नेपाली समाज टेक्सासको अध्यक्षमा सुमन थापा

टेक्सस ।
नेपाली समाज टेक्ससमा सुमन थापा अध्यक्षमा चुनिएका छन् । मतदान हुनु दुई दिन अघि अध्यक्षका प्रत्याशी कमल सापकोटासहीत उनका समुहबाट विभिन्न पदमा उम्मेद्वार भएकाहरुले उम्मेद्वारी फिर्ता लिएपछि थापा अध्यक्ष चुनिएका हुन् । यो सगैं शनिवार हुने भनिएको मतदान नहुने भएको छ । पुर्व प्रकाशित चुनावी कार्यतालिका अनुसार उम्मेद्वारी फिर्ता समय सकिएपछि विहिवार लिखित रुपमा  अध्यक्षका प्रत्याशी सापकोटासहीत उनको समुहवाट उम्मेद्वार भएकाहरुले निर्वाचन समिति समक्ष लिखित रुपमा उम्मेद्वारी फिर्ता लिएको पत्र पठाएका थिए ।
सापकोटा समुहले उम्मेद्वार नवन्ने भएपछि शुक्रवार निर्वाचन समितिले समाजका पुर्व अध्यक्ष, पुर्व पदाधिकारी, अगुवा तथा अन्य उम्मेद्वारहरुसग अन्तरक्रिया गर्दै मतदान विनानै समिति चयन गर्ने मध्यमार्गी बाटो खोजेको थियो । सामुहिक छलफल पछि केही पदमा पद संख्या भन्दा बढीको उम्मेद्वारी रहेकाले त्यसलाई पनि एकल उम्मेद्वारी कायम गरी चयन गरिएको थापा नेतृत्वको नया समितिमा महासचिव  बब (भक्त) भण्डारी चुनिएका छन् । सापकोटा समुहवाट महासचिव उम्मेद्वार बनेका कमल सत्यालले उम्मेद्वारी फिर्ता लिएका थिए ।
नया समितिको  सचिवमा परशुराम दाहाल, सहकोषाध्यक्षमा रवि रावल रहेका छन् भने  कार्यसमितिका सदस्यहरूमा नविन कोइराला, गोबिन्द ढकाल, राजीव राजभाट, नवराज नाथ, सबिन्द्र थापा र प्रयास बास्तोला रहेका छन् । समितिको सचिव भएका दाहालले भने सापकोटाको समुहवाट उम्मेद्वारी दिएका थिए । थापाको समुहवाट सचिवका उम्मेद्वार भएका विशान्त खड्काले उम्मेद्वारी फिर्ता लिएका थिए भने सापकोटा समुहवाट सहकोषाध्यक्षमा निरज तिम्सिना,कार्यसमिति सदस्यको उम्मेद्वार बनेका  केशबराज केसी, बिकास उप्रेती,  शरणकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिए ।
उपाध्यक्षमा निर्विरोध भएका दिवस थापाले पनि पदबाट राजिनामा दिएका छन् । सापकोटा समुहवाट उम्मेद्वार वनेका उनी उपाध्यक्षमा निर्विरोध भएका थिए । अव रिक्त बनेको उपाध्यक्षमा पछि मनोनित गरिनेछ ।
यसअघि नै  समितिको  कोषाध्यक्षमा अमृत शर्मा, महिला संयोजक र युवा तथा विद्यर्र्थी संयोजक पदमा क्रमशः आयशा ओझा र युवा तथा विध्यार्थी संयोजकमा बिमला श्रध्दा श्रेष्ठ निर्विरोध भैसकेका थिए ।
यसैविच, अध्यक्ष चुनिएका सुमन थापाले संस्थालाई सबैंको साथ सहयोग र सल्लाहमा अगाडि बढाउने बताए । उनले अव संस्थामा कुनै समुह नरहेको बताउदैं अग्रजहरुको सल्लाह र नया साथीहरुको सक्रियतामा संस्थालाई अघि बढाउने जनाए । उम्मेद्वारी घोषणा गर्ने समयमा गरेका प्रतिवद्धता अनुरुप निश्चित योजना बनाएर सबैलाई समेटेर काम अगाडि बढाइने जनाउदैं उनले आफ्नो समुहलाई विश्वास गर्ने सवैंप्रति धन्यवाद दिदैं संस्थालाई अझ वलियो बनाउने तर्फ मिलेर काम गर्ने बताए ।
श्रोत बिस्व न्युज

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907