यो भ्रमण पछि नेपालमा थप धेरै काम गर्न हौसला मिलेको छ: मौसमी श्रेष्ठ
March 4, 2018 | 7:52 am    
नेपाल जर्नी २०१५ मा स्थापित र अमेरिकाको टेक्सासमा सर्बप्रथम दर्ता गरेर शुरु गरिएको एक गैर सरकारी संस्था हो । छोटो समयमै यसले देश र बिदेशमा समेत राम्रै चर्चा पाउन सफल भएको छ । अमेरिका, नेपाल देखि अस्ट्रेलिया, थाइल्याण्ड, जापानसम्म फैलीइसकेको नेपाल जर्नीले देखिने गरी केहि उल्लेख्य काम गरिसकेको छ। कुनै परियोजना सम्पन्न भैसकेका छन् भने कुनै हुने क्रममा रहेका छन् ।
२०१५ मा नेपालमा गएको विनासकारी भुकम्पमा परी धेरैको ज्यान जानुका साथै धेरै धनजनको क्षति भएको प्रत्यक्ष देखे पछि मरेर लानु केहि रहेनछ भन्ने विचार पलाएर आफ्नै पहलमा केहि सहयोग गर्दै संस्था स्थापना सम्म र हालसम्म पनि नेतृत्व गर्दै आउनु भएकी नेपाल जर्निकी अध्यक्ष मौसमी श्रेष्ठ हालसालै नेपालको यात्रामा जानु भएको थियो। सोहि यात्रा, यात्राको उद्देस्य र नेपाल जर्नी गरेका र गर्दै गरेका कामहरु बारे युएसएंडनेपाल डट कम संग उहाँले खुलेर कुरा गर्नु भएको छ।
१ .भर्खर नेपाल गएर आउनु भएको छ, कस्तो रह्यो नेपालको यात्रा ?
नेपाल यात्रा निकै राम्रो र एकदमै आनन्ददायी महसुस भयो । मैले जुन आशा र अपेक्षा बोकेर छोटो अबधिका लागी नेपाल गएको थिएँ साँच्चै ती सबै अपेक्षाहरु पुरा भए । म नेपाल जानु अघि मेरो मनमा धेरै कौतुहलता थियो । हाम्रो नेपालको टीम कस्तो छ, उनीहरुले संस्थाको उद्देस्य र हाम्रो अपेक्षा अनुसारको काम परिणामको तहमा पुरा गर्न सक्छ कि सक्दैन भन्ने शंका उपशंकाहरु थिए । हामीले फोन र म्यासेनजरकै भरमा काम गर्थ्यौं र अहिले सम्म हाम्रो संस्थाले नेपालमा जति काम गरिराखेको छ त्यो सबै म्यासेन्जरकै भरमा हुने गरेको छ। एक अर्का बिच चिनजान पनि नभएको अवस्था थियो । यस्तो अवस्थामा पनि नेपालको टिमले निकै मेहनतका साथ काम गरेको रहेछ भन्ने कुरा मलाई नेपाल पुगेपछि मात्रै थाहा भयो । मेरो मनका संका र उपसंकाहरु त्यहाँ भएका काम गराईबाट सबै हट्यो अनि मलाई थप हौसला प्राप्त भयो ।
नेपाल बसाईमा मेरा लागी एउटा अबिस्मरणिय घटना भयो । म स्यागंजाको चिसापानी स्थीत ललहीमा एउटा बिद्यालय निरिक्षणका लागी पुगेको थिएँ । जहाँ नेपाल जर्नी नेपालका अध्यक्ष गणेश लाल श्रेष्ठ, सचिव प्रकाश सिग्देल र सदस्य नबिन श्रेष्ठ पुगेका थियौं । निकै कष्टका साथ बिद्यालयको निरिक्षण र अभिभावकहरुसंग भालाकुसारी गरी पुस्तकालय निमार्ण गर्ने प्रतिवद्धता सहित हामी फिता भयौं । यात्रा निकै रमणीय र आनन्ददायी थियो । तर हामि करिव डेढ घन्टा कच्ची सडक बाटो पार गरी दुलेगौंडा बजार आइपुग्यौं । त्यहाँ पुस्तकालयको फर्निचर अर्डर गरी हामी फर्किन लाग्दा बेला सडकमा राखेको रडमा ठेस लागेर म भुइंमा लड्न पुगें । मेरो हात, खुट्टा र नाकमा चोट लाग्यो । नाकबाट रगत बग्न थाल्यो । संगै गएका साथीहरुले स्थानीय स्वास्थ्य केन्द्रमा लगी उपचार गराउनु भयो । अनि म तीन दिनसम्म आराम गर्नु पर्यो । तर त्यो घटनाले मलाई नकारात्मक होइन अरु बढी काम गर्न आत्मबल प्रदान गरेको छ ।
२. नेपालमा रहंदा के कस्ता कार्यक्रमहरुमा सहभागी हुनु भयो ?
नेपालमा रहंदा हामिले मकवानपुरमा निर्माण गरेको नेपाल जर्नी पब्लिक पुस्तकालय उद्धघाटमा केन्द्रित भएँ । पुस्तकालय निर्माण यो वर्षकै हाम्रो गौरवको योजना थियो र साँच्चै गौरवकै बनेको थियो । जहाँ हामीले हाम्रा शुभचिन्तक आदरणीय सबै सहयोगी मनहरुको सहयोग बाट करिव ४० लाख लागतमा निर्माण सम्पन्न भएका थियो । त्यो उद्धघाटन र हस्तान्तरण गर्न म करिव चार दिन भन्दा बढी ब्यस्त भएँ जुन पुस्तकालयको एन आर एन ए अध्यक्ष भवन भट्टले उद्धघाटन गर्नु भयो । म उहाँ प्रति आभार व्यक्त गर्न चाहन्छु । उहाँको साथ र सहयोगको लागि हाम्रो संस्था ऋणी छ ।
त्यस पछि स्थानीय सरकारी अधिकारी तथा संघ संस्थाका पदाधीकारीहरु संग छलफलमा ब्यस्त बने भने चितवन भरतपुर स्थित नारायणी माध्यामिक बिद्यालयमा रहेका नेत्रहिन बिद्यार्थीलाई झोला तथा सुईटर बितरण गर्ने अवसर पाएँ । स्यागंजाको ललहीमा रहेको जन जागृति आधारभूत बिद्यालयमा पुस्तकालय निर्माणका लागी निरिक्षण गर्न पुगें । जो घटना मेरो लागी अविस्मरणीय रह्यो जुन कुरा मैले अघि नै बताइसकें। त्यस पछि चितवनको निपनी र नवलपुरका बिभिन्न क्षेत्रका बिद्यालय तथा सामाजिक भवनको निरिक्षणका लागी मैले आफनो समय केन्द्रित गरें । अमेरिका फर्किने बेलामा चार दिन काठमाण्डौ बसाई भयो जहाँ मैले ललितपुर महानगरका मेयर देखि अन्य धेरै संघ संस्थाका अधिकारीहरु संग संस्थाले गरेका कामको बारेमा छलफल गर्ने अवसर पाएँ ।
३. नेपाल जर्नी र यसका परियोजनाहरु प्रति आम मानिसहरुको कस्तो प्रतिक्रिया पाउनु भयो ?
मेरो करीव १२ दिनको नेपाल बसाइृमा मैले धेरै कुरा सिकें र मलाई काम गर्ने तरिका समेत त्यो बसाइले सिकें । म नेपालमा रहंदा यति व्यस्त भएँ कि १ घन्टा पनि मेरो माईतका आमा बुबा तथा दाजु भाई संग कुरा गर्ने फुसद पाईन । बिद्यालय तथा संघ संस्थाहरुले हजुर आईदिनु पर्यो, हाम्रो समस्या सुनिदिनुपर्यो भनेर यति धेरै आग्रहहरु आएकि कति त समय भएन भनेर छोडेर हिड्नु पर्ने अवस्था भयो । बिहान निस्क्यो खाने पनि फुर्सद नहुने । नेपाल जर्नी र यसले गरेका काम यति छोटो समयमा नेपालमा यति धेरै चर्चामा आएछ कि त्यो म नेपाल गएर मात्रै थाहा पाए ।
म जहाँ जान्छु त्यहाँ नेपाल जर्नी भन्ने संस्थाले राम्रो काम गरेको छ, अव हाम्रोमा पनि पुस्तकालय बनाउनु पर्यो, हामीलाई पनि सहयोग गर्नु पर्यो । यहा बिद्यालय भवन बनाईदिनु पर्यो, यहाँ बिद्युतिय पुस्तकालय बनाईदिनु पर्यो, यहाँ खानेपानीमा सहयोग गर्नु पर्यो , यहाँ बिद्यार्थीलाई छात्रबृति दिनु पर्यो, यहाँ शैक्षिक सामाग्री सहयोग गर्नु पर्यो । यस्ता आसा र अपेक्षा त कति कति । हाम्रो संस्था संग यति धेरै अपेक्षाकी आम मानिसको त्यो म ब्याख्या नै गरेर सक्दिन । मलाई ती बिद्यालयहरुमा जाँदा लाग्थ्यो, यस्तो पनि बिद्यालय हुन्छ । बिचरा बिद्यार्थी कसरी पढ्छन् । न राम्रो डे्स छ न किताव कापि , खाली खुट्टा बिद्यालय त्यो पनि खालीपेट साँच्चै नेपालका सरकारी बिद्यालयहरुको अवस्था निकै दर्दनाक छ । सरकारी बिद्यालयका अधिकांस अभिभावकहरुले हामीसंग धेरै आसा र अपेक्षा गर्नु भएको छ । र हामीले जहाँ जहाँ काम गर्यौ र जहाँ जहाँ पुग्यौ त्यहाँ साच्चै नेपाल जर्नी लाई हेर्ने दृस्टीकोण सकारात्मक भएको पाएँ । नेपालमा सन्चार माध्यमहरुले पनि निकै सहयोग गरेको पाएँ ।
४. नेपाल जर्नीले संचालन गरेका र गर्न लागेका योजनाहरुमा सरकारी स्तरबाट कस्तो सहयोग पाउनु भयो ?
अहिले सम्म हामीले जहा जति काम गर्यौ, त्यहाँ सरकारी निकायबाट निकै ठुलो साथ र सहयोग रह्यो । अझ हामि त सरकारी बिद्यालयहरुमै काम गर्दै छौं । उहाँहरुकै चाहना र आग्रहमा उहाँहरुसंगै सहकार्य गरेर अहिले सम्म काम गरिरहेका छौ । सबै क्षेत्रमा सरकारी अधिकारीहरु र सरकारी कार्यालयद्धारा आर्थिक तथा भौतिक दुबै रुपमा पुर्ण सहयोग भएको छ । हामीले गरेका काममा सहभागी भैदिने, सल्लाह सुझाव दिने देखी अन्य सबै खाले सहयोग प्राप्त भएको मैले पाएँ ।
५. अहिले सम्म नेपाल जर्नीले सानातिना बाहेक ठुलो स्तरका कार्यक्रमहरु कुनकुन र कहाँ कहाँ सम्पन्न गर्यो ?
मकवानपुर हेटौडामा ४० लाखको लागतमा नेपाल जर्नी पब्लीक पुस्तकाय स्थापना, बालकुमारी उच्च माबि चितवनमा १० लाखको लागतमा लाईब्रेरी स्थापना, चितवनको अति बिकट र राज्यको पहुच बाहिर रहेको लोथर गाबिसको बिकट चेपागं बस्ति कान्दामा ४ लाख लागतमा नेपाल जर्नी चिल्डेन लाईब्रेरी स्थापना, रामेश्वर पुस्तकालयमा ४ लाख लागतमा बिद्युतिय पुस्तकाय स्थापना, बाबुआमा बिहिन दुई दिदि भाईलाई आबासिय रुपमा पठन पाठनको ब्यवस्था लगाएत अन्य धेरै सहयोगका कार्यक्रमहरु यस अघि भईसकेका छन् ।
६. नेपाल जर्नीले भबिस्यमा के के कार्यक्रमहरु गर्दै छ ?
अवको हाम्रो निकै ठुलो परियोजना छ । जस्को थ्रिडी एनिमेसन तयार भईसकेको छ । हामीले नेपालकै नमुना अपागं मैत्री पुस्तकालय निमार्णको लक्ष्य राखेका छौं। यो वर्ष २०१८ को हाम्रो ठुलो परियोजना हो । यो पुस्तकालय यस्तो बनाउने लक्ष छ कि बनेपछि एक पटक मान्छेहरुलाई लागोस नेपालमा यस्तो पनि बन्छ । अनि यस्तो कसरी सम्भव भयो । आखिर संकल्प गर्यो भने त हुँदो रहेछ नी भन्ने खालकौ निकै आकर्षक भब्य पुस्तकालय निमार्णको लक्ष्य छ जसका लागी आर्थीक संकलन गर्ने काम समेत शुरु भईसकेको छ । त्यो संगै एउटा बृद्ध बृद्धा तथा बाल बालिकाहरुको लागी निशुल्क सेवा गर्ने अस्पताल संचालन गर्ने अनि निशुल्क प्राबिधिक शिक्षा दिने बिद्यालय समेत स्थापना गर्ने लक्ष्य छ । लक्ष्मी प्रसाद देवकोटाले भने जस्तै उद्देस्य के लिनु उडि छुनु चन्द्र एक । यो हाम्रो अठोट हो र यो संकल्प पुरा गरेरै छाड्छौं । जसलाई पुरा गर्न अमेरिका लगाएत बिश्वका कुना कुनामा बस्ने दानबिर सेवाका लागी हरदम समर्पित फराकिलो मन भएका दानवीर मनहरुले साथ दिईरहनु भएको छ । उहाँहरुलाइ हामि नमन गर्न चाहन्छौं । अनि यो संकल्प पुरा गर्न नेपालमा उर्जावान टीम छ ।यो संगै सरकारी बिद्यालयहरुमा साना साना लाईब्रेरी निमार्ण संगै खानेपानी लगाएत अन्य क्षेत्रमा पनि काम हरु हुनेछन् ।
७. नेपाल जर्नीले यति छोटो समयमै नेपाल र अमेरिका लगायत संसारभर चर्चा पाउनुको कारण के होला ?
तपाईको मनमा स्वार्थ छैन भने तपाईले छिटो प्रगती हासिल गर्न सक्नु हुन्छ । म आफुलाई भन्दा समाजलाई ठुलो ठान्दछु । मलाई सामाजिक सेवाको नाममा एक पैसा पनि उठाएर खानु छैन् ।यो धर्तीमा जन्मेपछि मैले धर्तीका लागी केही पुण्यकाम गरेर जानु पर्छ भन्ने मेरो संकल्प हो ।कसैको उक्साहटले म सामाजिक अभिान्ता बनेको होईन यो मेरो मनले मलाई निर्देश गरेको हो । भुकम्पको जगमा मेरो यो यात्रा तए भएको हो । म सहि निर्णय गर्न सक्छु त सहि काम पनि गर्न सक्छु । आखिर एक दिन मर्नु नै छ त किन लोभ र डाह गरेर जिउने । आत्म सन्तुस्टिका लागी सामाजिक काम गर्नु पर्छ हात मुख जोर्नका लागी होईन । मैले यो संस्था स्थापना गर्नुमा मेरो केही स्वार्थ छैन् । मात्रै गरिव अभिभावकको छोराछोरीको उज्वल भबिस्य स्थापना गर्ने अनि तिनिहरुको मुहारमा खुसीका लहरहरु हेर्ने चाहाना मेरो हो । तिनिहरुकै आशिर्बादले गर्दा होला आज यो छोटो अबधिमा यो संस्था यति धेरै चर्चाको सिखरमा पुग्न सफल भएको छ र धेरै काम पनि गर्न सफल भएको छ ।
८. अन्त्यमा ?
सबै प्रति म आभारी छु जसले मलाई मेरो हरेक काममा र संकल्पहरुलाई सफल बनाउन सहयोग गर्नु भो आगामि दिनमा पनि सहयोगको अपेक्षा राखेको छु । मलाई बिश्वास गर्नुस तपाईहरुको चाहना म पुरा गरेर देखाउने छु । मलाई केही गर्नु छ । तपाई लाई पनि धन्यबाद जसले मेरो मनका भावहरु धेरै पबित्र दानबिर मनहरुको मन मनमा पुर्याउने संक्लप सहित मलाई आफनो बिचार राख्ने समय दिनु भो ।