ट्रंपले बोलि फेरे: मेक्सिकोको सीमामा पर्खाल होइन काँडेतार लगाइने , ओबामा केयर बच्ने
यदि ट्रंपले महिला माथि बोलेका शब्द एक हप्ता नहुँदै भुले जस्तै उनले निर्बाचन अभियानको क्रममा बोलेका कुरा भुलेका छैनौ भने चुनाबको बेला जे भनेर हुन्छ जित्ने खेल नै चुनाव हो भनेर बुझ्नु पर्ने भएको छ । रास्ट्रपतिमा भर्खर निर्बाचित डोनाल्ड ट्रंपले सबै गैर कानुनी आप्रबाशीलाइ देश निकाला नगर्ने बताएका छन्। निर्बाचन अभियानको क्रममा उनले सबैलाई फिर्ता गर्ने बताएका थिए। त्यस्तै ओबामा केयरको बिषयमा पनि त्यसलाई पुरै खारेज गरेर नयाँ र राम्रो स्वास्थ्य नीतिले बिस्थापित गर्ने कुरा पटक पटक स्पस्ट गरेका थिए। तर रास्ट्रपतिमा निर्बाचित भएको एक हप्ता नबित्दै उनि आफ्नो निर्बाचन अभियानमा लोकप्रिय यी दुवै नारा र बाचाबाट बिचलित भएका छन्। बिहिबार रास्ट्रपति ओबामा संग भेटे पछि उनले ओबामाकेयरका राम्रा कुराहरु जारि राख्ने कुरा बताएका छन् भने हिस्प्यानिक नेतासंग भेटेपछि सबै गैर कानुनी आप्राबाशीलाइ निस्काशन नगरिने कुरा जनाएका छन्।
धेरैलाई थाहा छ, ट्रंपको ज्ञानको घैंटो कति छ। चुनावी अभियानमा पनि उनले आफ्नो त्यो चरित्र प्रस्तुत गरेकै हुन्। तर अति संकीर्ण र कुण्ठित गोराहरुको ठुलो जमात महिला रास्ट्रपति स्वीकार गर्नु भन्दा व्यभिचारी पुरुष ठिक भन्ने मान्यतामा पुग्यो। कतिपय गोराहरु वाशिंगटनसंग रुस्ट थिए। उनीहरुले बाहिरियालाइ समर्थन गरे। कुनै कुरालाइ चिटिक्क पारेर सुन्न मिल्ने गरि भन्दा जस्ताको तस्तै बोल्ने ट्रंपको बानी नै कतिपयलाई मन पर्यो। उनले घुमाएर कहिल्यै कुरा गरेनन। उनको ज्ञानको घैंटो यति रित्तो थियो कि उनले हरेक ठुला मुद्धाहरुमा पनि कुनै खोज नगरी प्वाक्क बोले जुन मतदाताहरु सुन्न चाहन्थे। अमेरिकी सेना संसारका जुनसुकै देशमा जे पनि गर्न सक्ने बनाउने उनको बोलि केहि बिस्तारबादी गोरेहरुले मन पारे। तर जब ट्रंपले बुझ्न थाले, उनको बोलि परिबर्तन भयो। यिनको यहि मुर्ख प्रतिक्रियालाइ लिएर ट्रंपको भजन गाउनेहरु “हिस्स बुढी खिस्स दांत” बन्न अब धेरै कुर्न नपर्ला।
यसो भनेर ट्रंपले यी सब कामहरु नगरुन भन्ने होइन। चारित्रिक रुपमा ट्रंप जति छाडा , आर्थिक रुपमा जति भ्रस्ट र राजनीतिक रुपमा जति बुद्धिहीन भए पनि अर्को कुनै प्रलय भएन भने आगामी ४ बर्ष उनि हाम्रा रास्ट्रपति हुनेछन। उनको असफलता राष्ट्र कै असफलता हो। त्यसैले उनले राम्रा काम गरुन र अमेरिकाको छवि कायम राखुन भनेर धेरैको चाहना छ र हुनुपर्छ। “तिमि मेरो रास्ट्रपति होइनौ” भन्ने नारा अमेरिकाभर उर्लिरहंदा सिबिएस न्युजको कार्यक्रम “६० मिनेट” मा रास्ट्रपति निर्बाचित भए पछिको पहिलो अन्तरबार्तामा मेक्सिको संगको पर्खालमा समेत आफ्नो पुरानो भनाइ बकवास थियो भनेर प्रमाणित गरेका छन् । उनले १००० माइल लामो पर्खाल बनाउने घोषणा गरेका थिए भने अहिले फेन्स अर्थात् तारबार लगाउन सकिने तर कतिपय ठाउँमा भने पर्खाल उपयुक्त हुने भनेर पर्खालको आफ्नो पुरानो अडानबाट पछि हटेका छन्। त्यस्तै उनले गैर कानुनी आप्रबाशीले अमेरिकाको कानुन मिचेकोले उनीहरु सबैलाई उनीहरुकै देश फिर्ता पठाइने कुरा पटक पटक व्यक्त गरेका थिए भने यो अन्तरबार्तामा अपराधीहरुलाई मात्र फिर्ता पठाइने र कतिपय गैरकानुनी आप्रबाशीहरु एकदमै राम्रा भएको समेत स्पस्ट पारेका छन्।
आफ्नो निर्बाचन अभियानका दुइ तर सबभन्दा महत्वपूर्ण मुद्धामा फ्लिप फ्लप भए पछि ट्रंप कुनै अडानमा बस्ने मान्छे होइनन भन्ने कुरा उनको पक्षमा हात धोएर लागेका हरु हिस्स परेका छन। अब हेर्न के बाँकी छ भने उनि अरु कुन कुन कुरा र मुद्धामा आफुलाई परिबर्तन गर्नेछन्।