राज्य प्रतिनिधिसभाकि उम्मेदवार र नेपाली समुदाय बीच अन्तरक्रिया

हामी धेरै जसो नेपालको राजनीतिका कुरा गर्छौं। अमेरिकामा बसेर पनि हाम्रो मन नेपाल मै हुन्छ। नेपाल सुध्रे हुन्थ्यो, नेता सुध्रे हुन्थ्यो, हामी सबैको चाहना त्यहि हो। दुइजना बीच हुने कुराकानी देखि ठुला सभा समारोहमा पनि नेपालकै कुरा हुन्छ। भाषा नेपाली, कुरा नेपाली, कुरा नेपालको, चाडबाड नेपाली, सबै नेपाल र नेपालीकै। अमेरिकामा बाढी आउँछ हामीलाई मतलब छैन तर जब नेपालमा कतै बाढी जान्छ, हामी आर्थिक संकलन शुरु गर्छौं। समग्रमा हामी अमेरिकाको आकाश मुनि नेपाली जिन्दगि बाँचिरहेका छौं। काम अमेरिकी कम्पनीमा गर्छौं तर खाना नेपाली भात खान्छौं।5

अहिले अमेरिकामा रास्ट्रपतिको निर्बाचनको चर्चा चुलिएको छ। चुनाब आउन एक हप्ता भन्दा केहि बढि दिन मात्र बाँकी छ। नेपालको राजनीतिले दिक्क नेपाली समुदाय अमेरिकी राजनीतिमा त्यति चासो दिन्न। काम र मामको लफडामा धेरैलाई यो राजनीति तिर ध्यान दिने फुर्सद पनि छैन। त्यसमाथि कुन राजनीतिक दल ठिक भन्ने समस्या त छंदैछ। अमेरिकामा दुइटा पार्टी छन् तर सरकारका थुप्रै तह छन् जसमा संधै जसो निर्बाचन भैरहन्छन। सिटी, स्कुल, राज्य र संघका चुनाव भैरहन्छन। तिनका अनेक प्रक्रिया छन् जसलाई ठम्याउन मुस्किल छ। तर नेपालीहरु अलि बढि आउन लागेको दुइ दशक पुग्न लागेको अबस्थामा नेपालीहरु पनि राजनीति तिर कुनै न कुनै रुपमा आकर्षित र संलग्न हुन थालेको देखिन्छ। तर अझै नेपालीहरु अमेरिकाको मुख्य राजनीतिक धारबाट अलग नै छन्।

नेपाली समुदायलाई अमेरिकाको राजनीतिको मुलधारमा ल्याउने उद्देश्यले आज इन्द्रेणी सांस्कृतिक संघले एउटा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। टेक्सास राज्यको १०५ जिल्लाबाट राज्यको प्रतिनिधिको चुनाबमा उठेकी टेरी मेजा कार्यक्रमको अतिथि थिइन। अर्भिंग स्थित टेम्प्टेसन रेस्टुरेण्टमा भएको उक्त कार्यक्रम छोटो र अनौपचारिक रह्यो। तर यो जानकारीका हिसाबले निकै महत्वपूर्ण रह्यो। इन्द्रेणी सांस्कृतिक संघका उपाध्यक्ष वेदनिधि दाहालले संचालन गर्नु भएको सो कार्यक्रममा अध्यक्ष तारा प्रशाद भुसाल, महासचिव रुपेश न्यौपानेले लगायत डालस वरपरका नेपाली संघ संस्थाका प्रमुखहरुको सहभागिता थियो। नेपाली समुदाय कसरी अमेरिकी राजनीति वा सरकारी तहबाट लाभान्वित हुन सक्छ भन्ने प्रश्न, नेपाली समुदायलाई कसरि पहिचान दिलाउन सकिन्छ, सरकारी निकायमा हुने लाइसेन्सिङ्ग लगायतका गतिबिधि कसरि नेपाली भाषामा संचालन गर्न सकिन्छ भन्ने बारेमा टेरी मेजा, माइकल र प्रोफेसर बब हप्किन्स लगायतकाले जवाफ दिनुभएको थियो। उनीहरुको जवाफ उनीहरुकै शव्दमा :

2

अमेरिकामा हुने चुनाबमा मत धेरै नै कम खस्छ। त्यसमाथि स्थानिय सरकारको चुनाबमा त झन् निकै कम मात्र मत खस्छ। १८ देखि २५ बर्षका नागरिकहरु त झन् भोट हाल्न मन नै पराउँदैनन्। नागरिक धेरै अर्थात् जनसंख्या धेरै भए पनि रजिस्टर गरिएका मतदाता निकै कम छन्। रजिस्टर गरेका मध्ये पनि आधा भन्दा कम मान्छेले मात्र भोट हाल्छन। यस्तो अबस्थामा यदि नेपाली समुदाय जुन ३० हजारको हाराहारीमा डालस क्षेत्रमा छ यसले चुनावको नतिजा लाई उल्टो पाल्टो पार्ने तागत राख्छ। अमेरिकामा सबभन्दा बढी नेपाल भएको सिटि न्यु योर्क, त्यसपछि सोनोमा क्यालिफोर्निया र तेश्रोमा अर्भिंग टेक्सास पर्छ। २००८ को चुनावमा डेमोक्र्याट पार्टीले जम्मा १७ भोटले हारेको थियो भने २०१२ मा रिपब्लिकन हरुले जेरीम्याण्डर गरेर जिल्लालाइ अरु बढी रिपब्लिकनलाइ जित्न सजिलो पारे। त्यति हुँदा पनि २०१२ मा ५०० भन्दा अलिक बढीले मात्र जिते। यस्तो अबस्थामा नेपालीहरुको भोटिंग तागत कति हुन सक्छ भनेर तपाईंहरु सजिलै अनुमान गर्न सक्नु हुन्छ।

कुनै देशको नागरिकले गर्नै पर्ने दुइवटा कर्यब्य हुन्छन। कर तिर्ने र मतदान गर्ने। कर तिरेर सरकार चलाउन सहयोग गर्न सक्नु हुन्छ भने मतदान गरेर योग्य व्यक्ति चुनेर असल समाज निर्माण गर्न सक्नु हुन्छ। अमेरिकाको कुनै पनि स्थानिय सरकारका इकाइहरुमा तपाईंहरुले आफ्नै प्रतिनिधि जिताउन सक्ने समेत क्षमता छ। अर्भिंगमा रहेका आधा मात्र नेपाली मतदाताले मतदान गरे भने उनीहरुले चाहेको उम्मेदवार बिजयी हुन सक्छ। यस्तो तागत प्रयोग नगर्नु आफ्नै तागत थाहा नपाउनु हो। जब तपाईंहरुले निर्बाचनमा भाग लिनुहुन्छ र परिणामलाइ उल्ट्याउने तागत राख्नु हुन्छ, तपाईंहरु कहीं जानै पर्दैन। राजनीतिक दल, तिनका नेता तपाईंहरुको घर दैलोमा आउँछन्। त्यति बेला तपाईंसंग रहेको त्यो भोटलाइ तपाईंको हितमा, समुदायको हितमा र नेपालकै हितमा पनि प्रयोग गर्न सक्नु हुन्छ। चुनावमा भोट नगरी सुतेर दिन बिताउनु भयो भने तपाईंहरुको संख्या जति भए पनि कसैले गन्ने वाला छैन।यहाँ खेल नम्बरको हुन्छ, नम्बर भोट गरेको आधारमा गनिन्छ।

तपाईं जुनसुकै पार्टीलाइ भोट हाल्न स्वतन्त्र हुनुहुन्छ। तर तपाईंले आफ्नो विचारको प्रतिनिधित्व कसले बढी गर्छ, त्यसमा चाहिं विचार पुर्याउनु पर्छ। डेमोक्र्याटिक पार्टी रिपब्लिकन भन्दा बढी समाबेशी, समानता, मानब अधिकार, सामाजिक न्याय जस्ता कुराहरुमा बढी संबेदनशील छ। रिपब्लिकन पार्टी अलि हुनेखानेहरुको पार्टी हो। यसमा ठुला कर्पोरेटहरु, अरबपतिहरु र साँघुरो विचारका मान्छेहरुको बाहुल्यता छ। आफै इमिग्रेण्ट भएर पनि देश इमिग्रेण्टले बिगारे भन्ने गर्छन जसमा कुनै सत्यता छैन। यो देश इमिग्रेण्टले बनाएको हो। यहाँका पुराना आप्रबशि भन्दा नयाँ आप्रबशि बढी मिहिनेती र कानुनको बढी पालना गर्छन। आप्रबशिको कारण समाज असुरक्षित भयो भन्नु सरासर गलत हो। घरेलु हिंसा, सामाजिक हिसा, अपराध र अन्य बिकृतिहरुको तथ्यांक हेर्ने हो भने इमिग्रेन्टहरु पुराना नागरिक भन्दा धेरै गुणा शान्त छन्।1

स्थानीय तहमा धेरै आर्थिक श्रोतहरु छन् जुन तपाईंहरुले आफ्नो समुदायको हितमा प्रयोग गर्न सक्नु हुन्छ। त्यसको लागि तपाईंहरु आफै अघि बढ्नु पर्छ। स्कुल, सिटि र न्याय क्षेत्रमा समेत तपाईंहरु संलग्न हुन सक्नु हुन्छ। हरेक जसो सिटिहरुमा सांस्कृतिक कार्यक्रमहरुलाई अलग्गै बजेट छुट्ट्याएको हुन्छ।त्यसलाई तपाईंहरु आफ्नो समुदायको हितमा खर्च गर्न सक्नु हुन्छ। आफ्नो भाषा, धर्म र पहिचानको सम्बर्धन र प्रबर्धन गर्न सक्नु हुन्छ। आफ्नो अलग अस्तित्वको लागि तपाईंको समुदाय बलियो हुन जरुरि छ। समुदाय बलियो हुन संगठन र श्रोत जरुरि छ। यति धेरै संख्या भए पछि त्यसलाई समुदायको हितमा प्रयोग गर्न सक्नु पर्छ।

कार्यक्रममा प्रोफेसर बब हप्किन्सले आफु कसरि रिपब्लिकनबाट डेमोक्र्याट बने भनेर उल्लेख गरेका थिए भने व्यक्तिगत रुपमा मलाई नेपाली समुदायमा पनि रिपब्लिकन छन् र भनेर प्रश्न गरेका थिए। जवाफमा दुनियाँ हो, सबैको एउटै विचार हुन्न र यहाँ नेपाली समुदायमा रिपब्लिकन पार्टी मात्र होइन ट्रंपका समेत अन्ध समर्थक रहेको भन्दा उनि चकित परेका थिए। इमिग्रेन्ट भनेको अरुप्रति संधै सद्भाव राख्ने बर्ग हो, अरुलाई सहयोग गर्नु पर्छ र उकास्नु पर्छ भन्ने बर्ग हो। अनि कसरि नेपाली इमिग्रेन्टहरु रिपब्लिकन अझ ट्रंपका अनुयायी भए भनेर उनि गम्न बाध्य भएका थिए। कार्यक्रममा नेपाली समुदायको तर्फबाट डाक्टर नन्द रेग्मी र डाक्टर प्रभात दिक्षितले नेपाली समुदाय अमेरिकी राजनीतिको अंग बने मात्र यसको विकास छिटो र दिगो हुने कुरा बताएका थिए।3 4 6

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907