आइफोन निर्माणको दश बर्ष पुरा: आइफोन १० (एक्स) र आइफोन ८ बजारमा

स्मार्ट फोनको दुनियाँमा बिगत १० बर्षदेखि तहल्का मच्चाउँदै आएको एप्पलले आज आइफोन  १० सार्बजनिक गरेको छ। त्यस संगसंगै हरेक बर्ष सार्बजनिक गर्दै आएको नियमित शृंखला अन्तर्गत आइफोन आठ र आइफोन आठ प्लस समेत सार्बजनिक गरेको छ । आइफोन एक्स १० बर्ष पुगेको उपलक्षमा ल्याइएको बिशेष उत्पादन हो । एप्पलका सीइयो टिम कुकले आज एप्पलको केन्द्रिय कार्यालय क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा एक भव्य समारोह बीच उक्त आइफोन सार्बजनिक गरेका छन् । उक्त समारोहमा बोल्दै कुकले यो दशौँ बर्षको अबसरमा निकालिएको आइफोन १० (एक्स) लाइ “एउटा अर्को चिज अर्थात् वन मोर थिङ्ग” भनेर यसमा नियमित आइफोन भन्दा बिशेष रहेको उल्लेख गरेका छन् ।

के के बिशेषता छन् आइफोन १० (एक्स) मा ??
एप्पल १० (एक्स) को साइज ५.८ इन्च छ जुन आइफोन ६ र ७ शृंखलाका प्लस शृंखला भन्दा पोइन्ट ३ इन्च ठुलो हो । दोश्रो कुरा यसमा होम बटन छैन । यो भन्दा अघिका आइफोनहरुको वरिपरि बिशेष गरेर माथि र तल पट्टि खाली ठाउं थियो तर यसमा भने त्यो पुरै भागमा स्क्रिन छ जसले गर्दा यसको स्क्रिनको साइज पहिलेको भन्दा धेरै ठुलो छ । स्क्रिन पुरै छेउ सम्म फैलिएको छ । यसको पछाडिको भाग पनि सिसाको छ । त्यसै गरी चार्जर पनि ताररहित छ । पानी र धुलोबाट यसलाई केहि असर गर्दैन अर्थात् यो पानी धुलो नपर्ने गरी निर्माण गरिएको छ ।
यो फोनको स्क्रिन ठुलो मात्र होइन कलर र अन्य हिसाबले गुणस्तरीय छ । सुपर रेटिना डिस्प्ले नाम दिइएको यो स्क्रिनमा हरेक इन्चमा ४५८ पिक्सेल छ जसले हरेक चिजमा रहेको कलरलाइ जस्ताको तस्तै हाम्रो आँखाले देख्न सक्छ ।
आइफोन एक्समा होम बटन हटाइएको छ । यो फोन खोल्नको लागि भने फेस आइडी बनाउन पर्नेहुन्छ । अर्थात् तपाईंको फेस चिनेर मात्र यो फोन खुल्नेछ । अघिल्लो क्यामेरा र सेन्सरले तपाईंको नक्सा पहिचान गर्नेछन् र तपाईं बास्तविक फोन मालिक हो भनेर छुट्टाउनेछन् र फोन खुल्नेछ । रातिको लागि भने फ्लड लाइट प्रयोग गर्नेछ जसले अँध्यारोमा समेत फेस आइडी मार्फत फोन खुल्नेछ । एप्पलका अनुसार फिंगर प्रिन्ट बाट फोन खुल्ने पुरानो पद्धतिमा ५०,००० मा एक जना गलत व्यक्तिले फोन खोल्न सक्थ्यो भने फेस आइडी बाट गलत व्यक्तिले खोल्ने चान्स एक मिलियनमा एक हुनेछ । प्रयोगकर्ताको गोपनियताको हिसाबले यो निकै क्रान्तिकारी सुरक्षा उपाय हो ।
आइफोन १० (एक्स) मा पछिल्लो भागमा दुइ वटा १२ मेगापिक्सेलका क्यामेरा हुनेछन भने पोर्टट्रेट मोडको कारण सेल्फीको दुनियाँमा क्रान्ति आउने एप्पलको अनुमान छ । आइफोन आठ, आठ प्लस र १०(एक्स) सबैमा तार रहित चार्जर को व्यवस्था गरिएको छ जसले उपभोक्ताहरुलाई तार बोकेर हिड्नु पर्ने झन्झटबाट मुक्ति दिलाउने छ । निकट भबिस्यमा बिमानास्थल, रेल्वे स्टेसन, बसपार्क, मल र अन्य यस्तै सार्बजनिक स्थानहरुमा त्यस्ता चार्जरहरु उपलब्ध गराउने एप्पलको योजना छ ।
आइफोन एक्सको बिक्रि भने नोभेम्बर ३ देखि मात्र हुनेछ । आइफोन आठ र आठ प्लस भने मंगलबार देखिनै लन्च गरिएको छ । १० (एक्स) को मुल्य $९९९ अर्थात् करिब एकलाख नेपाली रुपैयाँ हुनेछ भने आइफोन ८ र ८ प्लस भने $७०० देखि शुरु हुनेछन ।

करोडौं डलर खर्च गरेर निर्माण गरिएको स्टिभ जब्स थियटरमा बिशेष समारोहका बीच सीइयो टिम कुकले उक्त उत्पादनको घोषणा गरेका हुन् ।

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907