स्थानीय तह पुनसंरचनाःमङ्सिरसम्म प्रतिवेदन बुझाइने

काठमाडौँ, २३ मङ्सिर । स्थानीय तह पुनःसंरचना आयोगले यही मङ्सिर मसान्तसम्म आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ ।
प्रदेश नं २ का चार जिल्लाका सांसदसँग गाउँपालिका एवम् नगरपालिकाको पुनःसंरचनाका विषयमा छलफल गरेपछि आयोगले आज सो जानकारी दिएको हो । बारा, रौतहट, महोत्तरी र सप्तरीका सांसदसँग आज आयोग कार्यालयमा छलफल गरिएको प्रवक्ता डा हरि पौडेलले जानकारी दिनुभयो ।
ती जिल्लामा मधेसकेन्द्रित दलको विरोधका कारण स्थानीय तहको पुनःसंरचनाका बारेमा गृहकार्य हुन नसकेपछि जिल्ला प्राविधिक सहयोग समितिले पठाएको प्रतिवेदनका आधारमा सांसदसँग अन्तक्र्रिया गरिएको हो । “स्थानीय विकास अधिकारीको संयोजकत्वमा रहेको प्राविधिक समितिले जिल्लामा गरेका काम र केन्द्रमा आयोगले गरेको अध्ययनलाई अन्तिम रुप दिन जनप्रतिनिधिसँग छलफल गरिएको हो, काम सकेर यो महिनाको अन्तिमसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो । 1

छलफलमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसद उपस्थित भए पनि मधेसकेन्द्रित दलका सांसद अनुपस्थित रहेको महोत्तरीका सांसद लालेन्द्र मण्डलले राससलाई जानकारी दिनुभयो । आयोगमा ६८ जिल्लाको प्रतिवेदन आए पनि २ नं प्रदेशका आठ जिल्लाको प्रतिवेदन आएको छैन । आयोगले बुधबार २ नं प्रदेशका अन्य चार जिल्लाका सांसदसँग छलफल गरेको थियो । रासस

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907