गाजा क्षेत्रमा तनाव, इजरायली सेनाको गोली लागि एकको मृत्यु

गाजा सिटी, प्यालेष्टिनी प्रशासित क्षेत्र, २२ मङ्सिर  ः प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली लागि एक जनाको मृत्यु भए प्यालेस्टाइनले जनाएको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजा क्षेत्रको इजरायली सीमानामा भएको झडपमा ३० बर्षीय महम्मद अल मर्सीको मृत्यु भएको बताएको छ । घटनामा २०० जनाभन्दा बढी घाइते भएको आन्दोलनकारी समूहको दावी छ ।
इजरायली सेनाले सीमानामा प्रदर्शन गर्ने दुई व्यक्तिलाई गोली हानेको स्वीकार गरेको छ । सेनाले सिमानामा हिंसात्मक गतिविधिलाई उत्तेजित पार्ने उनीहरूलाई गोली लागेको बताएको छ । सेनाले गोली लागि मृत्यु नै भएको थियो वा घाइते मात्र भएको भन्नेबारे प्रष्ट पारेको छैन ।
विहीबार हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि ‘इन्तिफादा’ अर्थात् कडा आन्दोलन को घोषणा गर्नुभएको थियो । उहाँले आगामी दिन आम विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनका लागि उत्रिनुपर्ने अवस्थाको सिर्जना हुनेसमेत बताउनुभएको थियो ।

इजरायलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु भएको थियो ।

अमेरिकी राष्ट्रपतिको निर्णयप्रति बेलायत, फ्रान्स, साउदी अरब लगायतका अमेरिकाका पुराना मित्र शक्तिले विरोध गरेका छन् ।(रासस÷एएफ्पी)

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907