संघ र प्रदेशको निर्वाचन तोकिएकै मितिमा–मन्त्री कार्की

इटहरी, ६ असोज (रासस) ः अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई समृद्ध बनाउन र संविधानको सफल कार्यान्वयन गर्दै अघि बढ्नका लागि सरकारले चाँडै र तोकिएकै समयमा प्रदेश र संघको समेत निर्वाचन सम्पन्न गराउने बताउनुभएको छ ।

जिल्लाको महेन्द्रनगरस्थित चक्रघट्टीमा नेपाली काँग्रेसले आज आयोजना गरेको दशैको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र संघको निर्वाचनलाई पनि जिम्मेवारपूर्वक सम्पादन गर्न सरकारले कुनै कसर बाँकी नराख्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री कार्कीले मुलुक समृद्ध नभएसम्म संविधान सफल नहुने र जनताको संघर्षपछि प्राप्त उपलब्धिले संस्थागतरुपमा सफलता समेत नपाउने भएकाले ती सवै उपलब्धिको रक्षाका लागि पनि सबै प्रजातन्त्रमा विश्वास गर्ने शक्तिबीच सहकार्य र एकता हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

सुनसरीका धार्मिक तीर्थस्थल भएको रामधुनी तथा विष्णुपादुकामा टेलिकम टावर बनाउने कार्यमा राज्यले विशेष पहल गर्ने रामधुनी मन्दिरदेखि चक्रघट्टिसम्मको सात किलोमिटर सडक कालोपत्रे गरिने तथा सप्तकोशी बहुमुखी कलेजको शैक्षिक उन्नयनका लागि आवश्यक पर्ने आर्थिक सहयोग उपलब्ध गराउने विषयमा सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907