एनआरएन अमेरिकाको चुनाव सकियो, नतिजा भोली आउनु पर्ने मतदाताहरुको भनाइ
सेप्टेम्बर ७, अमेरिका।एनआरएन को चुनाव सकिएको छ। चुनावमा ६४% मत खसेको छ। १४५२० जना सदस्य मध्ये ९२८२ मात्र मत खसेको छ।यसको मुख्य कारण काम गर्नु पर्ने दिनहरुमा चुनाव गरिनु, समयमा इमेल प्राप्त नहुनु र मतदाताहरुमा चुनाव प्रति चासो नहुनु हो। चुनाव सकिए संगै नेपाली समाजमा देखिएको एक किसिमको सकस समाप्त भएको छ। निर्बाचन कमिटीले आउँदो शनिबार मिटिंग राखेको छ। भोलि सम्म सम्पूर्ण नतिजा आइसके पनि शनिबार मिटिंग राखेको अबस्थामा शनिबार नै सबै नतिजा घोषणा हुनेछ भन्ने धेरैको अनुमान छ।
हामी अमेरिकामा बस्छौं। निर्बाचन पनि यहीं भएको छ। अमेरिकाका सबै निर्बाचनहरुमा मत खसेको एकदुई घण्टामा मतदाताहरुलाई नतिजा थाहा भैसक्छ। एनआरएनको निर्बाचनमा पनि कम्प्युटर पद्दतिमा निर्बाचन भएकोले नतिजा निर्बाचन समितिमा आइसकेको छ। त्यसलाई ३ दिनसम्म लुकाएर राख्न पक्कै गार्हो मात्र होइन जायज कुरा पनि होइन। भोलि देखि बिभिन्न श्रोत र सुराकीको नाममा नतिजाको अनुमान गर्दै सामाजिक संजालमा ठुल्ठुलो स्वरमा हल्ला गरिनेछ। यस्तोमा खुरुक्क भोलि नतिजा सुनाउनु निर्बाचन समितिको कर्तब्य हुनजान्छ। यो र त्यो नाममा नेपाली समुदायमा अफबाह फैलिने अवसर प्रदान गर्नु हुन्न। आम मतदाताहरुको यहि माग र सोंचाई छ।
निर्बाचन सकिए पनि यस क्रममा उठेका प्रश्नहरु भने सिद्दिएका छैनन्। खास गरी निर्बाचनको क्रममा खेलिएका खेलहरु बारे सम्बन्धित व्यक्तिहरुले उत्तर दिइरहनु पर्नेछ।