ग्रेटर अष्टिनले देउसी भैलो तथा स्वास्थ्य शिविर गर्ने
के सी शेर अष्टिन, टेक्सास । ग्रेटर अष्टिन नेपाली सोसाइटीले यस वर्ष पनि दिपावलीको अवसर पारेर टेक्सासको अष्टिनमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष देउसी खेल्दै आएको सोसाइटीले यस वर्ष आउंदो २९ तारिख शनिवार महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०७ औं जन्मजयन्तीको अवसर पारेर एक कार्यक्रम गर्दै देउसी भैलो कार्यक्रमको पनि शुरुवात गरिने ग्रेटर अष्टिन नेपाली सोसाइटीका सल्लाहकार देवराज न्यौपानेले जानकारी दिनुभयो । उहांका अनुसार देउसी भैलो आमन्त्रीत घरहरुमा आइतबार र मंगलवार पनि खेलिनेछ ।
आउंदो शनिबार फुल्गरभिल स्थित कम्युनीटी पार्क केबी होमबाट महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०७ औं जन्मजयन्ती अवसरमा एक कार्यक्रम गरेर देउसी भैलोको पनि शुरुवात गरिने भएको हो ।
यसैबीच अष्टिनमा बिभिन्न सामाजिक कार्यक्रमहरु गरिरहेको ग्रेटर अष्टिन नेपाली सोसाइटीले आउंबदो नोभेम्बर ५ तारिख शनिवारका दिन स्वास्थ्य शिबिर संच्ाँलन गर्ने भएको छ । अष्टिन स्थित हिन्दु मन्दिरमा शनिबार बिहान ९ बजेदेखी शुरु हुने स्वास्थ्य शिविरबाट अष्टिनवासी नेपालीले आफ्नो स्वास्थ्यस्थितीवारे जानकारी लिन सहयोग पुग्ने शिबिर संयोजक तथा ग्रेटर अस्टिन नेपाली सोसाइटीका सदस्य कृष्ण जिसीले जानकारी दिनुभयो । उहांका अनुसार शिबिरलाई सिटी अफ अष्टिनमा कार्यक्ररत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सहयोग गर्ने छन् ।
स्वास्थ्य सम्बन्धी जानकारी तथा आफ्नो स्वास्थ्य स्थिती र रक्तचाप, मोटापन लगायतबारे जानकारी लिनका लागी शिबिरमा उपस्थित हुन जिसीले सबै अष्टिनवासी नेपालीलाई आग्रह गर्नुभएको छ । गे्रटर अष्टिन नेपाली सोसाइटीले बिभिन्न समयमा स्वास्थ्य शिबिर रक्तदान लगायतका कार्यक्रम गर्दै आएको छ ।