एनआरएन अमेरिकाको निर्बाचन अगस्त ११ र १२ मा हुने
अमेरिका, जुलाई ५। लामो समय सम्मको अन्योल, बहस, बिबाद पछि अन्तत: एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-२०१९ को लागि निर्बाचनको घोषणा गरिएको छ। हिजो जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवसको दिन पारेर उक्त घोषणा गरिएको छ। एन आर एन ए राष्ट्रिय निर्बाचन आयोग प्रमुख बन्दिता शर्मा दाहाल, अन्जान शर्मा , भुवन गुरुङ र बिस्व बरालद्वारा एक घोषणा गर्दै निर्बाचनको मिति तोकिएको हो।निर्बाचन आगामी अगस्त महिनाको ११ र १२ मा हुनेछ।
एनआरएनएद्वारा सबै सदस्यहरुलाई पठाइएको इमेल अनुसार एक जना अध्यक्ष सहित २३ जनाको लागि निर्बाचन हुनेछ। जसमध्ये १ जना बरिस्ठ उपसभापति, ४ जना क्षत्रिय उपसभापति, एकजना महासचिव, एकजना सचिव, कोषाध्यक्ष एकजना, सह-कोषाध्यक्ष एकजना, युवा संयोजक एक जना, महिला संयोजक एक जना र डाइरेक्टर र बोर्ड सदस्यहरु एघार जनाको लागि निर्बाचन हुने जनाइएको छ।
निर्बाचन प्रक्रिया भने निर्बाचन घोषणा भएको चौथो दिनबाट शुरु हुनेछ । जुलाई ८ गते पुर्बिय समय बेलुकी ११:५९ बाट उम्मेदवारहरुले आफ्नो आफ्नो पदको लागि उम्मेद्वारी दर्ता गर्न सक्नेछन भने जुलाई ८ को बेलुकी ११:५९ मा उम्मेद्वारी दर्ता अबधि समाप्त हुनेछ। कसैले अनलाइन नभरेर पेपरमा भर्ने हो भने जुलाई १३ सम्म चिट्ठी पुगिसक्नु पर्नेछ। जुलाई १८ मा उम्मेदवारहरुको नामावली प्रकाशन, २४ जुलाई सम्म उम्मेद्वारी फिर्ता गर्ने अबधि र त्यसपछि जुलाई २९ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ। Election-2017-2019-Announcement