नेपाली समाज टेक्सासको पछिल्लो निर्णय बिबादमा

डालस, डिसेम्बर २६ ।
नेपाली समाज टेक्सासको यहि हप्ता निर्बाचन समाप्त भयो । नयाँ कार्यसमितिले केहि हप्ता भित्रै पदभार ग्रहण गर्दैछ । यसै बीच जाँदै गरेको कार्यसमितिले नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रलाइ पच्चीस हजार डलर अनुदान दिने निर्णय गरेको छ । यहि डिसेम्बर २३ शनिबार बसेको कार्यसमितिको बैठकले सर्बसम्मत रुपमा उक्त निर्णय गरेको थियो ।


कार्यसमितिले गरेको निर्णयको मसी सुक्न नपाउंदै सोहि बैठकमा उपस्थित र निर्णय पुस्तिकामा हस्ताक्षर समेत गरेका नेपाली समाज टेक्सासका नवनियुक्त अध्यक्ष तथा वर्तमान कार्यसमितिका सह-कोशाध्यक्ष सुमन थापाले असन्तुस्टी जनाएका छन् ।
“नयाँ कार्यसमिति चुनिए पछि ठुलो धनराशी हतार हतार दिने काम मलाई ठिक लागेन”, सुमन भन्छन । तपाईं आफै कार्यसमितिको बैठकमा हुनुहुन्थ्यो, त्यहाँ किन आफ्नो कुरा राख्नु भएन ? यो निर्णय त सर्बसम्मत भएको छ नि भन्ने प्रश्नमा उनले आफुलाई असजिलो अबस्थामा पारेर निर्णय गरिएको बताए । मन्दिरलाइ पैसा दिनेमा आफ्नो आपत्ति नभए पनि प्रक्रिया गलत भएको आफुलाई लागेको जनाएका छन् । पुरानो कार्यसमितिले सबै पैसा सिद्धाएर जाने परम्परा बस्नु राम्रो नभएको भन्दै उनले सोहि प्रवृतिको मात्र आफुले बिरोध गरेको उनले स्पस्ट पारेका छन् । “मन्दिर हाम्रै हो, यसलाई यो भन्दा पनि बढी पैसा उपलब्ध गराउन हामी कटिबद्ध छौं” उनले दोहोर्याए ।


यसबारेमा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेसंग सम्पर्क गर्दा कार्यसमितिमा आफै बसेर गरेको निर्णय बाहिर गएर बिरोध गर्नु उचित नभएको तर्क गरे । संस्थामा रहेको पैसा अहिलेको कार्यसमितिले संकलन गरेको र जायज एबम समुदायको हितको लागि उक्त रकम खर्च वा प्रयोग गर्न स्वतन्त्र भएको उल्लेख गर्दै पहिले पनि यस्तो भएको र अहिले गर्दा पनि अनुचित मान्नु सहि नभएको विचार अध्यक्ष लामिछानेले व्यक्त गरेका छन् ।


त्यस्तै मन्दिर निर्माण देखि डालसको नेपाली समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलेका समाजसेवी डाक्टर मुरली अधिकारी पनि लामिछानेको कुरामा सहमत देखिए । मन्दिर पनि नेपाली समाज टेक्सास कै एक अभिन्न अंग बनिसकेकोले प्रक्रियाका कुरामा अल्झिनु भन्दा ठिक भयो वा भएन त्यता तर्फ ध्यान दिनु पर्ने अधिकारीले स्पस्ट पारे । “यहि समाजमा उठेको पैसा यहि समाजको बृहत्तर हितको लागि स्थानान्तरण भएको छ” उनले आफ्नो विचार व्यक्त गरे ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907