नेपाली क्रिकेट टीमको अमेरिका यात्रा

अहिलेको समय भनेको खेलको हो। खेलमा राम्रो गर्न सक्यो भने भूगोल र सिमानाले कसैलाई समस्या पर्दैन। राम्रो खेल्ने खेलाडीलाई बिभिन्न क्लबले राम्रै पैसाको अफर गर्छन जसले गर्दा खेलाडीलाइ आर्थिक समस्या पनि पर्दैन। खेलमा पैसा मात्र होइन इज्जत पनि छ। यो अवस्था नेपालमा एक दशक अघि थिएन ।
हो, नेपाल सानो छ तर खेलाडी उत्पादन गर्न सक्ने जनसंख्या नेपालमा प्रशस्त छ। खेलाडी जन्माउन शारीरिक सुगठन बाहेक अवसर र लगाव पनि आबस्यक हुन्छ। भबिस्यको निश्चितता अर्को शर्त हो। बर्षौं सम्म खेलमा लागेर अन्त्यमा आर्थिक अभावमा आफ़ो पेशा परिबर्तन गर्नु पर्ने परिस्थिति आयो भने खेलाडी निरुत्साहित हुन्छन। नयाँ आउन चाहनेहरुलाई पनि त्यस्तो खतरा मोल्न गाह्रो हुन्छ। जे होस् भबिस्यको निश्चितता खेलाडीको लागि धेरै महत्वपूर्ण कुरा हो।
बिगत त्यति राम्रो नभए पनि नेपालमा पनि अहिले खेल र खेलाडी प्रतिको सामाजिक सोंच धेरै परिबर्तन आएको छ। राम्रो खेल्ने मान्छे अब आर्थिक अभावमा छटपटिनु पर्दैन। सरकारले पनि कतिपय काम गरेको छ भने खोलिएका बिभिन्न क्लबहरुले पनि राम्रा खेलाडीलाइ पाल्न सक्ने हैसियत राख्छन। क्रिकेट नेपालमा उदाउँदै गरेको र राम्रो भविस्य भएको खेल हो ।
नेपाली क्रिकेटको इतिहास त्यति लामो नभए पनि पछिल्ला दिनहरुमा राम्रा खेलाडी उत्पादन भएका छन्। अन्तररास्ट्रिय जगतमा पनि नेपाली टीमको राम्रै हैसियत छ। खेलकुद र क्रिकेटमा सरकारले गरेको लगानी सहि ठाउँमा प्रयोग हुने हो भने नेपाली क्रिकेटले छोटो समयमा प्रगति गर्न सक्ने देखिन्छ। तर भ्रस्टाचार र अन्य विकृतिले यसलाई फल्न फुल्न दिएको छैन। तर पनि नेपाली खेलाडीहरुले आफ्नो योग्यता र क्षमता धेरै ठाउँमा प्रस्तुत गरिसकेका छन्।
नेपाली क्रिकेट खेलाडीहरुलाई केहि प्लेटफर्म प्रदान गर्ने उद्देस्यले नेपालको क्रिकेट टीममा रहेर बिभिन्न रास्ट्रिय र अन्तररास्ट्रिय खेल खेलेका युवाहरु मिलेर अमेरिकामा एउटा क्लब खोलेका छौं नेपाली राइनोज क्रिकेट क्लब। सगर पन्त, राकेश कर्ण र बरदान चालिसेको बिशेष पहल र समुदायका अन्य सक्रिय युवा एबम ब्यबसायीहरुको सहयोगमा यो क्लबले छिट्टै आकार ग्रहण गर्दैछ।
नेपाली खेलाडीहरुलाई संसार सामु चिनाउने, उनीहरुलाई आर्थिक रुपमा पनि सहयोग पुर्याउने उद्देस्यले यो क्लब गठन गरिएको हो । भविस्यमा नेपाली खेलाडीहरुलाई अमेरिकामा हुने टुर्नामेन्टमा खेलाउने जसबाट उनीहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मौका समेत मिल्नेछ। त्यसबाहेक अमेरिकामा थुप्रै नेपाली क्रिकेटका शुभचिन्तकहरु हुनुहुन्छ जसले अमेरिकामा नेपाली खेलाडी खेलेको हेर्न चाहनुहुन्छ। यी र यिनै उद्देश्य पुरा गर्न नेपाली क्रिकेट टोलि नोभेम्बर १ देखि लगभग ३ हप्ता सम्म अमेरिका रहने बस्ने र विभिन्न खेल एबम सामुदायिक क्रियाकलापमा संलग्न गराउने चाँजो पाँजो नेपाली राइनोज क्रिकेट क्लबले मिलाएको छ। nepal-division-2-icc-world-cricket-league
अमेरिका बसाइको क्रममा नेपाली क्रिकेट टीमका खेलाडीहरु नेपाली राइनोज क्रिकेट क्लबको तर्फबाट ह्युस्टनमा हुने एउटा युएसए कपमा प्रतिष्पर्धा गर्ने छन्। नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुने उक्त टुर्नामेन्ट २X क्रिकेट टुर्नामेन्टमा संसारभरका प्रशिद्ध खेलाडीहरु बिभिन्न क्लब मार्फत खेल खेल्ने छन् जसमा युएइ, युके र अमेरिकाका बिभिन्न ख्यातिप्राप्त टीमहरु सामेल हुनेछन। उक्त टुर्नामेन्टमा सइद अजमल, कामरान अकमल, रिकार्डो पावेल जस्ता खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन। यो टुर्नामेन्टमा पहिलो हुने टीमले $६०२५० प्राप्त गर्नेछ भने दोश्रो हुने टीमले $१८००० पुरस्कार पाउनेछ ।
 नेपाली राइनोज क्रिकेट क्लबमा नेपालका अहिलेका ८ जना खेलाडी छन् जो ह्युस्टनको २X टुर्नामेन्टमा सहभागी हुनेछन। पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर, बसन्त रेग्मी, सिद्धान्त लोहनी, सुबाश खकुरेल, सोमपाल कामि र पृथु बाँस्कोटा उक्त टोलिमा रहनेछन भने सगर पन्त, राकेश कर्ण, बरदान चालिसे लगायत अन्य खेलाडीहरु समेत खेलमा सहभागी हुनेछन।
nepal-cricket-team-e1436102317299
  कतिपय नेपाली क्रिकेट खेलाडी आइसक्नु भएको छ भने अक्टोबर ३१ सम्म सबै आइपुग्नु हुनेछ । नोभेम्बर १ देखि ४ सम्म नेपालबाट आएका खेलाडी र अमेरिकामै बस्ने नेपाली  खेलाडीहरु सम्मिलित भएर तालिम संचालन हुनेछ । नोभेम्बर ४ शुक्रबारको दिन नेपाली क्रिकेट टोलिको नेपाली समुदाय संग अन्तरक्रियात्मक भेटघाट रमाइलो रेस्टुरेण्ट अर्भिंगमा साँझ सम्पन्न हुनेछ । ५ नोभेम्बरका दिन अर्भिंग स्थित स्याण्डी लेक क्रिकेट मैदानमा पन्जाब लायन्स भनिने अमेरिकाको चिर परिचित क्लब संग मैत्रीपूर्ण तथा प्रदर्शन खेल हुनेछ । ६ नोभेम्बरमा मेरिल्याण्डमा हुने खेलमा सहभागी हुन नेपाली टोलि त्यता प्रस्थान गर्नेछ ।
 मेरिल्याण्डबाट फर्केपछि ८ नोभेम्बरमा हयुस्टन  जाने छ । त्यहाँ  ९ नोभेम्बरमा नेपाली टोलिले एमएफएम इंगलैंड र दोश्रो खेल युएइ फाल्कन संग प्रतिस्पर्धा गर्नेछ । त्यहाँ रहंदा पनि हयुस्टनको नेपाली समाजसंग अन्तरक्रियात्मक कार्यक्रम हुनेछ । १३ नोभेम्बरमा खेलको  समापन भैसके पछि बिस्तारै खेलाडीहरु आफ्नै तालिका अनुसार नेपाल फर्किनेछन् । यदि कहीं कसैलाई नेपाली खेलाडीसंग केहि कार्यक्रम वा भेटघाट गर्ने चाहना छ भने नोभेम्बर १३ पछि समय मिलाउन सकिन्छ ।

नेपाललाइ प्रतिनिधित्व गरेर हाम्रो छाती फराकिलो पार्ने नेपाली खेलाडी अहिले अमेरिकामा आउंदै हुनुहुन्छ । अमेरिकामा रहेका नेपाली क्रिकेट टोलीका जबर्जस्त फ्यानहरु हुनुहुन्छ । त्यस्तै नेपाली टोलि प्रति गहिरो सद्भाव राख्ने नेपाली समुदाय छ । खेलाडीहरु पनि नेपाली समुदायसंग भेट्न आतुर हुनुहुन्छ । हामीलाई यो सम्पूर्ण कार्यक्रम संयोजन गर्न पाउँदा ठुलो गर्ब लागेको छ ।  यो समग्र अभियानमा म, राकेश कर्ण, बरदान चालिसे, उत्सव सिग्देल र आशिक लामा संगै छौं । नेपालका खेलाडी ल्याउन होस् वा यहाँ क्लब गठन गर्न होस् हामी सबै मिलेर काम गरेर नै यहाँ सम्म आइपुग्न सफल भएका हौँ ।  आशा छ, अहिलेको यो यात्राले नेपाली खेलाडीहरुमा नयाँ उर्जा थपिने छ र भबिस्यमा समग्र नेपालको क्रिकेट खेलमा पनि योगदान मिल्नेछ भन्नेमा म आशाबादी छु । त्यसैले आउनुहोस जे सकिन्छ, जसरि सकिन्छ अमेरिकामा आउन लाग्नु भएका नेपाली क्रिकेट खेलाडीलाइ सहयोग गरौँ  । हाम्रो सानो प्रयासले ठुलो उपलब्धि प्राप्त हुन्छ भने हामी किन पछि हट्ने ?

(नेपाली रास्ट्रिय क्रिकेट टोलीका पुर्ब खेलाडी सागर पन्तसंगको कुराकानीमा आधारित रहेर लेखनाथ गौतम द्वारा तयार पारिएको)

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907