आफै जांच्नुस नेपाली समाजको नेतृत्व गर्न आफ्नो योग्यता पुग्छ कि पुग्दैन !!

डालसको नेपाली समाजमा फेरी चुनावको सिजन सुरु भए जस्तो छ। केहि दिन अघि मात्र डालसको एउटा स्थानीय अनलाइन पत्रिकाले ४ जना अध्यक्ष पदका इच्छुक व्यक्तिहरुको सुची सार्बजनिक गरे पछि मलाई पनि चुनाव लागेको महशुश भएको छ। करिव दुइ बर्ष अघि पनि यो भन्दा ठुलो गडगडाहट साथ चुनावी माहोल तातेको थियो। चुनाव आउन ३ हप्ता मात्र बाँकी रहंदा पनि त्यति जनचासो सार्बजनिक नभए पछि यो समाचारले केहि चर्चा र परिचर्चा सुरु गरिदिएको छ।
नेपाली समाज ठुलो भैसकेको छ। नेपाली समाजको आबस्यकता परिबर्तन भएको छ। स्थापनाका दिनहरुमा जस्तो दशैं तिहार मनाएर अब एनएसटी चल्न सक्दैन। नेपालबाट दुइ चार जना कलाकार ल्याएर कार्यक्रम गर्दैमा अब नेपाली समाज टेक्सास चल्न सक्दैन। यसको लागि यसले गतबर्ष देखि संचालन गरेका प्राय जसो कार्यक्रममा देखिएको अरुची हेर्ने हो भने अब नेपाली समाज टेक्सासले नयाँ तरिकाबाट सोंचेर पृथक ढंगका र समाज समेट्ने कार्यक्रम ल्याउनु पर्छ।
नेपाली समाजका वर्तमान पदाधिकारीहरुलाई सामुदायिक कार्यक्रमहरुमा मानिसहरुको अरुचीको कारण सोध्ने हो भने एउटै जवाफ हुन्छ,”नेपालीहरु चाहिंदा मात्र संस्था खोज्न आउंछन तर अन्य बेलामा आउंदैनन”। अरु माथि दोष थोपरेर उम्किने यो मानवीय स्वभाव हो। यसमा उहाँहरु पनि चोखो हुनुहुन्न।
बास्तवमा हेर्ने हो भने नेपाली समाज टेक्सासले काम प्रशस्त गरेको छ। थुप्रै मानबिय संकटहरुमा यसले सहयोग गरेको छ। नेपालमा बिद्यालय निर्माण गरेको छ। स्थानीय नेपालीहरुका दुर्घटनाहरुमा साथ् दिएको छ। यसको लागि नेपाली समाजका केहि पदाधिकारीहरु सम्मान गर्न लायक हुनुहुन्छ। उहाँहरुले समाजको लागि गरेको योगदान अतुलनिय छ। उहाँहरुले समाजलाई दिएको समय, उर्जा र पुंजी पक्कै पनि भोलिको सक्षम नेपाली समाज निर्माणमा सहयोगी हुने कुरामा कुनै दुबिधा छैन।
यति धेरै उर्जा, समय खर्चेर पनि, नेपाली समाज झन् झन् बढेर पनि समुदाय किन निस्क्रिय बन्दै छ भन्ने कुरा हामीले हेक्का राखेनौ भने हामी यात्रामा बरालिन सक्छौं। नेपाली समाज यतिबेला बरालिएको महसुश गरिंदै छ। समाज र समस्या बुझेर मात्र हुँदैन त्यसको लागि भरपर्दो नेतृत्व अहिलेको आबस्यकता हो। बिगतमा भएका राम्रा कामहरुको सम्मान, कमजोरीहरुको समिक्षा गर्दै नयाँ कार्यक्रम ल्याउन सक्ने उम्मेदवारहरुको छनोट अहिलेको नेपाली समाजको चुनौती हो।
मलाई लाग्छ, चुनाव नजिकिंदै गर्दा राम्रा मान्छेहरुको होइन हाम्रा मान्छेहरुको खोजी शुरु हुँदै होला। समाजका ठेक्का लिएका भनिएकाहरु आफ्नो बलबुतामा केहि गर्न सक्ने होइन आफुले अर्ह्याएको गर्ने गोठालाहरुको खोजी गर्दै होलान। नेपाल देखिको पार्टी राजनीतिको हवाला दिंदै नेपाली समाजको नेतृत्व त्यसैले गर्नु पर्ने दावी पेश गरिएला। शेरबहादुर देउबा र केपी ओलीको संदेश पनि तिनले सुनाउलान र भन्लान भोट त यसलाई पो हाल्नु पर्छ। पार्टीको कालो चस्मा लगायका ती भाव बिहिन यन्त्रहरु निर्बस्त्र राम्रोलाई होइन हाम्रोको प्रचारमा सडकमा देखिनेछन्। डालसका नेपालीहरुको यति बेलाको चुनौती भनेको नेपालका पार्टीहरुका भरियाहरूलाई ठेगान लगाउनु हो। समाज अघि बढ्न नदिने यिनै तत्व हुन्। कुनै पार्टीको छाता बोकेर आए भने लौरो लिएर यिनलाई लखेट्नु पर्छ।

Lekhnath Gautam

त्यसो भन्दैमा कुनै पार्टी प्रति आस्था हुनु हुन्न भन्ने अर्थ नलागोस। शैद्दान्तिक रुपमा जेमा आस्था भए पनि नेपाली समाज टेक्सासको नेतृत्व गर्न डालसको नेपाली समाज बुझेको हुनु पर्छ। यहाँका नेपालीहरुको समस्या बुझेको हुनु पर्छ। समस्याको समाधानको सुत्र थाहा भएको हुनु पर्छ। समय र पैसा मात्र होइन विचार, दृस्टीकोण र योजना हुनु पर्छ। खुद्रा काम गर्नको लागि डालसमा थुप्रै स्थानीय नेपाली संघ संस्थाहरु छन। नेपाली समाज टेक्सासले नेपालीहरुका नयाँ चुनौती र आबस्यक्ताहरु पहिचान गरेर कार्यक्रमहरु ल्याउनु पर्छ।
यतिबेला प्रस्तावित उम्मेदवारहरुले पनि एक पटक नेपाली समाजको आकार हेर्नुस । तिनीहरुको अहिलेको बास्तविक आबस्यकता हेर्नुस। नेपाली समाजमा अहिलेका ज्वलन्त समस्याहरु हेर्नुस। ती समस्याहरुको समाधानको सुत्र तयार पार्नुस र मैदानमा आउनुस। रहर लागेर मात्र यति ठुलो नेपाली समाजको नेतृत्व गर्न सकिन्न। कसैको उक्साहट वा कसैको भरिया बनेर होइन आफ्नै बुतामा नेपाली समाजलाई सहि नेतृत्व दिन सक्छु भन्ने आँट छ भने मात्र अगाडी आउनुस। आज सम्म नेपाली समाजले जे जस्ता काम गरेको छ त्यसको निरन्तरताको लागि होइन नयाँ बाटो निर्माण गरेर नेपाली समाजलाई डोर्याउने हिम्मत छ भने मात्र मैदानमा आउनुस।
नेपाली समाज यतिबेला एक किसिमले विभाजित छ। एनआरएनको निर्बाचनमा भएका गतिविधिहरुले डालसको नेपाली समाज थला परेको छ। त्यसलाई सक्रिय बनाउन, एकताबद्ध बनाउन सक्ने मानिस यतिबेला हामीलाई चाहिएको छ। यदि यसो गर्न सक्नुहुन्छ भने तपाईं जो कोहि पनि यसको नेत्रत्व लिन अगाडी आउन सक्नुहुन्छ। हामी बीच थुप्रै मानव साधन, श्रोत र शक्ति छ । एक्लै कुँदेर होइन, यो सबै शक्तिलाई एकीकृत गरेर दरिलो नेपाली समाज निर्माण गर्ने नेतृत्व अहिलेको आबस्यकता हो।
नेपाली समाज टेक्सास बिगत करिव २० बर्ष देखि सक्रिय रहे पनि संस्था बनिसकेको छैन। स्पस्ट भिजन र समाजलाई जोड्न नसकेको कारण यसको भुँडी मात्र बढेको छ, शरीर र टाउको सुकेको छ। अब सम्पूर्ण शरीर सन्तुलनमा ल्याउन सक्ने भिजन भएको नेत्रत्व आजको आबस्यकता हो। नेपाली समाजले जोडेका सम्पतिहरुको सहि सदुपयोग गर्दै नयाँ नयाँ परियोजना र कार्यक्रम मार्फत सबै नेपालीहरुलाई एकीकृत रुपमा छतको रुपमा काम गर्न सक्ने नेपाली समाज टेक्सास बनाउन सक्छु भन्ने हिम्मत, जोश, योजना र कार्यक्रम भएको मान्छे अहिलेको आबस्यकता हो। डालसमा बस्ने नेपालीहरुले अब पनि कसैको भरिया बन्ने, कसैको रहर पुरा गर्न वा कसैको आफ्नो मान्छे भनेर काखा र पाखा गर्यौं हाम्रो भबिस्य त्यति सुन्दर नहुन सक्छ। बेलैमा चेतना होस्।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907