आउँदो सनिबार डालसको फेयर पार्कमा एसियन महोत्सब हुँदै
मे ११, बिहिबार, डालस । यहि मे १३ गते सनिबार डालसको फेयर पार्कमा २७ औं एसियन महोत्सव २०१७ हुने भएको छ । बिहान ११ देखि ७ बजे सम्म हुने उक्त महोत्सवमा नेपाल र नेपालीपन झल्काउन एउटा पसल समेत राखिनेछ भने एसियाका अन्य देशहरुका पसल पनि हुनेछन । नेपालीहरुको तर्फबाट सांस्कृतिक प्रस्तुति पनि हुनेछ भने पसलमा नेपालीपन झल्काउने ढाका टोपी, भोजपुरे खुकुरी प्रदर्शन र बिक्रीको लागि राखिनेछ । यो समुहमा एसियाका २० भन्दा बढी देशहरु जस्तै भियतनाम, लाओस, कम्बोडिया, नेपाल, भारत, कोरिया, चीन, फिलिपिन्स, कम्बोडिया, इन्डोनेसिया लगायतका देशहरु छन् । यो बर्षेनी आयोजना गरिन्छ । घरायसी समान बेच्ने दुकान होम डिपोले प्रायोजन गर्ने हुनाले यसलाई होम डिपो एसियन फेस्टिवल पनि भनिन्छ । महोत्सबको शुरुवात परेडबाट गरिन्छ ।
अमेरिका बिबिधताले युक्त देश हो । यहाँ हरेक देशका मानिसहरु छन् । खुल्ला समाज र उदार सरकारी नीतिका कारण यहाँ अन्य धर्म, संस्कृति र कलाले पनि हुर्किने अवसर प्राप्त गरेका छन् । डोनाल्ड युगमा कस्तो हुन्छ भन्ने कुरामा धेरैलाई शंका रहे पनि अहिले सम्म आप्रबासीहरुको लागि यो ठाउँ नराम्रो छैन । अवसर मात्र होइन आफ्नो संस्कृति जगेर्ना गर्न यहाँ अप्ठेरो छैन । मे महिनाको घमाइलो सनिबार एसियाका ती देशका नागरिकहरु आफ्नो कला र संस्कृतिको प्रदर्शन गर्न यहाँ ओइरो लाग्ने गर्छन । नेपालीहरु पनि दौरा सुरुवाल, टोपी र काला टल्किने जुत्ता लगाएर त्यहाँ बर्षेनी भाग लिने गर्छन । महोत्सवको उद्घाटनमा परेड देखाइन्छ । त्यहाँ बिभिन्न देशरुका सांस्कृतिक झाँकीहरु देखाइन्छ । नेपालको पनि त्यहाँ उपस्थिति राम्रै हुन्छ । परेडमा युनाइटेड नेवाले धिमे नांच प्रस्तुत गर्नेछ । पसलको सजावट पबित्र श्रेष्ठले गर्ने भएका छन् ।
यहाँ अत्यन्त रमाइलो हुन्छ । एसियन खाना खाँदै, एसियन कला र संस्कृति हेर्दै सनिबार मनाउनुको मज्जै बेग्लै हुन्छ । त्यस्तै सबैजसो देशहरुका पोशाक, गरगहना पनि प्रदर्शन गरिन्छ । नेपालीहरुले पनि त्यहाँ लामो समय देखि उपस्थिति देखाउंदै आएका छन् । प्रवेश निशुल्क रहेको यो महोत्सव हेर्नेहरुको घुइंचो लाग्ने गर्छ । यदि तपाईंहरु पनि सनिबारको दिन कसरि मनाउने होला भनेर अल्मलिनु नपर्ने भएको छ । त्यहाँ गएर बिभिन्न देशको सांस्कृतिक अबलोकन गर्दै सनिबारको दिनलाई उपलब्धिपूर्ण बनाउअन सकिनेछ । उक्त स्थलको ठेगाना लगायत अन्य विवरण यस प्रकार रहेको छ ।