डालसमा नेपालीले थोक बिक्री केंद्र खोले

जनवरी ४, डालस, अमेरिका। अमेरिकामा नेपालीहरुको बाक्लो उपस्थिति हुन लागेको एक दशक पुगेको छ। त्यसमाथि डालसमा अझै ढिलो नेपालीहरु आए । शुरुमा न्यू योर्क त्यसपछि वाशिंटन डीसी र त्यसपछि क्यालिफोर्नियालाइ नेपालीहरुले बसाई सराईको लागि रोजे । तर बिगत केहि बर्ष देखि टेक्सास नेपालीहरुको लागि गन्तब्य बनेको छ । नेपाल बाट टेक्सासमा आउने मात्र होइन अरु राज्यहरु बाट पनि नेपालीहरु टेक्सास आउने क्रम ब्यापक बनेको छ । टेक्सासमा पनि डालस आकर्षणको केंद्रबिंदु बनेको छ। थोरै कमाईले पनि परिबार पाल्न सकिने हुनाले भर्खर आउनेहरुलाई मात्र यो ठाउँ उपयुक्त छैन, अलि अलि पैसा हुनेहरुलाई आफै केहि गरूँ भन्दा लगानी धेरै गर्नु नपर्ने हुनाले यहाँ आउनेहरुको संख्या बढेको हो। त्यसमाथि बिद्यार्थीहरुको लागि त यो स्वर्ग नै हो । थोरै फी र काम पाउने संभावना अधिक हुनाले टेक्सास बिद्यार्थीहरुको पहिलो रोजाई हो।

1
केहि समय अघि डालस वरपर काम गर्दा भारतीय, पाकिस्तानी वा बंगालीको पसलहरुमा काम गर्नु पर्थ्यो। अहिले अबस्था त्यस्तो छैन। प्रशस्त नेपालीहरुका पसल छन। अहिले सयौंको संख्यामा नेपालीहरुका आफ्ना पेट्रोल बिक्री केंद्रहरु छन। कुनै कुनै नेपालीहरुका ६० वटा सम्म पसल छन। कसैका ४०, कसैका ३०, कसैका १० र एक दुइ वटा हुने त कतिछन छन। आईटी ब्यबसाय गरेर आफ्नो नाम र दाम कमाउँहरु पनि प्रशस्तै छन। जे होस डालसमा नेपाली समुदाय धनि हुने क्रम तीब्र छ। त्यही मेसोमा यही जनवरी १ देखि नेपाली ब्यबसायीहरुले लगानीमा अर्को छलांग हानेका छन।

डालस वरपर लामो समय देखि ब्यबसाय गर्दै आएका पांच नेपाली ब्यबसायीहरुले डालस नजिकै रहेको अर्लिंगटनमा एक भब्य थोक बिक्री केंद्रको शुरुवात गरेका छन। पांच मिलियन डलर भन्दा बढ़ीको लगानी रहेको उक्त थोक बिक्री केंद्रमा पेट्रोल बिक्री केंद्रहरुमा बेचिने समानहरु बिक्री गरिन्छ। डालस काऊ बोयज स्टेडियमको नजिकै जग्गा र भवन समेत खरीद गरेर ३०००० बर्ग फिटमा उक्त थोक बिक्री केंद्र स्थापना गरिएको छ। फर्स्ट एभरेस्ट इंभेस्टमेंट ग्रुपले यो काम शुरू गरेको र आगामी दिनमा अन्य क्षेत्रमा समेत लगानी गर्ने सोंच रहेको बासुभंडारीले जानकारी गराउनु भयो। फर्स्ट एभरेस्ट इंभेस्टमेंट ग्रुपमा अहिले बासु भंडारी, कपिल अधिकारी, नरेश पांडे, उमेश प्रधान र भुवन आचार्य गरी पांच जनाको प्रत्यक्ष लगानी र अन्य थुप्रैको अप्रत्यक्ष लगानी रहेको कुरा भुवन आचार्यले बताउनु भयो। यहाँ सम्म आइपुग्न कपिल अधिकारीले सम्पूर्ण ब्याबस्थापकीय संयोजन गर्नुभएको थियो ।

जे होस नेपालीहरुको प्रगति हुँदैछ। भारतमा गेट पाले र बहादुर भनेर हेपिने नेपाली अब बिदेशीहरुलाई नै जागीर दिनसक्ने हैसियतमा आउनु नेपालीहरुको लागि गर्बको बिषय हो। अमेरिका जस्तो ठाउँमा यो स्तरको लगानी र ब्याबस्थापनमा थोक बिक्री खोल्ने हिम्मत गर्नु चानचुने होइन। यो थोक बिक्री केन्द्रको स्थापना पछि  समान किन्न आफ्नै नेपालीहरुको थोक बिक्री केन्द्रमा किन्न पाइने भएको छ ।  हाम्रै दाजुभाइको थोक बिक्री केन्द्रमा गएर आफ्नो पसलको लागि चाहिने समान किन्न पाइने अबस्था सृजना भएको छ। यसको लागि हामी सबै डालस बासी नेपालीहरु र बिशेष गरी ब्यबसायीहरु बधाईका पात्र हौं। हामीलाई यो स्थितिमा ल्याउने लगानीकर्ता पांचै जना र अन्य अप्रत्यक्ष लगानीकर्ताहरु धन्यवादको पात्र हुनुहुन्छ। अन्त्यमा यूएस एंड नेपाल तपाइँहरु सबैलाई सफलताको शुभकामना र स्थापनाको लागि बधाई दिन चाहन्छ।

5 8 3

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907