राष्ट्रिय पुनर्जागरणको नयाँ युगको नेतृत्व काँग्रेसले गर्ने

काठमाडौँ, १३ कात्तिक  ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले मुलुक पुनःजागरणको नयाँ युगको चरणमा रहेको र यसको नेतृत्व गर्ने जनाएको छ ।

काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयको पुनःजागरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख छ ।

काँग्रेसले मुलुकमा लोकतान्त्रिक स्थायित्व र विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै लोकतन्त्रको संरक्षण, सामाजिक न्याय र आर्थिक समृद्धिका साथै एकीकृत सामाजिक सुरक्षा तथा सुशासन, संघीयताको कार्यान्वयनलगायत विषय समेटिएको घोषणापत्र तयार गरेको घोषणापत्र तयारी समितिका विज्ञ सदस्य डा जगदिशचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

विगत २५ वर्षमा काँग्रेसको नेतृत्वमा मुलुकमा भएका विकासका विवरणसहित उल्लेखित घोषणापत्रमा विद्यालय र कलेजको सहज पहुँच गाउँ गाउँसम्म पुगेको, कालोपत्र सडक विस्तार, उच्च शिक्षा लिने विद्यार्थीको संख्यामा वृद्धि, वाल मृत्युदर घटेको, विद्युत क्षमता बढेको, स्वास्थ्य चौकी र शौचालयको संख्यामा उल्लेख्य वृद्धि भएकोलगायत विषय प्रस्तुत गरिएको छ ।

अबको १० वर्षमा काँग्रेसले देखेको नेपाल भनी घोषणापत्रमा ‘काँग्रेसको विकास दृष्टि र लक्ष्य”सहित विभिन्न बुँदा प्रस्तुत गरेको छ । साथै, पार्टीले काठमाडौं–मधेस एक्सप्रेस–वे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्मका योजना अघि सारेको छ ।

त्यस्तै, नेकपा (एमाले) राष्ट्रिय एकताको बाधक र नेकपा (माओवादी केन्द्र) लाभ खोज्ने अवसरवादी पार्टी भनी घोषणापत्रमा उल्लेख छ । एमालेले मधेस आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै अशोभनीय टिप्पणी गरेको र माओवादी केन्द्रमा अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति देखिएको काँग्रेसकोे ठहर छ ।

कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको काँग्रेसको दाबी छ । एमाले र माओवादी केन्द्रको गठबन्धनले सत्ता नियन्त्रण गर्ने र साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको ठहर गर्दैै काँग्रेसले त्यस्तो प्रयास कुनै हालतमा स्वीकार्य नहुने दृढता जनाएको छ ।

मधेसकेन्द्रित दलहरु सम्वाद र सहकार्यमा आएको भन्दै स्वागत गरेको काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)सँग विश्वसनीय सहकार्य गर्ने उल्लेख गरेको छ ।

काँग्रेसले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने, प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा आश्रम बनाउने र आवास, भोजनदेखि सबै सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

समाज र राज्यलाई भ्रष्टाचारमुक्त बनाउन संकल्प गर्दै पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सतर्कता केन्द्रलाई प्रभावकारी बनाउने, भ्रष्टाचारमुक्त समाज बनाउन सामाजिक राजनीतिक अभियान चलाउने वाचा पनि गरेको छ । घोषणापत्रको विस्तृत विवरण मंगलबार विशेष कार्यक्रमसहित सार्वजनिक गर्ने पार्टी कार्यालयले जनाएको छ ।(रासस)

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907