नेपाली समाज टेक्सासको सार्बजनिक बहस बिबादमा: सुमन थापाले भाग नलिने

डालस, डिसेम्बर २१ । नेपाली समाज टेक्सासको आगामी शनिबार हुने निर्बाचनको पुर्बसंध्यामा आज साँझ अर्थात् बिहिबार डिसेम्बर २१ मा हुन लागेको सार्बजनिक बहस कार्यक्रममा भाग नलिने घोषणा गरेका छन् । आज फेसबुक मार्फत एक बिज्ञप्ति जारी गर्दै उनले उक्त कुरा जानकारी गराएका हुन् ।
बिज्ञप्तिमा उनले बहसका संयोजक बाल जोशीले प्रश्न आफ्नो बिपक्षि समुहलाई उपलब्ध गराएको सुनिएको भन्दै यस्तो अबस्थामा बहसमा भाग लिन नसक्ने जनाएका छन् । त्यस्तै उनले बिपक्षिहरुले प्रचारको क्रममा अपनाएको शैली र नेपाली समाज टेक्सासको कार्यसमितिमा रहेको फाइदा उठाउँदै बनेका सदस्यहरुको सूचना लिएर आफ्नो लागि भोट मागेकोमा आफुलाई दुख लागेको स्पस्ट पारेका छन् ।


यसबारेमा जानकारी लिन अध्यक्ष पदका अर्का प्रत्याशी कमल सापकोटालाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन भने निर्बाचन समितिका प्रमुख बैकुण्ठ बिक्रम थापालाई सम्पर्क गर्दा त्यस्तो गुनासो सुनिन आएको र त्यसबारेमा कदम चाली सकिएको जानकारी गराउनु भयो । नेपाली समाज टेक्सासको तर्फबाट सूचना लिएर मतदाताहरुलाई फोन गरेको बारेमा छानबिन गर्नुहुन्छ त भनी प्रश्न गर्दा त्यस्तो उजुरी औपचारिक रुपमा प्राप्त नभएको समेत बताउनु भएको छ ।

बहस कार्यक्रमका संयोजक बाल जोशीले भने आफ्नो प्रतिष्ठा माथी प्रश्न नगर्न आग्रह गर्दै आफ्ना कुनै चासोहरु भएमा बहसमा आएर व्यक्त गर्न र मतदाताले उहाँको कुरा सुन्न र जान्न पाउने अधिकारको सम्मान गर्न अनुरोध गरेका छन् |

सुमन थापा द्वारा जारी बिज्ञप्ति जस्ताको तस्तै:

डिसेम्बर २३ मा हुन गइरहेको नेपाली समाज टेक्ससको चुनावमा आफ्नो team को नेत्रित्यो सहित चुनावी मैदानमा होमिएको कुरा यहाँहरुलाई थाहा नै छ |

बिगत २ बर्षको कार्यकालमा कहिलै team work देखिएन | ब्यक्तिकत उपलव्धीलाई नेपाली समाजको प्रगती नमान्ने हो भने NST को प्रगती औंलामा गन्न सकिन्छ | team बिचमा Coordination र Communication को खाचो पर्ने कुरामा मलाई कुनै सङ्का छैन |
त्यसैले अब नयाँ उर्जशिल team को साथ चुनावी मैदानमा होमिदै गर्दा बिपक्ष मित्रहरुको चुनावी अभियान निकै दाँयानिय पाया | NST को कार्यसमितीमा भएको फाईदा लिदै NST Website बाट Data सँकलन् सम्म गरेर फोन सम्पर्क् गरिएको कुराले मलाई निकै अचम्बित् बनायो | मेरो परिवारकै केही सदस्यसम्म फोन आएको कुराले मलाई निकै दु:ख लाग्यो |
त्यस्तै आज हुने भनिएको Presidential Debate को कुरामा पनि निकै कुराहरु बजारमा निस्किदै छ | कसैलाई थाहा नपाई दोस लगाउनु मेरो मर्यदा र नैतिक्ता बाहिर पर्छ | तर यो आज हुने Presidential Debate मा आफु उपस्थित नहुने कुरा यहीबाट जानकारी गराउन चाहन्छु |

Suman Thapa
President Candidate
Nepalese Society of Texas

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907