ट्रंप रसियाको जालोमा फसे: फेरी अर्को काण्डको पर्दाफास
January 13, 2017 | 10:49 am    
अमेरिकाको ४५ औ रास्ट्रपतिको रुपमा सपथ लिन एक हप्ता बाँकी रहँदा डोनाल्ड ट्रंप फेरी अर्को चक्रब्युहमा फस्ने सम्भावना देखिएको छ । चुनावी प्रचारको क्रममा ट्रंपलाइ महिला माथि हिंसा गरेको थुप्रै आरोपहरु लगाइएको थियो । तर स्वछन्द अमेरिकी समाजले त्यसलाई सजिलै पचाइदियो र उनि अमेरिकाको रास्ट्रपति बन्न सफल बने । हिलारीले व्यक्तिगत सर्भर प्रयोग गरी असुरक्षित तरिकाले इमेल आदान प्रदान गरेको मुद्धालाई प्रमुख मान्ने अमेरिकी समाज डोनाल्ड ट्रंपको महिला माथि गरिएका र उनले व्यक्त गरेका अवान्छित कुराहरुलाई सजिलै पचायो । अरुले मात्र होइन उनि आफैले पनि जितिन्छ भन्ने नसोचेको कुरा भयो । उनले जिते । रास्ट्रको सर्बोच्च पदमा एउटा चरित्रहीन मानिस पैसाको बलमा पुग्नु अमेरिकी प्रजातन्त्रको लागि लज्जाको बिषय थियो ।
Republican presidential candidate, businessman Donald Trump stands during the Fox Business Network Republican presidential debate at the North Charleston Coliseum, Thursday, Jan. 14, 2016, in North Charleston, S.C. (AP Photo/Chuck Burton)
ट्रंपलाइ जिताउन रसियाले अभियान नै चलाएको प्रस्ट भएको छ । अमेरिकाको जासुसी एजेन्सीहरुले त्यहि निर्क्यौल गर्दै रिपोर्ट निकालिसकेका छन् । रसियाले ह्याक गरिएका इमेलहरु विकिलिक्सलाइ उपलब्ध गराएको थियो । चुनावको समय पारेर प्रतिद्वन्दी हिलारीको हज्जारौं इमेल सार्बजनिक गरेको रसियाले ट्रंप र रिपब्लिकन पार्टीका कुराहरु बाहिर ल्याएन । रसियाको उद्धेश्य प्रस्ट थियो, अमेरिकी प्रजातन्त्र र यहाँको प्रणालिको खिल्ली उडाउनु । भयो त्यस्तै । योजनाबिहिन एक जोकर अमेरिकाको रास्ट्रपति बने । अमेरिकासंग लामो समयको दुश्मनी भए पनि ट्रंपले भ्लादिमिर पुटिनलाइ बुद्धिमान नेता भनेर प्रशंशा गरे । आफ्नै खुफिया एजेन्सीलाइ गालि गर्दै रसियाको समर्थनमा धेरै समय खर्च गरे । अब भने ट्रंप आफ्नो प्रतिद्वन्दी राष्ट्रसंग लम्पसार पर्नुको राज खुल्न थालेको छ ।
एमआइ सिक्स नामक एउटा ब्रिटिश गुप्तचर संस्थामा काम गर्ने व्यक्तिको भनाइ उल्लेख गर्दै अहिले अमेरिकी मेडियामा ट्रंपको नाकमा नत्थी लगाउने सामग्री रसिया संग रहेको र त्यहि सामग्री देखाएर ट्रंपलाइ रसियाले तर्साइरहेको भनिएको छ । उक्त व्यक्तिले रसियाका श्रोतहरुको हवाला दिंदै ट्रंपको अत्यन्त व्यक्तिगत अस्लिल भिडियो र उनका रसिया र अन्य राष्ट्रहरुसंग भए गरेका आर्थिक हिनामिनाको फेहरिस्त रहेको जसका कारणले ट्रंप डराएको अनुमान गरिएको छ । अहिले अमेरिको क्यापिटल हिलमा यसले सनसनी मच्चाएको छ । त्यस्तै मेडियाहरुमा पनि प्रयाप्त समाचारहरु प्रशारण भैरहेका छन् ।
यी सारा कुराहरुको पर्दाफास बज्फ़िड डट कमले गरेको हो । पुस्टि भैनसकेको यो खुलासाले अमेरिकाको राजनीतिक क्षेत्र भने तरंगित बनेको छ ।