नेपाली समाज टेक्सासका उम्मेदवारहरु बीच डिसेम्बर २१ बिहिबार सार्बजनिक बहस हुने

डालस, डिसेम्बर २० । नेपालीहरुका परदेशमा स्थापित स्थानीय संगठनहरुमा नेपाली समाज टेक्सास अत्यन्त सक्रिय संस्था हो । १९९८ मा स्थापना भए पछि यसले धेरै सिंढीहरु चढेको छ । डालसमा अहिले नेपालीहरुको उल्लेख्य संख्या छ । संगठनको उद्देस्य र दयारा पनि फराकिलो हुँदै गएको छ । संगसंगै यसमा रहेर समाजमा केहि गर्न चाहनेहरुको पनि संख्या बढ्दै छ ।
हरेक दुइ बर्षमा नयाँ कार्यसमिति आउंछ । २०१५ को अन्त्यतिर आएको कार्यसमिति अब बिदा हुँदैछ । त्यसको लागि २३ डिसेम्बरमा नयाँ कार्यसमितिको निर्बाचन घोषणा गरिएको छ । घोषणा संगै अध्यक्ष, महासचिव र सदस्यहरुको लागि निर्बाचन हुँदैछ । अध्यक्षमा निबर्तमान हुनै लागेको कार्यसमितिका उपाध्यक्ष कमल सापकोटा र सह-कोशाध्यक्ष सुमन थापा प्रत्याशी छन् भने महासचिवमा अहिलेका महासचिव कमल सत्याल र बब (भक्त) भण्डारीले प्रतिष्पर्धा गर्दैछन् ।
त्यस्तै उपाध्यक्षमा वर्तमान कार्यसमितिका कोषाध्यक्ष दिवश थापा उपाध्यक्षमा सर्बसम्मत निर्बाचित भैसकेका छन् । अमित शर्मा सह-कोषाध्यक्ष, युवा तथा बिद्यार्थी संयोजकमा बिमला श्रद्धा श्रेष्ठ र महिला संयोजकमा आइषा ओझा पनि निर्बाचित भैसकेका छन् ।
अध्यक्षहरु र महासचिव बीच सार्बजनिक बहस हुने
नेपाली समाज टेक्सासको आयोजनामा भोलि अर्थात् डिसेम्बर २१ बिहिबार अपरान्ह ५ बजेदेखि एक सार्बजनिक बहस हुने भएको छ । गैर आबासीय नेपाली संघ अमेरिकाका मिडिया संयोजक बाल जोशीले संचालन गर्ने उक्त बहसमा उम्मेदवारहरुले आफ्नो भावी योजना प्रस्तुत गर्नुका साथै सहभागीहरुले सिधै उनीहरुलाई प्रश्न समेत गर्न सक्नेछन । यसले पनि उम्मेदवारहरुको योग्यता, क्षमता र समाजमा उनीहरुले गरेको योगदान बारेमा थाहा पाउन र उनीहरुको बारेमा धारणा बनाउन मद्धत मिल्ने बिस्वास गरिएको छ ।


बहस र त्यसको औचित्य
नेपाली समाजमा हुने गरेका बहसले मतदातालाई कत्तिको असर वा प्रभावित गरेको छ भनेर भन्न सकिने अवस्था पक्कै छैन । कसैले पैसा तिरेर बनाइदिएका सदस्यहरुले आफ्नो प्यानलको बार छिचोलेर मतदान कतिले गर्छन त्यो पनि अस्पस्ट छ । ग्रुप र प्यानलमा विभाजित त्यस्ता उम्मेद्वारहरुले बिना योग्यता, क्षमता र अनुभव यस्ता पदहरुमा बाजी मार्ने गरेको उदाहरण हामी संग प्रसस्तै छन् ।
पक्कै पनि यो अवसर सचेत मतदाताहरुको लागि सुबर्ण अवसर हो । उनीहरुले आफुले भोट गर्न लागेका उम्मेदवारहरु कति पानीमा छन् भन्ने थाहा पाउने यो अत्यन्त सहि समय हो । उनीहरुलाई प्रश्न गरेर उनीहरुका आगामी दिनका योजनाहरु मतदाताहरुले जान्न सक्छन ।
तर नेपालीहरुका निर्बाचनहरुमा यो फर्मुला प्रयोग भएको पाइदैन । बनाइएका र पहिल्यै अन्य कुराबाट विभाजित मतदाताहरुले उम्मेदवारहरुको कुरा सुनेर मत बदल्ने सम्भावना निकै न्यून रहन्छ । स्वतन्त्र भन्दा गुटमा विभाजित नेपाली समाजमा यस्ता बहसहरूले खासै अर्थ नराखे पनि उम्मेदवारहरुका आफ्ना धारणाहरु आम मतदाता सामु प्रस्तुत गर्न भने यो अत्यन्त उपयुक्त माध्यम हो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907