निक्की कार्कीमाथिको हिँसा , अमेरिकाको कानुन र नेपाली समाजको दायित्व

एक्सेस हलिवुड भिडियो सार्बजनिक भए पछि धेरैलाई लागेको थियो डोनाल्ड ट्रंपको रास्ट्रपति हुने यात्रा समाप्त भयो । त्यसमा उनले ठुलो मान्छे भए पछि महिलालाई जे गरे पनि छुट हुने अभिव्यक्ति दिएका थिए । अमेरिका जस्तो रास्ट्रको रास्ट्रपति हुन न्युनतम नैतिक धरातल हुनुपर्छ भन्ने धेरैको सोंचाई भए पनि अमेरिकाका मतदाताले उक्त कुरा सजिलै पचाइदिए । उनले उक्त भिडियोमा जे भनेका थिए, त्यस्तै कर्तुत आफूमाथि पनि गरेको भनेर दर्जनौं महिलाहरु बाहिर आए । तर उनीहरुले न्याय पाएनन । बरु उल्टो ट्रंपले उनीहरुलाई नै धम्काए । रास्ट्रपति पनि बने ।
यतिबेला अमेरिकाको नेपाली समाजमा गायिका निक्की कार्कीको अभिव्यक्तिले तरंग उत्पन्न गरेको छ । अमेरिकाकै क्यालिफोर्निया निबासी निक्किले फेसबुक लाइभ मार्फत आफु माथि भएको यौन दुर्ब्यबहार सार्बजनिक गरेकी छिन । करिब १८ मिनेट लामो उक्त भिडियोमा उनले आफु नर्थ क्यारोलिनाको एक कार्यक्रममा जाँदा उक्त कार्यक्रमका आयोजक मध्यका एक जना सुशील नेपालबाट हिंसा को शिकार भएको जिकिर गरेकी छन् । पीडक भनिएको व्यक्तिको भनाइ के छ भन्ने थाहा नभए पनि एक महिलाले आफु माथिको हर्कत पक्कै बढाईचढाइ भनेको होला भनेर भन्न सकिन्न । यो सतप्रतिसत सहि हो ।
भिडियोको अन्त्यमा संस्थाहरु प्रति उनले दुखेसो पोखेकी छिन । संस्थाहरुले यस्ता प्रवृतिका मानिसहरुलाई सजाय दिने प्राबधान विधानमा राख्नु पर्छ उनको भनाइ छ । संस्थाबाट निकाल्ने बाहेक अन्य कारबाही संस्थाले होइन सम्बन्धित देशको कानुनले गर्छ । उनले पुलिस बोलाएको र स्थानीय नागरिक अदालतमा मुद्धा दायर गर्न भनेको कुरा उल्लेख गरेकी छिन । यसले कानुनी जटिलता स्पस्ट गरेको छ । पीडकले होइन पिडितले मुद्धा लड्नु पर्ने यो बिडम्बना अमेरिकामा पनि छ । यस्तै कारणले गर्दा पिडितहरु बाहिर निस्किन असजिलो छ । सम्पूर्ण जोखिम मोलेर बाहिर निस्किने पिडितहरु सरकारबाट सहयोग नपाउंदा झन् मर्कामा पर्छन ।

तपाईंहरुलाई याद हुनु पर्छ केहि दिन अघि मात्र अमेरिकाकै टेक्सास निबासी एक जना बिद्यार्थीले सिधा कुरा संग कुरा गर्दै आफु एकजना अमेरिकन नागरिकबाट पिडित भएको भनेर रुँदै अन्तरबार्ता दिएकी थिइन। उनले सो अन्तरबार्तामा आफुले धेरै पटक प्रहरीलाइ खबर गरेको तर त्यसले तात्विक अन्तर नपरेको बरु उक्त व्यक्तिको हिंसा झन् बढेको भन्दै नेपाली समुदाय संग अन्तिम अबस्थामा सहयोगको लागि अपिल गरेकी थिइन। कानुनको सहारा मिलेको भए वा कानुनबाट पार लाग्न सक्ने उनलाई लागेको भए पक्कै पनि यसरी गुहार माग्नु पर्ने अवस्था आउने थिएन। तर हाम्रै अघि त्यो उदाहरण छर्लंग छ । समाजले गर्ने सहयोग भनेको सहानुभूति हो, पुनर्स्थापनामा सहयोग गर्नु हो।समाजले पीडकलाई कारबारही गर्ने अख्तियार प्राप्त गरेको हुँदैन। निक्कीको केसमा पनि समाजले गर्ने भनेको उक्त व्यक्तिलाई बहिस्कार गर्नु वा सामाजिक संस्थाहरुमा अयोग्य ठहराउनु मात्र हुन्छ।

अमेरिकामा नेपालीहरुका धेरै संघ संस्थाहरु छन्। तिनीहरुले बेलाबेलामा बिभिन्न खाले सांस्कृतिक कार्यक्रम आयोजना गर्छन। हामीले पनि टेक्सासमा कार्यक्रम आयोजना गरेका छौं। मैले भन्नु पर्छ आयोजक मध्येका “केहि” मा महिला कलाकारहरुलाई हेर्ने दृस्टीकोण स्पस्ट हुँदैन। उनीहरु ठान्छन सबै कलाकार नैतिक रुपमा कम्प्रोमाइज्ड हुन्छन। उनीहरुको बाध्यता र परिस्थितिको कारण त्यसलाई उपयोग गर्ने कुत्सित मनसाय उनीहरु राख्छन । समाजका कतिपय कथित पैसावालाहरु समेत यस्तोमा “मौकामा चौका” हान्ने दाउमा हुन्छन। कतिपय “पैसाको लागी जे पनि गर्ने” कलाकारहरुको कारण पनि यस्तो “कुत्सित मनसाय” भएका व्यक्तिहरुले फाइदा उठाउन खोज्छन। यसमा कलाकारहरुको रबैया पनि कमजोरीको रुपमा रहेको देखिन्छ। निक्कीको केसमा पनि उक्त व्यक्तिको “पहिलो अग्रसरता” मा “सहि प्रतिक्रिया” हुन नसक्दा अरु कर्तुतहरु गर्न उसलाई सहज भएको देखिन्छ। यसको अर्थ निक्की गलत छन् र त्यो व्यक्ति सहि छ भन्ने होइन। “खराब नियत”को “टुसो”लाइ समयमै निमोठ्न जरुरी हुन्छ। झ्याँगिए पछि त्यसलाई नस्ट गर्न अत्यन्त गाह्रो हुन्छ। उबर आएको हो भन्नु भन्ने बेलामै “गन्ध” थाहा पाएकी निक्किले “सहि र सिधा” प्रतिक्रिया जनाउन सकेको भए त्यो व्यक्ति त्यसपछि अघि बढ्ने दुस्साहस गर्ने नै थिएन। फेरी पनि यसको अर्थ त्यो मानिस ठिक थियो भन्ने पक्कै होइन।


निक्किले आफु जस्तो कलाकारको हालत यस्तो छ भने अरुको हालत कस्तो होला भनेर चिन्ता व्यक्त गरेकी छिन। उनले आफु पिडित भएर पनि अरुलाई त्यस्तो नहोस भनेर बाहिर आउने हिम्मत गरेकी छन्। यसको हामीले प्रशंशा गर्नु पर्छ। यसले आयोजकहरुलाई केहि सचेत हुने मौका समेत प्रदान गरेको छ भने “कुत्सित मनसाय” भएकाहरुलाई पनि “ब्ल्यांक चेक” नपाइने र बेइज्जतको भारी बोक्नु पर्ने डर पैदा हुन्छ। उनको यो कदमले समाजलाई राम्रै गर्नेछ। तर उनी र उनी जस्ता पिडितहरुको कानुनी यात्रा र त्यसबाट न्याय पाउने कुरा धेरै जटिल प्रक्रिया छ। अहिले अमेरिकाको रास्ट्रपति कै बिरुद्धमा त्यस्ता केस मुल्तबीमा रहेको र उनीहरु समेत धम्कीको शिकार भएको उदाहरण हाम्रो सामु ताजै छ। केस तातो हुँदा सबै सचेत हुने तर बिस्तारै समाजले समेत त्यसलाई बिर्सिने हुनाले पिडित एक्लो हुने अवस्था समेत सिर्जना हुन सक्छ। त्यसबाट उनीहरु जिन्दगीभर पिडित हुनु पर्छ। त्यसकारण हरेक कलाकारले यस्तो कुरामा अत्यन्त सचेत हुन जरुरी छ। निक्किको केसमा समाजले उक्त व्यक्तिलाई बहिस्कार गर्दै त्यस्तालाई समाजमा स्थान छैन भन्ने संदेश दिन भने भुल्नु हुँदैन।
(यो केसमा पीडक भनिएको व्यक्ति संग सम्पर्क हुन नसकेकोले निक्कीकै भनाइलाई आधार मानेर तयार गरिएको विचार हो, यदि पीडक भनिएका व्यक्तिको अर्को कुनै भनाइ भएमा र प्राप्त भएमा पक्कै अर्को पटक प्रस्तुत गरिनेछ । सय जना अपराधी छुटुन तर एकजना निर्दोष सजायको भागी नहोस भन्ने कानुनको सिद्धान्त हुन्छ । यसमा पनि पीडक भनिएका व्यक्तिको पनि स्पस्टिकरणको अधिकार सुरक्षित रहेको र उपलब्ध भए प्रस्तुत गरिने जानकारी गराउन चाहन्छु-  लेखनाथ गौतम )

 

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907