अमेरिकाको चुनावमा भोट हाल्ने तरिका
अमेरिकी रास्ट्रपतिको चुनाव ८ नोभेम्बर मंगलबार हुँदैछ । रास्ट्रपतिमा ४ जना उम्मेदवार भए पनि २ जना अर्थात् रिपब्लिकनबाट डोनाल्ड ट्रंप र डेमोक्र्याटबाट हिलारी क्लिन्टन मुख्य प्रतिष्पर्धी छन् । बिभिन्न सर्भेक्षणहरुले क्लिन्टनलाइ अगाडी देखाए पनि सर्भेक्षणमा हुने मार्जिन एरर अर्थात् हुनसक्ने तलमाथिको हिसाबले दुवै उम्मेदवार कसले जित्छ भन्न नसकिने अवस्था छ । थुप्रै बिबादित बिषयका बाबजुद ट्रंपले आफुलाई दह्रो संग प्रस्तुत गरिरहेका छन् भने क्लिन्टनलाइ एफबिआइले तनाबमा धकेलिदिएको छ ।
चुनाब ८ नोभेम्बरमा भए पनि तपाईं भोट हाल्न नोभेम्बर ८ सम्म कुर्नु पर्दैन । अर्ली भोटिंग अर्थात् आज भोलि नै पनि तपाईं भोट हाल्न सक्नु हुन्छ । हरेक सिटिमा कमसेकम एउटा भोटिंग स्टेसन खुल्ला छ जसमा गएर तपाइंले आफ्नो मतदान गर्न सक्नुहुन्छ । आफ्नो फुर्सदको समयमा तपाईंले मतदान गर्न सक्नुहुन्छ ।
बिहान ७ देखि बेलुकी ७ सम्म भोटिंग खुल्ला हुने भएकोले आफ्नो अनुकुल समयमा जान सक्नुहुन्छ । हामी
भोटिंग कसरि गर्ने आउनुहोस तरिका सिक्नुहोस ।
१. आफ्नो परिचय पत्र निर्बाचन अधिकारीलाइ दिनुहोस र उनीहरुबाट तपाईंको व्यक्तिगत कोड लिनुहोस् ।
२. आफुलाई सजिलो लाग्ने वा उपलब्ध बुथ रोज्नुहोस ।
३. बुथमा रहेको चित्रमा देखाइएको भोटिंग मेशिनमा भाषा छान्नुहोस् जसमा हाम्रो लागि अंग्रेजी उपयुक्त हुनसक्छ ।
४. आफ्नो छनोटलाइ यता उता लैजान मेशिनको दाहिने तिर तल रहेको ठुलो गोलो नेभिगेसन लाइ चलाउनुहोस । जब तपाईंको छनोट हाइलाइट हुन्छ इन्टर बटन दबाउनु होस् ।
५. भाषा छनोट पछि तपाईंको अगाडी ४ वटा अंक राख्नु पर्ने स्क्रिन आउनेछ जसमा निर्बाचन अधिकारीले दिएको कागजमा भएको ४ अंकको कोड राख्नुहोस ।
६. त्यसपछि आउने स्क्रिन उम्मेदवार र पार्टीहरु रोज्ने हो । यदि तपाईंले सबै उम्मेदवार चिन्नु भएको छ र ब्यक्ति बिशेषलाइ दिन चाहनु हुन्छ भने आफुले चाहेको व्यक्तिको नाउँ नेभिगेसन बटनको प्रयोग गरेर छान्नुहोस् र इन्टर गर्नुहोस । यदि स्थानीय उम्मेदवारहरुको बारेमा म जस्तै अनभिज्ञ हुनुहुन्छ भने आफुले भोट हाल्न मन लागेको पार्टी छान्नुहोस् र इन्टर गर्नुहोस । सबै सकिसके पछि स्क्रिनको तल देव्रेको रातो बटन दबाउनुओस जसमा कास्ट ब्यालोट थिचिरहनुहोस जतिबेला सम्म फ़र्फ़राएको अमेरिकी झन्डा देख्नु हुन्न । अमेरिकी झन्डा आए पछि तपाईंलाइ धन्यवाद दिएको स्क्रिन आउनेछ र तपाईंको आफ्नो भोट खसेको पक्का हुनेछ ।
भोट हाल्नु अघि ध्यान दिनु पर्ने कुराहरु :
आफ्नो मात्र होइन धेरै मान्छेको प्रतिनिधित्व कुन पार्टीले गर्न सक्छ भन्ने कुरामा विचार पुर्याउनु होला । एउटा कुरामा मात्र होइन तपाईंका समग्र सामाजिक मुद्धाहरुमा को नजिक छ र कुन पार्टी तपाईंको सहयोगी बन्न सक्छ भन्नेमा धेरै विचार पुर्याउनु होला । तपाईं आप्रबशि हो र तपाईंलाइ कुन उम्मेदवार र पार्टीले सम्मान गर्छ र सहयोग गर्छ हेर्नु होला । आजको मात्र कुरा नहेर्नु होला, आज गरेको तपाईंको गलत निर्णय छोरा नातिले भोग्नु पर्ने हुनसक्छ यदि गलत उम्मेदवार पर्यो भने । फराकिलो सोंच राखेर भोटिंग गर्नुहोला । सबैलाई थाहा छ, यो संसार धनीले चलाउँछन् जुनसुकै ब्यबस्थामा पनि । धनीको बारेमा कसैले बोल्नै पर्दैन, उनीहरुको धनले नै बोल्छ । गरिव, निमुखा, अशक्त, केटाकेटी, बुढाबुढी, अवसरबाट बन्चित समुदाय र व्यक्तिको बारेमा बोल्ने पार्टी र उम्मेदवारलाइ आफ्नो अमुल्य मतदान गर्नुहोस ।