बिरामी पत्रकार न्यौपानेको उपचार्रार्थ सहयोग सङ्कलनका लागि समिति गठन
October 25, 2016 | 2:48 am    
कारोवार दैनिकका पूर्व सम्पादक साथै नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व उपाध्यक्ष सञ्जय न्यौपाने थप उपचारको लागि मेदान्त अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्य लाभको कामना गर्दे उपचारको लागि आर्थिक सहयोग जुटाउन नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले कमिटी गठन गरेको छ ।
नेपाल अमेरिका पत्रकार सङ्घ नेजा सदस्य एवं सेजनका पूर्व अध्यक्ष नारायण सापकोटा (न्यु योर्क) को संयोजकत्वमा गठन गरेको उक्त समितिमा सेजनका पूर्व अध्यक्ष एवं नेजा सदस्य विजय घिमिरे (कोलोराडो), नेजाका डिसीमेट्रो क्षेत्र संयोजक विष्णु शीतल, टेक्सासबाट नेजा सदस्य सुरेशचन्द्र पोखरेल र क्यालिफोर्नियाबाट नेजा सदस्यहरू इश्वरी न्यौपाने र प्रतिमा बास्कोटा रहेका छन् । समितिबाट संकलित रकम नेपाल पत्रकार महासङ्घ मार्फत हस्तान्तरण गरिनेछ ।
सहयोगका लागी सम्पर्क व्यक्तिहरू
१)नारायण सापकोटा 347 536 8278
२)विजय घिमिरे 951 3152060
३)विष्णु शीतल 703 309 6776
४)सुरेशचन्द्र पोखरेल 817 703 4828
५) इश्वरि न्यौपाने 510 942 1757
६) प्रतिमा बास्कोटा 646 250 3702