डालसमा नेजाको फलदायी अन्तरक्रिया सम्पन्न

अक्टोबर ३०, डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आज बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेजाका अध्यक्ष भोला आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डालस वरपर रहेका नेपाली समुदायमा सक्रिय सामाजिक, राजनीतिक र धार्मिक संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नेजाका कार्यकारी सदस्य बाल जोशीले गर्नु भएको थियो भने उठेका प्रश्नहरुको जवाफ दिंदै अध्यक्ष भोला आचार्यले अन्तरक्रियात्मक कार्यक्रमको समापन गर्नु भएको थियो।

दिउसो लगभग १ बजे शुरु गरेर दुइ बजे सम्म चलेको उक्त कार्यक्रममा संस्थाहरुका तर्फबाट र व्यक्तिगत तर्फबाट एक दर्जन भन्दा बढी समाजसेवी अगुवाहरुले पत्रकारिता, पत्रकारको कर्तब्य र भूमिका बारे बोल्नु भएको थियो।6

कार्यक्रममा नेपाली समाज टेक्सासको तर्फबाट अध्यक्ष कृष्ण लामिछाने र सन्तोष बिस्ट, एएनए को तर्फबाट उपाध्यक्ष विजयराज भट्टराई, यति च्याम्बर्स अफ कमर्सको तर्फबाट बासु भण्डारी, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको तर्फबाट रमेश पोख्रेल, सुरेश पोख्रेल, छबि चापागाईं र मकर बज्राचार्य , इन्द्रेणी सांस्कृतिक संघको तर्फबाट तारा प्रशाद भुसाल, डालस एभरेस्ट लायन्स क्लबको तर्फबाट राधाकृष्ण काफ्ले, एनआरएन अमेरिकाको तर्फबाट उपाध्यक्ष राम सी पोख्रेल, एनआरएन टेक्सास च्याप्टरको तर्फबाट सभापति उत्तम लामिछाने, रक्त दाता संघ अमेरिकाको तर्फबाट अध्यक्ष डाक्टर नन्द रेग्मी, अनकन युएसए को तर्फबाट अध्यक्ष प्रकाश गौतम, समाजसेवी अर्जुन बन्जाडे , तरुण दल अमेरिकाका अध्यक्ष ओम भट्टराई , पुर्ब नेपाली समाजका अध्यक्ष भुवन आचार्य र गौरीराज जोशी, नेपाल जर्निको तर्फबाट संस्थाकी प्रमुख मौसमी श्रेष्ठले समसामयिक र जल्दा बल्दा बिषयमा आफ्ना धारणा राख्नु भएको थियो।

समुदायमा पत्रकार वा संचार माध्यमको कस्तो भूमिका हुनुपर्छ र पत्रकारहरुले कसरि काम गर्नु ठिक हुन्छ भन्ने मूल बिषयमा आजको अन्तरक्रिया गरिएको थियो। लगभग सबैजसो संस्थाको प्रतिनिधित्व रहेको आजको अन्तरक्रियात्मक कार्यक्रममा पत्रकारहरु विजय घिमिरे, रामचन्द्र भट्ट, केदार तिम्सिना समेत उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा उपस्थित संस्थाका प्रतिनिधिहरुले थुप्रै कुरा औंल्याउनु भएको थियो । जसमध्य निम्न सुझावहरु प्रमुख रुपमा पत्रकार मित्रहरुलाई दिइएको थियो।

पत्रकार निश्पक्ष हुनुपर्छ। उनीहरुले कुनै पार्टी वा व्यक्तिको इशारामा लेख्नु वा समाचार बनाउनु हुँदैन। कसैलाई उचाल्ने र कसैलाई पछार्ने राजनीतिक खिचातानीमा पत्रकार पर्नु हुँदैन पत्रकारले आफ्नो पेशा प्रति निष्ठाबान हुनुपर्छ। पेशागत परिधि र सामाजिक परिधि उनीहरुले तोड्नु हुँदैन। समाजका सकारात्मक कुराहरुलाई बाहिर ल्याउनु पर्छ र नकारात्मक कुराहरुलाई बढी प्रश्रय दिनु हुँदैन। हचुवाको भरमा श्रोतको बिस्वस्नियता नभएको अबस्थामा समाचार सम्प्रेषण गर्नु हुँदैन । त्यस्ता समाचारले समाजमा भ्रम फैलाउने सम्भावना रहन्छ। पत्रकार कुनै राजनीतिक दलको सदस्य बन्नु हुँदैन। जिबिकोपार्जनको नाममा सूचना जस्तो क्षेत्रमा इमान्दार भएन भने सहि सूचना प्राप्त गर्ने जनताको अधिकार हनन हुन्छ।3

मान्छे बोल्दा भन्दा लेख्दा बढी गम्भीर बन्नु पर्छ। आफुले लेखेको कुराको नकारात्मक असर के हुनसक्छ भनेर ध्यान दिन जरुरि छ। सानो कुराले पनि कसैको भबिस्य र कसैको परिवार बर्बाद हुनसक्छ। त्यसैले सकेसम्म व्यक्तिगत कुरामा कलम नचलाउँदा राम्रो हो। चलाए पनि सकारात्मक परिवर्तन आउने खालको हुनुपर्छ। पत्रकारिता समाजको ऐना हो। यो समाजको बोलि भनेको पत्रकारिता हो। पत्रकारले नराम्रो कुरा लेखे भने बाहिरका मान्छेले थाहा पाउने अन्य माध्यम पत्रिका मात्र भएको अबस्थामा उनीहरुले उक्त समाजका राम्रा कुरा बारे जान्ने मौका पाउंदैनन। त्यसैले के लेखिन्छ भन्नेमा सजग हुनै पर्छ।

यी र यस्तै थुप्रै कुराहरुमा बहस र छलफललाई निरन्तरता दिने गरी आजको अन्तरक्रिया सम्पन्न भयो। अन्तरक्रियाको क्रममा उठेका जिज्ञासाहरुको सन्क्षिप्त उत्तर दिदै नेजाका अध्यक्ष भोला आचार्यले पत्रकारहरु पनि आफ्नो काम गरेर बचेको समय परिवारलाई दिनुको सट्टा समाजले दिएकोमा धन्यवाद दिनुपर्छ र पत्रकारले पनि आफ्नो व्यक्तिगत लाभहानि भन्दा समुदायलाई बढी प्राथमिकता दिनु पर्छ भन्दै र सम्पूर्ण उपस्थित संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागि धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो। छोटो सुचनाको आधारमा, लक्ष्मी पुजाको ब्यस्त दिन हुँदा हुँदै पनि डालस वरपरका लगभग सबै जसो संस्थाका प्रमुखहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम अत्यन्त जानकारीमुलक र फलदायी भएको कुरा उपस्थित सबैले अनुभूति गर्नु भएको थियो।सोहि कार्यक्रममा समाजसेवी गौरी राज जोशीले आमा फाउन्डेसनको तर्फबाट पत्रकारिता बिषयमा हरेक बर्ष एकजनालाइ दिने गरि एक हजार डलरको आमा फाउन्डेसन पत्रकारिता पुरस्कार समेत घोषणा गर्नु भएको थियो।41 2

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907