निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक भयोः फेम्बोसा

काठमाडौँ, २१ मंसिर ः दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)राष्ट्रको निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च (फेम्बोसा)ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक रुपमा अभिलेख कायम राख्न सफल भएको जनाएको छ ।

निर्वाचन आयोगमा आज साँझ भएको छलफल कार्यक्रममा फेम्बोसा राष्ट्रका निर्वाचन पर्यवेक्षकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गरेकामा आयोग पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभयो । नेपालको संविधान कार्यान्वयनका सन्दर्भमा भएको निर्वाचन ऐतिहासिक र प्रजातन्त्रिक तवरले सम्पन्न भएको जनाउँदै उहाँहरुले पर्यवेक्षणका क्रममा मतदाताले निर्वाचनलाई उत्सवका रुपमा लिएको पाएको बताउनुभयो ।

दलका प्रतिनिधिबीचको सौहार्दता र उत्कृष्ट तथा उच्च निर्वाचन व्यवस्थापनले निर्वाचनलाई ऐतिहासिक रुपमा सम्पन्न गर्न निकै ठूलो योगदान दिएको जनाउँदै अन्तर्राष्ट्रिय पर्यवेक्षकले मतदाता परिचयपत्र वितरण व्यवस्थित रुपमा भएकामा सराहना गर्नुभएको थियो । मतदाता शिक्षा प्रभावकारी भएकै कारण निर्धक्क र सहजताका साथ मतदान प्रक्रिया अघि बढेको तथा विनाहोहल्ला शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न भएको उहाँहरुको निष्कर्ष छ ।

फेम्बोसाका तर्फबाट निर्वाचनको पर्यवेक्षण गर्न अफगानिस्तानका अहमद मुर्ताज, बंगलादेशका महबुब रहिम, भुटानका दासो युगेन छेवाङ, भारतका अजय नायक र डा एसवाई कुरेसी, पाकिस्तानका मोहम्मद युसुफ खान, माल्दिभ्सका अहमेद सुलेमानलगायत आउनुभएको थियो । सो अवसरमा निर्वाचन आयुक्त डा इला शर्माले फेम्बोसाका तर्फबाट नेपालको निर्वाचनको पर्यवेक्षण भएकामा प्रशंसा व्यक्त गर्दै पर्यवेक्षकबाट प्राप्त सुझाव र अनुभवलाई आयोगले ग्रहण गर्ने बताउनुभयो । छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, आयुक्त नरेन्द्र दाहाल, ईश्वरी पौडेल र सुधीरकुमार शाह तथा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पनि सहभागी हुनुहुन्थ्यो ।(रासस)

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

३४ वटै मुद्धामा ट्रंप दोषी ठहर: सजाय जुलाई ११ मा तोकिने

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907