नेपाल जर्नीको गाला डिनरको तयारी पुरा: सहयोगको लागी अपिल

डालस, सेप्टेम्बर १३। २०१५ मा अमेरिकामा स्थापित भएर छोटो समयमै उल्लेख्य काम गर्न सफल नेपाल जर्नीले यहि सेप्टेम्बर २३ शनिबारका दिन दोश्रो फण्ड रेजिंग दिनर कार्यक्रम गर्ने भएको छ। अर्भिंगस्थित हिल्टन होटेलमा सम्पन्न हुने उक्त डिनर साँझ ५ देखि राती दुइ बजेसम्म बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु सामबेश छन्। संस्थाका उपाध्यक्ष बद्री श्रेष्ठका अनुसार त्यसको लागि आबस्यक सम्पूर्ण तयारी पुरा भैसकेको छ।
नेपाल जर्नीले गत बर्ष पनि फण्ड रेजिंग डिनर सम्पन्न गरेको थियो। उक्त रकम हेटौडामा एक सुबिधासम्पन्न पुस्तकालय निर्मण गर्ने काममा सदुपयोग गरिएको थियो र उक्त लाइब्रेरी अहिले निर्माण भै हस्तान्तरणको चरणमा छ। करिब ५० लाख लागतमा निर्मित उक्त पुस्तकालय विदेशमा स्थापित नेपाली गैर सरकारी संस्थाको पहलमा निर्मित नेपालकै पहिलो सुबिधासम्पन्न पुस्तकालय हो। त्यस बाहेक नेपाल जर्नीले टुहुरा बालबालिकाहरुको लागि, घर छोड्न बाध्य महिलाहरुको उद्धारमा समर्पित संस्थाहरुको लागि, भैपरी आउने दैविप्रकोप र शुद्ध पानी अभियानको लागी पनि सहयोग गर्ने गरेको छ। यो अमेरिका, नेपाल, अस्ट्रेलिया लगायतका देशहरुमा समेत स्थापना भैसकेको छ।

सेप्टेम्बर २३ हुन लागेको यो फण्ड रेजिंग गाला डिनर फेरी अर्को लाइब्रेरी परियोजनाको लागी लक्षित छ। संकलित नेपाल जर्नीको कोषमा जम्मा हुने र त्यसबाट अत्याबस्यक र नेपाल जर्नीले लाभपूर्ण र आबस्यक ठानेका परियोजनाहरुमा खर्च गर्ने छ। अहिलेको कार्यक्रममा संगलन भएको रकम पनि सिधै नेपाल जर्नीको खातामा जम्मा गरिने र त्यसबाट पुस्तकालय लगायत अन्य कामहरुमा खर्च गरिने संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले जनाउनु भएको छ। “उज्यालोको लागी साझेदारी” भन्ने नाराका साथ सम्पन्न हुन लागेको यो डिनर कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्भिंग सिटीका मेयर रिक स्टपर आउंदै हुनुहुन्छ ।
डालसका बिभिन्न स्थानीय संघ संस्थाहरुको समेत सहयोगमा हुन लागेको यो गाला डिनर कार्यक्रममा डिजे सहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिनेछ। डिजे सुसान्त, बेली नाच र ट्याप नाच लगायत अन्य सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ। प्रमुख अतिथि र अन्य शुभचिन्तकहरुको मन्तब्यको साथै केहि गर्ने योजना भएका तर आर्थिक अभाव रहेका समुदायका कोहि व्यक्तिहरु भएमा उनीहरुलाई सहयोग गर्ने बाताबरण निर्माण गर्न चित्त बुझेमा लगानी गर्न सक्ने व्यक्तिहरुको समेत उपस्थिति समेत रहनेछ। सहयोग स्वरुप $१०० मुल्यको टिकेट रहेको यो डिनरमा उपस्थित भएर शिक्षाको उज्यालोबाट बन्चित नेपाली बालबालिकाहरुलाई सहयोग गर्ने नेपाल जर्नीको सहयात्री बन्नु हुन सबैमा नेपाल जर्नीले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907