ब्याननको जागिर संगै दिमाग पनि फुस्केको छ : डोनाल्ड ट्रंप
वाशिंगटन डिसी, अमेरिका । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले आज एक बिज्ञप्ति मार्फत आफ्ना पूर्व प्रमुख रणनीतिकारको कटु आलोचना गरेका छन् । केहि महिना अघि मात्र व्हाइट हाउसको जागिरबाट निकालिएका स्टिभ ब्याननले एउटा पुस्तकमा व्यक्त गरेको बिचारलाई लिएर क्रुद्ध ट्रंपले “ब्याननले जागिर मात्र नगुमाएर दिमाग समेत गुमाएको” भन्दै ब्याननको धज्जी उडाएका छन् ।
छिट्टै प्रकाशित हुन लागेको “फायर एण्ड फ्युरी, इनसाइड द ट्रंप व्हाइट हाउस” पुस्तकमा समेटिएको ट्रंपका तत्कालिन प्रमुख रणनीतिकार स्टिभ ब्याननको भनाइ बाहिर आए पछि ट्रंप यसरी प्रतिबादमा उत्रेका हुन् । ब्याननले जुन २०१६ मा ट्रंप टावरमा रसियन अधिबक्तासंगको भेटघाटलाइ देशद्रोहको संज्ञा दिएका छन् भने उक्त भेटबारे ट्रंप जुनिएरले आफ्ना पितालाई उक्त कुरा नभन्ने सम्भावना सुन्य रहेको समेत धारणा व्यक्त गरेका छन् । आफ्नो छोरा र ज्वाईंलाइ देशद्रोही भने पछि ट्रंप रिसले आगो भएको व्हाइट हाउसले जनाएको छ ।
स्टिभ ब्यानन ट्रंपको प्रमुख योजनाकार हुनु भन्दा अघि ब्रेइटबार्ट भन्ने अति दक्षिणपन्थी विचार प्रबाह गर्ने अनलाइन पत्रिकाका प्रमुख थिए भने व्हाइट हाउसको जागिर छोडे पछि पनि त्यहीं स्थापित छन् । डोनाल्ड ट्रंपले २०१६ मा सम्पन्न निर्बाचनमा उठाएका लोकप्रिय एजेन्डाहरु दक्षिणपन्थी विचारधाराका स्टिभ ब्याननका विचारसंग मिल्थे । मेक्सिकोको सीमामा पर्खाल लगाउने, गैर कानुनी आप्रबाशिहरुलाई देशबाट लखेट्ने र अमेरिकालाई फेरी महान बनाउने भन्ने ट्रंपका रिपब्लिकन माझ लोकप्रिय भएका थिए जुन स्टिभ ब्याननको विचारसंग मिल्थे । फलस्वरूप उनि ट्रंपको व्हाइट हाउसमा प्रमुख रणनीतिकार पदमा नियुक्त भए ।
व्हाइट हाउस पुगे पछि ब्याननले रास्ट्रपति ट्रंपलाइ बिभिन्न मुद्धाहरुमा प्रभावित गरिरहे । भर्जिनियाको चार्लोट्स्भिलमा अतिबादी गोराहरुको पक्षमा डोनाल्ड ट्रंपलाइ बोल्न लगाए पछि ट्रंपको धेरै आलोचना भयो । त्यस पछि रिपब्लिकन पार्टीको संस्थापन पक्ष ब्याननको बिरोधि भयो । ट्रंपको पारिबारिक घेरा संग ब्याननको पहिल्यै देखि अन्तरसंघर्ष चलिरहेको थियो । यो घटना पछि भने ब्यानन व्हाइट हाउसमा बस्न सक्ने अवस्था रहेन । उनले राजिनामा गरे तर डोनाल्ड ट्रंपका लोकप्रिय र रास्ट्रबादि एजेन्डाहरुमा आफुले साथ दिने बताउंदै आएका थिए । पदबाट हट्ने बेलामा पनि ब्याननले ट्रंपको बिरोध गरेनन बरु ट्रंपका एजेन्डा बाहिर बसेरै सहयोग गर्ने उदघोस गरे । उनले रिपब्लिकन पार्टीको संस्थापन पक्षसंग खुलेरै युद्धको घोषणा गरे ।
यसरी लामो समय सम्म ट्रंप र उनका एजेन्डाहरुमा खुलेर लागेका स्थिभ ब्याननले ट्रंपका परिवार माथि आक्रमण गरे पछि ट्रंप समेत गम्भीर आरोपहरुमा उत्रिएका हुन् । उनले अलाबामाको सिनेट निर्बाचनको हारलाइ स्टिभ ब्याननको टाउकोमा हाल्दै व्हाइट हाउसका महत्वपूर्ण सूचनाहरु प्रेसमा चुहाएको समेत आरोप लगाएका छन् । व्हाइट हाउसकी प्रेस सेक्रेटरी सारा हकबी स्याण्डर्सद्वारा प्रेसलाइ वितरण गरिएको विज्ञप्तिको पूर्ण अंश:
“ब्याननको म वा मेरो रास्ट्रपतिकाल संग कुनै सरोकार छैन । जब उनको जागिर गयो, उसको दिमाग पनि खुस्कियो । स्टिभ मैले रिपब्लिकन पार्टीबाट टिकेट पाइसके पछि मात्र मेरो कर्मचारीको रुपमा काम गर्न थालेका हुन् जतिबेला सम्म रिपब्लिकन पार्टीमा सबभन्दा बुद्धिमानहरु जम्मा हुने क्षेत्रमा १७ जना प्रतिष्पर्धीहरुलाई जितेर आइसकेको थिएँ ।
अहिले स्टिभ एक्लो भएका छन् र सिक्दै छन् कि जित्न गाह्रो कुरा हो जुन मैले सजिलो बनाएको थिएँ । हाम्रो बिजय संग स्टिभको अलिकति पनि लेनदेन थिएन जुन विजय बिर्सिएका यो देशका जनताहरुले गराएका थिए । तैपनि ३० बर्ष सम्म रिपब्लिकनको हातमा रहेको अलाबामाको सिनेट सिट गुमाउन उनको प्रमुख भूमिका थियो । स्टिभले मेरो समर्थकहरुको आधारको प्रतिनिधित्व गर्दैनन्, यसमा उनी छन् ।
स्टिभले मेडियासंग युद्धमा रहेको कुरा गर्छन, मेडियालाइ बिपक्षि पार्टी भन्छन अर्को तर्फ व्हाइट हाउसमा हुँदा आफुलाई महत्वपूर्ण देखाउन मेडियामा नभएका कुरा चुहाउँछन् । यस्तै कुरामा मात्र उनले राम्रो गर्छन । उनको मसंग कुनै पहुँच थिएन र मसंग उनको दुइजना मात्र कहिल्यै कुरा भएन तैपनि आधारहीन पुस्तक लेख्नेहरुमा आफ्नो शान देखाउन र उनीहरुलाई मुर्ख बनाउन आफु प्रभावशाली भएको नाटक गर्छन ।
हामी संग थुप्रै कांग्रेसका रिपब्लिकन सदस्यहरु छन् जो हाम्रो अमेरिकालाई फेरी महान बनाउँ भन्ने एजेन्डामा सहयोग गर्दैछन । म जस्तै उनीहरु पनि अमेरिकालाई माया गर्छन र हाम्रो देशको शासन हाम्रै हातमा ल्याउने र अमेरिका बनाउन लागिपरेका छन् न कि भत्काउन र बिगार्न । ”
यो संगै ट्रंपको दक्षिणपन्थीहरुसंगको साँठगांठ धरापमा परेको छ । दक्षिणपन्थी एजेन्डा र उनीहरुकै सहयोगमा रास्ट्रबादि र लोकप्रिय एजेन्डाबाट रास्ट्रपति बनेका ट्रंप मुलधारमा लोकप्रिय छैनन् । ब्यानन र ब्रेट्बार्ट जस्ता दक्षिणपन्थी एजेन्डाहरुमा साथ दिने संस्था र व्यक्तिहरुसंग सिधा वाक्युद्धमा उत्रेका ट्रंपको आगामी यात्रा कति कस्टकर हुने हो वा सुखद हुने हो भने हेर्न भने अरु केहि समय पर्खनु पर्ने छ ।