आइटिएफ तेक्वान्दो : पाँचवटै स्वर्ण सेनालाई
झापा, ११ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न महिलातर्फको पाँचवटै प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेका छन् ।
सेनाका लागि स्पाइरिङअन्तर्गत ४६ किलोदेखि ५० किलो तौलमा रुविना खड्का, ५१ किलोदेखि ५५ किलो तौलमा रिता धिमाल, ५६ किलोदेखि ६० किलो तौलमा तुलसा राजथला, ६१ किलोदेखि ६५ किलो तौलमा सिर्जना राई तथा ६५ किलो बढी तौलमा वसन्ती बुढामगरले स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।
यस्तै स्पाइरिङ पुरुषतर्फ ६१ किलोदेखि ६५ किलो तौलमा पूर्वाञ्चलका दिलन राईले स्वर्ण पदक प्राप्त गर्नुभयो । स्पाइरिङअन्तर्गत महिलातर्फ ४६ किलोदेखि ५० किलो तौलमा मध्यमाञ्चलका पूजा खुलाल मगरले रजत तथा मध्यमाञ्चलकै सुशीला गुरुङ र सुदूरपश्चिमाञ्चलका पूजा शाहीले कास्य पदक प्राप्त गर्नुभयो । ५१ किलोदेखि ५५ किलोतर्फ पश्चिमाञ्चलका शर्मिला महतले रजत तथा सशस्त्र प्रहरीका सञ्चीता लामा र मध्यमाञ्चलका श्वेता राईले कास्य पदक प्राप्त गर्नुभयो ।
यसैगरी ५६ किलोदेखि ६० किलो तौलमा मध्यपश्चिमाञ्चलका मेनुका बुढामगरले रजत तथा सुदूरपश्चिमाञ्चलका सविना उराउ र पश्चिमाञ्चलका सीमा खासुले काश्य पदक जित्नुभयो । ६१ किलोदेखि ६५ किलो तौलमा पश्चिमाञ्चलका उमिसा घर्तीमगरले रजत तथा मध्यपश्चिमाञ्चलका किरण यादव र मध्यमाञ्चलका उमा घलेले काश्य पदक जित्नुभयो । ६५ किलो बढी तौलमा पूर्वाञ्चलका अनामिका राईले रजत तथा पश्चिमाञ्चलका कामना पुन र सुदूरपश्चिमाञ्चलका सुजता सिजापतीले काश्य पदक जित्नुभयो ।
यस्तै स्पाइरिङ पुरुषतर्फ ६१ किलोदेखि ६५ किलो तौलमा सेनाका गेदबहादुर बस्नेतले रजत तथा पश्चिमाञ्चलका राजन रसाइली र मध्यमाञ्चलका निमेश थापाले काश्य पदक जित्नुभयो ।