एनआरएन अमेरिकाको निर्बाचन अगस्त ११ र १२ मा हुने

अमेरिका, जुलाई ५। लामो समय सम्मको अन्योल, बहस, बिबाद पछि अन्तत: एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-२०१९ को लागि निर्बाचनको घोषणा गरिएको छ। हिजो जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवसको दिन पारेर उक्त घोषणा गरिएको छ। एन आर एन ए राष्ट्रिय निर्बाचन आयोग प्रमुख बन्दिता शर्मा दाहाल, अन्जान शर्मा , भुवन गुरुङ र बिस्व बरालद्वारा एक घोषणा गर्दै निर्बाचनको मिति तोकिएको हो।निर्बाचन आगामी अगस्त महिनाको ११ र १२ मा हुनेछ।
एनआरएनएद्वारा सबै सदस्यहरुलाई पठाइएको इमेल अनुसार एक जना अध्यक्ष सहित २३ जनाको लागि निर्बाचन हुनेछ। जसमध्ये १ जना बरिस्ठ उपसभापति, ४ जना क्षत्रिय उपसभापति, एकजना महासचिव, एकजना सचिव, कोषाध्यक्ष एकजना, सह-कोषाध्यक्ष एकजना, युवा संयोजक एक जना, महिला संयोजक एक जना र डाइरेक्टर र बोर्ड सदस्यहरु एघार जनाको लागि निर्बाचन हुने जनाइएको छ।


निर्बाचन प्रक्रिया भने निर्बाचन घोषणा भएको चौथो दिनबाट शुरु हुनेछ । जुलाई ८ गते पुर्बिय समय बेलुकी ११:५९ बाट उम्मेदवारहरुले आफ्नो आफ्नो पदको लागि उम्मेद्वारी दर्ता गर्न सक्नेछन भने जुलाई ८ को बेलुकी ११:५९ मा उम्मेद्वारी दर्ता अबधि समाप्त हुनेछ। कसैले अनलाइन नभरेर पेपरमा भर्ने हो भने जुलाई १३ सम्म चिट्ठी पुगिसक्नु पर्नेछ। जुलाई १८ मा उम्मेदवारहरुको नामावली प्रकाशन, २४ जुलाई सम्म उम्मेद्वारी फिर्ता गर्ने अबधि र त्यसपछि जुलाई २९ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ। Election-2017-2019-Announcement

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907