डालसमा पहिलो गजल यात्रा सम्पन्न

डालस, टेक्सास। डालस नेपालीहरुको ठुलो उपस्थिति रहेको शहर हो। यहाँ हरेक हप्ता जसो केहि न केहि कार्यक्रम भैरहन्छन। कहिले राजनीतिक, कहिले सामाजिक, कहिले सांस्कृतिक त कहिले साहित्यिक। यो सप्ताहन्त भने एक बिशेष साहित्यिक कार्यक्रम समपन्न भयो। डालस वरपर रहेका गजलकारहरुले गजल उत्सब टेक्सास सम्पन्न गरे। नेपाली साहित्यको एक महत्वपूर्ण विधाको रुपमा रहेको गजलको यो प्रस्तुतिले प्रबाशमा नेपाली भाषा र साहित्य सबल रहेको जनाउ दिएको छ भने युबापुस्तामा देखिएको नेपाली साहित्य प्रेमले नेपाली साहित्यको भविस्य उज्ज्वल रहेको देख्न सकिन्छ।


अन्तररास्ट्रिय नेपाली साहित्य समाज, बिस्व भुटनी साहित्य संगठन र गजल यात्रा टेक्सासको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा करिब दुइ दर्जन गजलकारहरुले आफ्ना गजलहरु प्रस्तुत गरेका थिए। गजल यात्रा टेक्सासका अभियन्ता बासु अधिकारीले स्वागत गरेर शुरु गरिएको कार्यक्रमलाई औपचारिक रुपमा युवा सुमन कार्कीले कुशलतापुर्बक संचालन र समापन गरेका थिए।
गजल लेखाइ जथाभावी भैरहेको सन्दर्भमा गजल गजल हुनको लागि केके खुराक हुनु पर्छ भनेर गजल यात्रा टेक्सासका अर्का अभियन्ता राधाकृष्ण काफ्लेले प्रकाश पारेका थिए। सबै कविता गजल नहुने, सबै गीत गजल नहुने तर सबै गजल कविता र गीत हुने भन्दै काफ्लेले गजल लेखाइलाइ जथाभावी नगर्न चेतावनी दिएका थिए।


पहिलो र दोश्रो चरण गरी सम्पन्न गरिएको उक्त गजल उत्सवमा दुवै चरणमा २/२ वटा गजल बचन गरिएको थियो। गजलमा चोटिला शव्दहरुको महत्व त छंदै छ, प्रस्तुति पनि दमदार हुनु पर्छ। कार्यक्रममा बासु अधिकारी, सुशान्त कंडेल, बासु पौडेल, नेत्र आचार्य, सतिश त्रिपाठी, इश्वरी कार्की वर्षा, राधाकृष्ण काफ्ले, बाल जोशी, पवन लामिछाने, सरु काली, भगवती पौडेल, बलायर प्रत्याशी, खेमराज गैराघरे, नीलमणि आचार्य, बिदुर दवाडी, पातलो अन्तरे, आनन्द खनालले आफ्ना गजलहरु प्रस्तुत गरेका थिए।
सामान्यतया साहित्यिक कार्यक्रमहरु घर, कोठामा केहि सिमित साहित्यकारहरु बसेर गर्ने गरिन्छ। यसको प्रमुख कारण श्रोताको अभाव नै हो। तर गजल यात्रा टेक्सासको यो कार्यक्रम भने सार्बजनिक हलमा सम्पन्न भयो भने उपस्थिति पनि उल्लेख्य रह्यो। पहिलो करिब दुइ घण्टा त दर्शकहरुले हल खचाखच नै भरिएको थियो भने धेरै मान्छेहरु कार्यक्रमको अन्त्यसम्म बसेका थिए। त्यस्तै सबै गजललाई दर्शकहरुले ध्यान दिएर सुनेको देखेर आयोजकहरु उत्साहित भएका थिए।
कार्यक्रमको अन्त्यमा उक्त गजल यात्राका सहभागी गजलकारहरु, यो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने स्वयंसेवीहरु र पत्रकारहरुलाई धन्यवाद स्वरुप प्रशंशापत्र प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907