिंदै ट्रंपको अत्यन्त व्यक्तिगत अस्लिल भिडियो र उनका रसिया र अन्य राष्ट्रहरुसंग भए गरेका आर्थिक हिनामिनाको फेहरिस्त रहेको जसका कारणले ट्रंप डराएको अनुमान गरिएको छ । अहिले अमेरिको क्यापिटल हिलमा यसले सनसनी मच्चाएको छ । त्यस्तै मेडियाहरुमा पनि प्रयाप्त समाचारहरु प्रशारण भैरहेका छन् ।
यी सारा कुराहरुको पर्दाफास बज्फ़िड डट कमले गरेको हो । पुस्टि भैनसकेको यो खुलासाले अमेरिकाको राजनीतिक क्षेत्र भने तरंगित बनेको छ ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907