अमेरिकी रास्ट्रपतिको चुनाव ८ नोभेम्बर मंगलबार हुँदैछ । रास्ट्रपतिमा ४ जना उम्मेदवार भए पनि २ जना अर्थात् रिपब्लिकनबाट डोनाल्ड ट्रंप र डेमोक्र्याटबाट हिलारी क्लिन्टन मुख्य प्रतिष्पर्धी छन् । बिभिन्न सर्भेक्षणहरुले क्लिन्टनलाइ अगाडी देखाए पनि सर्भेक्षणमा हुने मार्जिन एरर अर्थात् हुनसक्ने तलमाथिको हिसाबले दुवै उम्मेदवार कसले जित्छ भन्न नसकिने अवस्था छ । थुप्रै बिबादित बिषयका बाबजुद […]
अक्टोबर ३०, डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आज बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेजाका अध्यक्ष भोला आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डालस वरपर रहेका नेपाली समुदायमा सक्रिय सामाजिक, राजनीतिक र धार्मिक संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नेजाका कार्यकारी सदस्य बाल जोशीले गर्नु भएको थियो भने उठेका प्रश्नहरुको […]
हामी धेरै जसो नेपालको राजनीतिका कुरा गर्छौं। अमेरिकामा बसेर पनि हाम्रो मन नेपाल मै हुन्छ। नेपाल सुध्रे हुन्थ्यो, नेता सुध्रे हुन्थ्यो, हामी सबैको चाहना त्यहि हो। दुइजना बीच हुने कुराकानी देखि ठुला सभा समारोहमा पनि नेपालकै कुरा हुन्छ। भाषा नेपाली, कुरा नेपाली, कुरा नेपालको, चाडबाड नेपाली, सबै नेपाल र नेपालीकै। अमेरिकामा बाढी आउँछ हामीलाई मतलब […]
नमरी बाँचे, अर्को साल घर, आउँला नि बहिनी देउराली गुन्जाई, देउसी र भैलो, गाउँला नि बहिनी बालसखा संग ख्याल-ठट्टा गर्दै, पिंढीमा बसेर गुलिया-चिल्ला, सेलरोटी अर्सा, खाउँला नि बहिनी टिकाको दिन, ओखरको गेडो, दैलोमा फुटाई निधारमा टिका, गलामा माला, लाउँला नि बहिनी गोबिन्द आउछ, चमेली आउँछे, प्याकुली उतै छे चौतारो मुनि, रोटेपिङ खेल्न, जाउँला नि बहिनी […]
अमेरिकी रास्ट्रपतिको निर्बाचन आउन अब ९ दिन मात्र बाँकी छ। थुप्रै मत सर्भेक्षणमा क्लिन्टनले अहिले सम्मकै ठुलो अन्तरको विजय प्राप्त गर्ने देखाएका थिए। तर क्लिन्टन क्याम्पमा एफबिआइ ले तनाब थपिदिएको छ। हिजो शुक्रबार एफबीआइ प्रमुख जेम्स कोमीले एक पत्र लेख्दै उनीहरुले केहि नयाँ इमेल भेटेका छन् जुन क्लिन्टन बिरुद्धको जाँचबुझको लागि आबस्यक छन्। जेम्स कोमिले […]
फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको लागि सधै चिन्ता र चासो लिएकोमा खुशी व्यक्त गर्दै नेपाल शान्ति र समृद्वी तर्फ अघि बढिरहेको बताए […]
तिहार झनै महत्वको चाड | गोपाल ढकाल मनोविद सबै चाडपर्वहरूले खुशीयाली र उमंग लिएर आउने गर्दछन | आफन्त ,साथीभाई सगँको भेटधाटले मानिसमा भएको निराशा , एक्लोपन हटाउछ | आपसी प्रेम , भाईचारा , सदभाव बढाई शान्ति , मेलमिलाप र निकटता कायम राख्न मदत गर्छ | शुभकामनाको आदन प्रदानले ब्यक्तिमा जोश , जाँगर र हैसला मिल्छ […]
अहिलेको समय भनेको खेलको हो। खेलमा राम्रो गर्न सक्यो भने भूगोल र सिमानाले कसैलाई समस्या पर्दैन। राम्रो खेल्ने खेलाडीलाई बिभिन्न क्लबले राम्रै पैसाको अफर गर्छन जसले गर्दा खेलाडीलाइ आर्थिक समस्या पनि पर्दैन। खेलमा पैसा मात्र होइन इज्जत पनि छ। यो अवस्था नेपालमा एक दशक अघि थिएन । हो, नेपाल सानो छ तर खेलाडी उत्पादन गर्न सक्ने जनसंख्या नेपालमा […]
के सी शेर अष्टिन, टेक्सास । ग्रेटर अष्टिन नेपाली सोसाइटीले यस वर्ष पनि दिपावलीको अवसर पारेर टेक्सासको अष्टिनमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष देउसी खेल्दै आएको सोसाइटीले यस वर्ष आउंदो २९ तारिख शनिवार महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०७ औं जन्मजयन्तीको अवसर पारेर एक कार्यक्रम गर्दै देउसी भैलो कार्यक्रमको पनि शुरुवात गरिने […]
नेपालीहरु चाडबाडका अत्यन्त धनि छन् । नेपालमा धेरै किसिमका समुदायहरु छन् र तिनीहरुका आफ्ना आफ्नै धार्मिक, संस्कृतिक परम्परा र चाडबाड छन् । बिभिन्न खालका समुदाय भए पनि सबैले सबैका चाडबाड मनाउन अप्ठेरो मान्दैनन । यो फलानाको जातिको चाड हो म मान्दिन भनेको सुन्न गाह्रो हुन्छ । पछिल्ला दिनहरुमा डलरको प्रभावमा परेर केहि व्यक्तिहरुले त्यो सद्भाव […]