ट्रंप दुराचारको अर्को भिडियो र हिलारीको इमेल काण्ड फेरी सार्बजनिक

अमेरिकी रास्ट्रपतिको निर्बाचन आउन अब ९ दिन मात्र बाँकी छ। थुप्रै मत सर्भेक्षणमा क्लिन्टनले अहिले सम्मकै ठुलो अन्तरको विजय प्राप्त गर्ने देखाएका थिए। तर क्लिन्टन क्याम्पमा एफबिआइ ले तनाब थपिदिएको छ। हिजो शुक्रबार एफबीआइ प्रमुख जेम्स कोमीले एक पत्र लेख्दै उनीहरुले केहि नयाँ इमेल भेटेका छन् जुन क्लिन्टन बिरुद्धको जाँचबुझको लागि आबस्यक छन्। जेम्स कोमिले केहि महिना अघि मात्र इमेलको अनुसन्धान पुरा भएको र क्लिन्टन यो सम्पूर्ण प्रक्रियामा लापरबाही गरेको देखिए पनि अपराध भने नगरेको भनेर उनीमाथिको जांच पड्ताल बन्द भएको जनाएका थिए।trump-speaking

अचानक एफबीआइबाट आएको यो निर्णय बाट क्लिन्टन क्याम्प तनाबमा परेको छ भने कोमिको यो कामको सर्बत्र आलोचना भएको छ। यो समग्र जांच प्रक्रिया लामो समय लाग्ने थाहा हुँदा हुँदै निर्बाचन आउन १० दिन बाँकी छंदा उनले किन यसो गरे भनेर उनको कदमको बिरोध गरिएको छ भने ट्रंपले भ्रम फैलाउने र आफ्नो निश्चित प्राय भएको पराजयलाइ जोगाउन सकिन्छ कि भनेर हल्ला गर्ने मसला मिलेको छ। मतदाताहरुमा पनि अस्पस्टता हुनसक्ने आंकलन गरिएको छ। एकातिर इतिहासकै अलोकप्रिय र यौन हिंस्रक उम्मेदवार र अर्कोतिर एफबीआइले अनुसन्धान गरिरहेको व्यक्ति मात्र आफ्नो रोजाइको बिकल्प हुँदा अमेरिकी मतदाता रनभुल्लमा परेका छन्।

निर्बाचनको नतिजा हिलारीको पक्षमा आउने निश्चित भए पछि कोमिले ट्रंपलाइ सघाउने उद्देश्यले यसो गरेको प्रस्ट छ। उनि मतदातालाई एक किसिमको त्रास र भ्रम सिर्जना गर्न चाहन्छन जसले गर्दा हिलारीलाइ जित्न अप्ठेरो होस्। त्यहि कारणले होला हिलारीले हिजोको सम्बोधनमा आफ्नो इमेलको अनुसन्धानको सम्पूर्ण कुरा सार्बजनिक गर्न आग्रह गर्दै मतदातालाई भ्रममा राख्न नहुने प्रस्ट पारेकी छिन।photo

एफबीआइ को अनुसन्धानबाट केहि नयाँ कुरा निस्किने सम्भावना कम रहे पनि मतदाता भने दोधारमा पर्न सक्ने र त्यसले हिलारीलाई सजिलै जित्न लागेको चुनाबमा ब्यबधान खडा गरेको छ। अर्को तिर डोनाल्ड ट्रंपले २०११ मिस युनिभर्सलाइ अस्ट्रेलियामा स्टेजमै दुर्ब्यबहार गरेको भिडियो सार्बजनिक भएको छ। जसमा उनले मिस युनिभर्स आफ्नो चाहना अनुसार चल्नुपर्ने आशय व्यक्त मात्र गरेका छैनन् उनलाई नयाँ मिस युनिभर्स भन्दा नराम्री समेत भनेका छन्। यसघि एक दर्जन जति महिलाले उनीहरुमाथि ट्रंपले यौन हिंसा गरेको आरोप लगाएका थिए भने ट्रंपले कुरा अस्वीकार गर्दै चुनाब पश्चात उनीहरु बिरुद्ध मुद्धा हाल्ने समेत चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907