प्रदेश ६ को राजधानीमा सरसफाई अभियान: मुख्यमन्त्री समेत सहभागी

सुर्खेत, १२ फागुन (रासस) ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ । प्रदेश नं ६ को राजधानीका रुपमा रहेको वीरेन्द्रनगर क्षेत्रलाई सफा र सुन्दर शहर बनाउनका लागि विशेष सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज वीरेन्द्रनगरको मंगलगढी चोकबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियानको औपचारिक उद्घाटन गर्दै प्रदेशको राजधानी भएकाले यसलाई नमूना शहरका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “यो शहर प्रदेशको राजधानी भएकाले यसलाई बनाउन सबैको ध्यान केन्द्रित हुन जरुरी छ, नागरिकको स्वास्थ्य ठीक भए, अन्य सबै ठीक हुन्छ, त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो । राजधानी सरसफाइ गरेर नमूना शहर निर्माण गरे प्रदेशको पर्यटन विकासमा समेत वृद्धि हुने भएकाले सबै क्षेत्रबाट यो अभियानलाई सफल बनाउनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ ।

सरसफाइ नागरिकको पहिलो प्रतिष्ठा भएकाले नगरपालिकाभित्रका सबै वडा, चोक, सार्वजनिकस्थानमा रहेका फोहर उठाएर अभियानको थालनी गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो । यो अभियानले वीरेन्द्रनगरलाई देशकै नमूना शहर बनाउने र प्रदेशको पर्यटन विकास वृद्धि हुने पनि उहाँले बताउनुभयो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा शुरु भएका सोे अभियानमा प्रदेश नं ६ का मन्त्रीहरु, प्रदेशसभा सदस्य, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, नेपाली सेनालगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907