ट्रंपद्वारा स्टिल र आल्मुनियम आयातमा कर वृद्धि: व्यापार युद्धको खतरा

वाशिंटन डिसी, अमेरिका । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले अन्तत: स्टिल र आल्मुनियम आयात माथि कर लगाउने भएका छन् । अघिल्लो हप्ता मात्र उनले स्टिलमा २५% र आल्मुनियममा १०% कर लगाउने घोषणा गरेका थिए । आज व्हाइट हाउसमा आयोजित एक समारोहका बीच उनले आफ्नो रास्ट्रपति उम्मेदवार हुँदाको अबधिमा गरेका बाचा पुरा गर्नु आफ्नो कर्तब्य भएको र आफुले पुरा गरेको बताएका थिए । सोहि बिबादका कारण ट्रंपका बरिष्ठ आर्थिक सल्लाहकार गेरी कोहेनले राजिनामा समेत दिइसकेका छन् ।


यो घोषणा संगै बिस्व व्यापार युद्धमा जाने आंकलन गर्न थालिएको छ । क्यानडाले यसको प्रतिकार गर्ने जनाएको छ । चीनले पनि त्यसको जवाफ दिने बताएको छ । क्यानडा, अस्ट्रेलिया, जापान, मेक्सिको, भियतनाम लगायतका देशहरुले ट्रान्स प्यासिफिक व्यापार संगठनलाइ पुनर्जीवन दिन आजै चिलीको राजधानीमा एक सम्झौतामा हस्ताक्षर गर्दैछन् । त्यस्तै युरोपियन युनियनले अमेरिकी समानहरुमा पनि कर लगाउने घोषणा गरिसकेका छन् ।


ट्रंपले स्टिल र आल्मुनियममा कर लगाउने घोषणाको डेमोक्र्याट पार्टी र रिपब्लिकन पार्टीबाट समेत तिब्र बिरोध भएको छ । प्रतिनिधि सभाका सभामुख पल रायनले यो कुरामा रास्ट्रपतिले पुनर्विचार गर्ने आशा व्यक्त गरेका छन् भने अर्थशास्त्रीहरुले यो कदमबाट व्यापार युद्ध शुरु हुने र त्यसले अमेरिकाको अर्थतन्त्र ओरालो लाग्ने त्रास रहेको व्यक्त गरेका छन् । ट्रंपले लामो समय देखि अमेरिकाको व्यापार घाटा देखाउंदै बिदेशी समान माथि कर लगाउनु पर्ने तर्क गर्दै आएका थिए । अन्तिम समयमा उनले मेक्सिको र क्यानाडालाइ भने यो करबाट सदाका लागि मुक्त गरिदिएका छन् ।
ट्रंप यतिबेला चारै तिरबाट घेरामा परेका छन् । रसियाले चुनाबमा गरेको हस्तक्षेपको जाँचबुझ गर्न गठित बिशेष समितिले उनलाई अप्ठेरोमा पार्न लागेको छ । चुनावमा रसियासंग मिलेर काम गरेको, एफबिआइ का प्रमुखलाइ रसिया सम्बन्धि अनुसन्धान गरेको आरोपमा पदमुक्त गरेको जस्ता मुद्धाहरुमा उनका सहयोगीहरु कारबाहीमा परिसकेका छन् । त्यस्तै चुनाब भन्दा करिव दुइ हप्ता अघि “नराम्रो फिलिम” खेल्ने एक अमेरिकी महिला स्टोर्मि ड्यानियलसंगको सम्बन्ध र उसलाई चुप लगाउन ट्रंपका व्यक्तिगत वकिल मार्फत तिरिएको एकलाख तीस हजार डलरको मुद्धाले उनको अलिअलि बचेखुचेको नैतिकता पानीमा मिलिसकेको छ ।


हरेक ठुला काण्डका बेला नयाँ नयाँ काण्ड खडा गरेर ठुल्ठुला काण्ड बाट बच्दै रास्ट्रपति सम्म बन्न सफल ट्रंपले “नराम्रो फिलिम खेल्ने” एक अमेरिकी आइमाईसंगको सम्बन्ध पर्दाफास भएपछि त्यसलाई ओझेलमा पार्न व्यापार युद्धको शुरुवात गर्न लागेको आंकलन गरिएको छ । लामो समय रियल स्टेटको व्यापार गरेका, आफ्नो नाम र दामको लागि जस्तो सुकै हर्कत गर्न पछि नपर्ने व्यक्तिको रुपमा ट्रंप चर्चित मानिन्छन । उनको व्यक्तिगत महत्वाकांक्षा र व्यक्तिगत इगोको कारण अमेरिका र बाँकी बिस्वले मूल्य चुकाउनु पर्ने परिस्थिति क्षितिजमा देखा परेको छ । यसलाई चेक एंड ब्यालेन्सको सिद्धान्त अनुसार चलेको भनिएको अमेरिकी प्रणालीका कांग्रेस र सिनेटका सदस्यहरुले यो काण्डलाई कसरी लिने हुन् र अमेरिका र बाँकी बिस्व बिचको व्यापार युद्ध कसरी टाल्ने हुन् हेर्न भने केहि दिन कुर्नु पर्नेछ । (लेखनाथ गौतम)

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907