नेपाली समाज टेक्सासको नयाँ कार्यसमितिको पहिलो कार्यक्रम:एफवान सेमिनार सम्पन्न

जनवरी १५, डालस । नेपाली समाज टेक्सासको भर्खरै निर्बाचित नयाँ कार्यसमितिले काम थालेको छ । यहि सनिबार पुरानो कार्यसमितिबाट चावी हातमा लिएको यो समितिले त्यसको अर्को दिन अर्थात् आइतबार एक कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थी भिसा अर्थात् एफवान भिसामा अमेरिका आएका नयाँ बिद्यार्थीहरुलाई लक्षित सेमिनार नेपाली समाज टेक्सासको हलमा सम्पन्न गरियो । भर्खर अमेरिका आएर बिभिन्न समस्याहरुसंग जुधिरहेका बिद्यार्थीहरुलाई सूचना र सम्पर्कको माध्यमबाट उनीहरुलाई सहयोग पुर्याउने उद्देस्यले उक्त सेमिनार आयोजना गरिएको थियो ।

७ बजे शुरु गर्ने र १० बजे समापन गर्ने सूचना दिइएको उक्त कार्यक्रम गजल उत्सव टेक्सासको कार्यक्रममा भएको बिलम्बका कारण ढिला करिव ८ बजे मात्र शुरु भएर करिव एघार बजे समापन भएको थियो । दुइ घन्टाको उक्त कार्यक्रम रोचक, उत्प्रेरक र सुचनामुलक थियो । कार्यक्रमको संचालन सुन्दर र मृदुभाषी नेपाली समाज टेक्सासकी वर्तमान युवा संयोजक श्रद्धा श्रेष्ठले कुशलातापुर्बक गरेकी थिइन ।
कार्यक्रममा सभापति वा आसन ग्रहणको लफडा गरिएन । भर्खरका युबाहरु कार्यसमितिमा आएकोले मन्चमा बसेर भाषण गर्ने चाहना उनीहरुमा देखिएन । अध्यक्ष सुमन थापा देखि महासचिव भक्त खड्का स्वयंसेवी बनेर सहयोग गरे । कार्यसमितिका अन्य सदस्यहरु पनि काममा नै व्यस्त रहे । एफवान भिषामा आएका बिद्यार्थीहरुको पनि राम्रै उपस्थिति रहेको उक्त कार्यक्रम शान्त पुर्बक संचालन भयो ।
कार्यक्रमको शुरुवात नेपाली रास्ट्रिय गानबाट गरियो । त्यस पछि सबैबीच परिचय गर्ने उद्देस्यले आइसब्रेक गर्ने भन्दै तातो आलु खेलाइयो । त्यस पछि सेमिनार शुरु भयो ।
सेमिनारको शुरुवातमा जोशिला युवा तथा डालस एभरेस्ट लायन्स क्लबका अध्यक्ष बिएन पन्तले उत्प्रेरक मन्तब्य दिए । युवा शक्तिको चर्चा गर्दै हिम्मतका साथ् चुनौतिको सामना गर्न बिद्यार्थीहरुलाई सुझाव दिए । त्यसपछिका अर्का बक्ता पंकज श्रेष्ठ थिए । उनले मिनिसोटामा बिद्यार्थीको रुपमा आउँदा देखि एक ब्यबसायी बन्दा सम्मको आफ्नो संघर्षको यात्रा सुनाए । संघर्ष र कठिनाइ नमिठो भए पनि त्यसबाट निस्किने प्रतिफल भने मिठो हुने उनको भनाइ थियो ।

कार्यक्रमलाई सांगीतिक माहोल दिन केहि गीत र नांचहरु प्रस्तुत गरिएका थिए । यसै क्रममा राम्रो नाचेर चर्चा कमाउन सफल सर्बश्री अधिकारीले आफ्नो नाच प्रस्तुत गरिन । त्यसपछि सुशान्तले आफ्नो कलेज लाइफका चुनौती सुनाउदै आफ्नो अनुभव बाँड्न चाहेकोले सम्पर्क गर्न र सहयोग माग्न गाह्रो नमान्न आग्रह गरे । राजिवले राम्रो र सजिलो कलेज कसरी खोज्ने अनि जीपीए कायम राख्न सजिला शिक्षकहरु कसरी खोज्ने भनेर जानकारी दिए ।


कार्यक्रमको अर्को प्रस्तुति बिशांत खड्काको थियो । उनले पनि रमाइलो शैलीमा जागीर कसरी खोज्ने र जागिरमा आफु कसरी सुरक्षित रहने भन्ने बारेमा जानकारी गराए । त्यसपछि आइन आइषा ओझा । उनले बिदेसमा पहिलो पटक आउँदा हुने तनाव र त्यसबाट कसरी मुक्त हुने भन्ने बारेमा राम्रो संग बयान गरिन । हरेक कामलाई बोझको रुपमा होइन सिक्ने अबसरको रुपमा लिंदा कामको बोझ कम हुने र त्यसमा राम्रो परिणाम पनि निस्किने बताउंदै सबभन्दा पहिला आफ्नो ख्याल गर्नु पर्ने र सबै कुरालाई सन्तुलनमा राख्नु अत्याबस्यक रहेको जानकारी गराइन । प्रबासमा बस्ने नेपालीहरुलाई मानसिक तनाव धेरै हुने र त्यसबाट धेरै समस्याहरु आउने गरेको अबस्थामा उनको यो प्रस्तुतिले धेरैले मन पराए ।
त्यसपछि फेरी अनु र गीताको टीमले नृत्य प्रस्तुत गरे । अन्त्यमा पासांग लामाले आफ्नो सफलताको कथा सुनाए । पिज्जाको होटेलमा काम गर्दा देखि अहिले ५१ वटा पसलहरुको मालिक बन्दासम्म आफुले गरेका संघर्षका साथै सफलताका सुत्रहरु प्रस्तुत गरेका थिए । उनले आफुमा विश्वास गर्नु सफलताको पहिलो पाइलो भएको उल्लेख गर्दै त्यसपछि सपना, योजना, मिहिनेत र त्यसमा लागिरहनु नै हरेक मानिसका सफलताका सुत्र हुने उल्लेख गरे । त्यसपछि सुरेनले जहाँ छन् बुद्धका आँखा भन्ने गीत गाएर सबैलाई मोहित पारे ।


अन्त्यमा बिद्यार्थीहरुको लागि चिट्ठा प्रथाद्वारा एक ल्यापटप प्रदान गरियो जुन ल्यापटप नेपाली समाज टेक्सासका वर्तमान कार्यकारी सदस्य गोविन्द ढकालले प्रयोजन गरेका थिए । त्यस्तै आजको कार्यक्रमलाई बिभिन्न इन्स्युरेन्स कम्पनीहरुले प्रायोजन गरेका थिए । अन्त्यमा सहभागीहरुलाई मिठो भोजनको व्यवस्था समेत गरिएको थियो ।
नेपाली समाज टेक्सासको नयाँ कार्यसमिति आए पछिको यो पहिलो सार्बजनिक कार्यक्रम थियो । भर्खरका युबाहरु अहिलेको कार्यसमितिमा रहेकोले त्यति ठुलो अपेक्षा पनि समुदायमा छैन । सामुदायिक संस्थाहरुमा काम गरेको राम्रो अनुभव नभएका यी जोशिला युबाहरुको सफलता नै समुदायको सफलता हो भने अहिलेको कार्यसमिति र यसको नेतृत्व पनि बाहिरी प्रभावमा नपरी आफ्नै बलबुतामा योजना निर्माण र त्यसको कार्यान्वयन गर्दै समुदायको सेवामा लागेर सबैबाट सहयोगको वाताबरण बनाउनु पर्ने देखिन्छ । (लेखनाथ गौतम)

 

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907