ओबामाले रास्ट्रपतिको रुपमा आज अन्तिम सम्बोधन गर्दै

आज भन्दा ठिक ८ बर्ष अघि सबैलाई आस्चर्यचकित पार्दै अमेरिकाको रास्ट्रपतिको निर्बाचनमा एक अश्वेत नागरिक निर्बाचित भए । अस्वेतको लागि अमरिकामा लामो समयसम्म विभेद थियो । १९ औं शताब्दीको मध्यतिर मात्र उनीहरुले मताधिकार प्राप्त गरे । लामो संघर्ष पछि मात्र उनीहरुलाई नागरिक सरह व्यवहार गरियो । तर रास्ट्रपति नै बन्न सक्ने स्थिति थिएन । तर उनको बाक्पटुता र तिक्ष्ण बुद्धिका कारण उनि रास्ट्रपति बने । अमेरिकामा इतिहास रचियो ।

उनि रास्ट्रपति भएको कुरा एकाथरी गोरेहरुलाई पटक्कै मन परेन । उनीहरुले मुद्धाको आधारमा समर्थन वा बिरोध गर्ने पद्धति प्रजातन्त्रको उपहार हो । तर प्रतिपक्षिको रुपमा रहेका रिपब्लिकनहरुले ओबामाको हरेक कुरालाई अस्विकार गरे । राम्रो होस् वा नराम्रो होस्, उनीहरुले एउटै स्वरमा बिरोध गरे । पहिलो दुइ बर्ष सिनेटमा र हाउसमा डेमोक्र्याटहरुको बहुमत थियो । त्यो बेला उनले न्युनतम ज्यालादर बढाउने र ओबामाकेयरको नामले चर्चित स्वास्थ्य सम्बन्धि नीति ल्याउन सफल भए । तर २०१० पछि डेमोक्र्याटहरुको बहुमत सिनेट र हाउसमा गुमेपछि ओबामाले खासै केहि गर्न पाएनन । उनलाई अध्यागमन सम्बन्धि कानुन ल्याउन दिइएन । ओबामाले जति राम्रो काम गर्न खोजे पनि रिपब्लिकनहरुले असहयोग गरे । उनलाई गरिखान दिएनन ।1

यी र यस्तै अभद्र प्रतिपक्षि व्यवहारका बाबजुद अमेरिकालाइ ठुलो आर्थिक संकटबाट ओबामाले मुक्त गरे । उनले अफिसमा खुट्टो हाल्दा अमेरिकाको आर्थिक अवस्था दयनीय थियो । धेरै अमेरिकीहरुले घर, सम्पति र जागिर गुमाएका थिए । तर उनले बिस्तारै त्यो स्थितिमा सुधार ल्याए र अमेरिकाको अर्थतन्त्रलाइ बलियो बनाए । यो बिचमा उनले रंग, क्षेत्र, जात, धर्म वा अन्य तरिकाले विभेद गर्न नहुने सुधार कानुनहरु निर्माण गरे । समलिंगीहरुको लागि अमेरिकाभर बैबाहिक अधिकार प्रदान गरे । यी र यस्तै प्रगतिशील र समाज सुधारका काम रिपब्लिकनहरुको एउटा तप्कालाई मन परेन । गोराहरुको बर्चस्व चाहने त्यो गुट धनि थियो । त्यसले मेडिया देखि सम्पूर्ण कुराहरु कब्जा गर्यो । ओबामालाई असफल पार्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्यो । शक्ति सन्तुलनको सिद्धान्त अनुसार ओबामाले मात्र चाहेर गर्न केहि सक्दैनथे ।

यी थुप्रै चुनौती पार गर्दै उनले ८ बर्ष पार गरे । उनि पक्कै एक असल र सफल रास्ट्रपतिको रुपमा अमेरिकी इतिहासमा दर्ज हुनेछन । उनले धेरै अमेरिकीहरुलाई हँसाउने प्रयत्न गरे । आफ्नो सम्बोधनमा धेरैलाई लट्ठ पार्ने त्यो हँसिलो अनुहार अब अमेरिकी जनताले देख्न पाउने छैनन् । आज अर्थात् जनवरी १० का दिन शिकागोमा आयोजित एक बिसेष कार्यक्रममा उनले अन्तिम सम्बोधन गर्नेछन एक रास्ट्रपति को रुपमा । पक्कै उनले अमेरिकी जनतालाई आफ्नो भविस्य प्रति आशाबादी रहन त पक्कै भन्ने छन् तर ट्रंप रास्ट्रपति भएको अबस्थामा अब अमेरिकी जनताले रास्ट्रपतिको सम्बोधन आयो भनेर टिभी वरिपरि झुम्मिनु पर्ने अवस्था भने अन्त्य हुने अवस्था देखिन्छ । जे होस्, यो ८ बर्ष अमेरिकी जनतालाई उनले पुर्याएको अतुलनिय योगदानको कदर गर्दै उनको आगामी दिन सुखमय बनोस, यहि नै जाँदा जाँदै उनलाई शुभकामना ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907