आउँदो सनिबार डालसको फेयर पार्कमा एसियन महोत्सब हुँदै

मे ११, बिहिबार, डालस । यहि मे १३ गते सनिबार डालसको फेयर पार्कमा २७ औं एसियन महोत्सव २०१७ हुने भएको छ । बिहान ११ देखि ७ बजे सम्म हुने उक्त महोत्सवमा नेपाल र नेपालीपन झल्काउन एउटा पसल समेत राखिनेछ भने एसियाका अन्य देशहरुका पसल पनि हुनेछन । नेपालीहरुको तर्फबाट सांस्कृतिक प्रस्तुति पनि हुनेछ भने पसलमा नेपालीपन झल्काउने ढाका टोपी, भोजपुरे खुकुरी प्रदर्शन र बिक्रीको लागि राखिनेछ । यो समुहमा एसियाका २० भन्दा बढी देशहरु जस्तै भियतनाम, लाओस, कम्बोडिया, नेपाल, भारत, कोरिया, चीन, फिलिपिन्स, कम्बोडिया, इन्डोनेसिया लगायतका देशहरु छन् । यो बर्षेनी आयोजना गरिन्छ । घरायसी समान बेच्ने दुकान होम डिपोले प्रायोजन गर्ने हुनाले यसलाई होम डिपो एसियन फेस्टिवल पनि भनिन्छ ।  महोत्सबको शुरुवात परेडबाट गरिन्छ ।

अमेरिका बिबिधताले युक्त देश हो । यहाँ हरेक देशका मानिसहरु छन् । खुल्ला समाज र उदार सरकारी नीतिका कारण यहाँ अन्य धर्म, संस्कृति र कलाले पनि हुर्किने अवसर प्राप्त गरेका छन् । डोनाल्ड युगमा कस्तो हुन्छ भन्ने कुरामा धेरैलाई शंका रहे पनि अहिले सम्म आप्रबासीहरुको लागि यो ठाउँ नराम्रो छैन । अवसर मात्र होइन आफ्नो संस्कृति जगेर्ना गर्न यहाँ अप्ठेरो छैन । मे महिनाको घमाइलो सनिबार एसियाका ती देशका नागरिकहरु आफ्नो कला र संस्कृतिको प्रदर्शन गर्न यहाँ ओइरो लाग्ने गर्छन । नेपालीहरु पनि दौरा सुरुवाल, टोपी र काला टल्किने जुत्ता लगाएर त्यहाँ बर्षेनी भाग लिने गर्छन । महोत्सवको उद्घाटनमा परेड देखाइन्छ । त्यहाँ बिभिन्न देशरुका सांस्कृतिक झाँकीहरु देखाइन्छ । नेपालको पनि त्यहाँ उपस्थिति राम्रै हुन्छ । परेडमा युनाइटेड नेवाले धिमे नांच प्रस्तुत गर्नेछ । पसलको सजावट पबित्र श्रेष्ठले गर्ने भएका छन् ।

2

यहाँ अत्यन्त रमाइलो हुन्छ । एसियन खाना खाँदै, एसियन कला र संस्कृति हेर्दै सनिबार मनाउनुको मज्जै बेग्लै हुन्छ । त्यस्तै सबैजसो देशहरुका पोशाक, गरगहना पनि प्रदर्शन गरिन्छ । नेपालीहरुले पनि त्यहाँ लामो समय देखि उपस्थिति देखाउंदै आएका छन् । प्रवेश निशुल्क रहेको यो महोत्सव हेर्नेहरुको घुइंचो लाग्ने गर्छ । यदि तपाईंहरु पनि सनिबारको दिन कसरि मनाउने होला भनेर अल्मलिनु नपर्ने भएको छ । त्यहाँ गएर बिभिन्न देशको सांस्कृतिक अबलोकन गर्दै सनिबारको दिनलाई उपलब्धिपूर्ण बनाउअन सकिनेछ । उक्त स्थलको ठेगाना लगायत अन्य विवरण यस प्रकार रहेको छ ।

1

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907