तिहार बिशेष “गजल”
नमरी बाँचे, अर्को साल घर, आउँला नि बहिनी
देउराली गुन्जाई, देउसी र भैलो, गाउँला नि बहिनी
बालसखा संग ख्याल-ठट्टा गर्दै, पिंढीमा बसेर
गुलिया-चिल्ला, सेलरोटी अर्सा, खाउँला नि बहिनी
टिकाको दिन, ओखरको गेडो, दैलोमा फुटाई
निधारमा टिका, गलामा माला, लाउँला नि बहिनी
गोबिन्द आउछ, चमेली आउँछे, प्याकुली उतै छे
चौतारो मुनि, रोटेपिङ खेल्न, जाउँला नि बहिनी
बासु अधिकारी
डण्डा, नवलपरासी
हाल टेक्सास, अमेरिका