नेपाल जर्नीको भब्य कार्यक्रम सम्पन्न: २७ हजार डलर भन्दा बढी संकलन

केशव रेग्मी प्लनो टेक्सास

अमेरिकाको टेक्सासमा स्थापना भएको नेपाल जर्नीले नेपालमा सार्वजनिक अपाग मैत्री पुस्तकालय निर्माण गर्ने उद्देश्यका साथ टेक्सासको डाल्यस अर्विग स्तिथ हिल्टन होटेलमा गत सेप्टेम्वर २३ गते शनिवारका दिन आर्थिक सकलन अभियानका साथ नौलो तरिका बाट दोस्रो बार्षिक “गाला डिनर सांझ ” सम्पन्न गरेको छ । कार्यक्रम बाट २७ हजार ४० डलर सकलन गर्न सफल भएको सस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अथिति अर्विंग मेयर रिक् स्तोफ्फेर र सस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले पानसमा दियो बालि नेपाल र अमेरिका को राष्ट्रीय गान बाट सुरु गरिएको थियो । स्थानिय अर्विग सिटीका मेयर रिक् स्तोप्फेर प्रमुख वक़्ताको रूपमा वोलाईएको कार्यक्रममा मेयरले नेपाल जर्नीले नेपालमा भुकम्प पछि गरेको कामहरुको प्रशंसा गर्दे हालै टेक्सासको हुष्टनमा आएको सामुद्रिक आधी वाट पिडीत लाई सस्थाले गरेको सहयोगको लागि हार्दिक धन्यवाद समेत दिनु भएको थियो ।

नेपाल जर्नीले अर्विंग केयेर मार्फत हुर्रिकन हार्वी लाइ १ हज़ार डलर आर्थिक सहयोग गरेको थियो । गाला डिनर साँझ कार्यक्रममा डा. डोनाल्ड सेवेल्ल अतिथि वक़्ता हुनुहुन्थ्यो भने नेपाली समाज टेक्सास का अध्यक्ष कृष्ण लामिछाने विशिष्ठ अथिति को रूपमा कार्यक्रममा सहभागि भई आफ्ना भनाई समेत राख्नु भएको थियो । डल्लास नेपालीबासी को अपार सहभागिता देखिएको यस कार्यक्रममा स्थानिय नेपाली कम्मुनिटी लिडरको भने सहभागिता कम देखिन्थ्यो । कार्यक्रममा बिदेसी पाहुनाहरू पनि निक्कै चहलपहल थियो ।साँज अरु नेपाली साँज भन्दा निकैं भिन्न थियो, कार्यक्रम भनिएको समयमा सुरु भै तोकिएकै समयमा समाप्त गरिएको थियो ।

यस गाला डिनर कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ! कार्यक्रममा नेपाली कलाकार तथा अमेरिकन मुलका कलाकारवाट समेत विविध प्रस्तुति प्रस्तुत गरिएको थियो। नेपाल जर्नी अमेरिकाको टेक्सासमा दर्ता भएको गैर नाफामुलक सस्था हो र यो सस्थाले नेपालमा करिव १ करोड़ ५० लाख जतिको लागतमा अपाग मैत्री सार्वजनिक पुस्तकालय वनाऊने सपना वोकेर गाला डिनरको आयोजना गरेको सस्था की अध्यक्ष मौसमी श्रेष्ठले बताउनु भयो, उहा भन्नु हुन्छ यो सकलित रकम पुस्तकालय बनाउन पर्याप्त नभयेपनि सस्थाले गरेको यस गाला डिनर वाट राम्रै रक़म सकलन भएको र काम गर्न हौसला मिलेको समेत वताईन । संस्थापक अध्यक्ष मौसमी श्रेष्ठ ले नेपालमा संस्थाले अहिले सम्म गरिएको कार्यक्रमहरू सहभागि हरू लाई जानकारी गराईएको थियो भने सस्था ले नेपाल मा निर्माण गरिने सार्वजनिक अपाग मैत्री पुस्तकालय योजना बारे मा पनि जानकारी गराईएको थियो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907