मानसिक स्वास्थ्यमा चाड पर्वको महत्व !

 तिहार झनै महत्वको चाड | गोपाल ढकाल मनोविद
सबै चाडपर्वहरूले खुशीयाली र उमंग लिएर आउने गर्दछन | आफन्त ,साथीभाई सगँको भेटधाटले मानिसमा भएको निराशा , एक्लोपन हटाउछ | आपसी प्रेम , भाईचारा , सदभाव बढाई शान्ति , मेलमिलाप र निकटता कायम राख्न मदत गर्छ | शुभकामनाको आदन प्रदानले ब्यक्तिमा जोश , जाँगर र हैसला मिल्छ , आत्मबल बढाउछ , सकारात्मक मार्गमा हिडने प्रेरणा मिल्छ , सकारात्मक सोचको बिकास गरिदिन्छ |
मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापी कै काम गरिरहेको हुन्छ | चाडपपर्वको मनोबैज़ानिक प्रभाब बुझि यसलाई धर्मको रुपमा नहेरी चाडको रूपमा स्विकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ | चाडपर्वमा खाईने मिठो मसिनोले शारिरीक स्वास्थ्य राम्रो बनाऊछ | भेटघाट र शुभकामनाको आदन प्रदानले सामाजिक स्वास्थ्य कायम राख्छ | चाडपर्वको बेला तुलनात्मक रूपमा अपराधका घटनाहरू कम हुने गर्दछन | चाडपर्वको अवसरमा गरिने पुजापाठले मानिसलाई आध्यात्मिक रूपमा स्वस्थ्य वनाउछ | तिहार बत्ति र फुलको पर्व हो | उज्जयालो , चम्किलो र सुन्दर कुरा नै रोज यसमा रमाउने प्रयास गर भन्ने संदेश यसले दिएको हुन्छ | मानिसले अन्धायारो र नकारात्मक होइन सकारात्मक कुरा नै रोज्नु पर्छ | डिप्रेशनले गाजेको आजको समाजमा तिहारको झिलिमिलिले ठुलै औषधीको काम गरिरहेको हुन्छ |14642444_1405338602811451_4648603100474401662_n
तिहारमा काग , कुकुर , गाई , गोरूको पुजा गर्नु भनेको उनिहरूको कामको सम्मान गर्नु हो | संसारका सबै प्राणीहरूले आफ्नो सम्मान र कामको कदर होस भन्ने चाहन्छन | अरूको कदर र गुणको पुजा गर्नु पर्छ चाहिए ति पशु वा आफुभन्दा साना नै किन नहुन | यो कुराको प्रष्ट संदेश तिहारमा पाईन्छ | कसैले आफनो कामको सम्मान पाएन भने त्यहीबाट असमझदारी र असंतुष्टि बढछ | कलह र बिद्रोहको कारण पनि यहि हो | तिहारमा खेलिने देउशी भैलो मनोरन्जनको राम्रो माध्यम हो | मानसिक स्वास्थ्यका लागि मनोरन्जन ज्यादै महत्वपूर्ण हुन्छ | तिहारमा लझ्मि वा पैसाको पुजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नु पर्छ भन्ने हो | घनि वन्ने हो भने पैसाको कदर र सम्मान गर्नै पर्छ | यसो नगर्ने मान्छे कहिल्यै धनि हुन सक्दैन |
भाई पुजाले त व्यक्तिको आत्मसम्मान बढाउन ठूलो काम गरेको हुन्छ | आत्मसम्मानको कमि हुदा व्यक्तिमा बिभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन | चेलीहरू बिबाह गरि अर्काको धरमा जाने भएकाले दाजुभाई र दिदि बहिनिबिचको सम्बन्ध टाढा हुदै जानसक्ने सम्भावना धेरै हुने हुदा माईती र चेली विचको सम्बन्ध गाढा बनाई राख्न तिहार जस्तो चाडको ठुलो महत्व छ | तिहारको मनोबैज़ानिक महत्वलाई बुझौ र यसलाई धुमधामका साथ मनाऔं | तिहारको धेरै धेरै शुभकामना |

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907