मतदाताले जाली प्रवृति बिरुद्ध उभिनु पर्छ : भुवन आचार्य उम्मेदवार एनआरएन अमेरिका उपाध्यक्ष

चुनाव अचम्मको खेल हो । यसको बक्ररेखा सोझो हुने कुरै भएन । यो बाङ्गो टिङ्गो हुन्छ । यो हरपल परिवर्तन हुन्छ । बिहानको समीकरण साँझ भत्किन सक्छ । बेलुका सुत्दा बनेको सहमति बिहान नउठ्दै भंग भैसकेको हुन्छ । एनआरएन अमेरिकाको चुनावमा अहिले देखिएका दृश्य र परिदृश्यहरुको छिटो छिटो परिबर्तन यहि खेलको कारण हो । सतहमा धेरै नदेखिने यी खेलहरु भित्र भित्र घनिभूत रुपमा भैरहेका छन् । आज मात्र होइन, यी खेलहरु हिजो पनि खेलिन्थे र भोलि पनि खेलिनेछन । यो खेलमा नियम केहि छैन । यसमा खेल स्वार्थको हो । आफ्नो दुनो सोझ्याउन हरेक हत्कण्डा प्रयोग गरिन्छ । एनआरएन भित्र समाजसेवाको खोल भिरेर राजनीति गर्न चाहनेहरुको बाहुल्यता रहे सम्म संधै यस्तै हो ।

गौरी जोशी चुनावमा उठ्न मिल्छ वा मिल्दैन भन्ने कुरा पनि यहि भित्रि खेलको परिणाम हो । निर्बाचन समितिलाई “बलिको बोको” बनाउन खोजिए पनि यसको लहरो आइसीसी सम्म पुगेको छ । शेष घले, कुमार पन्त र भवन भट्ट सम्म यसको असर छ । एनआरएन अमेरिकाको सदस्यहरुको संख्या र यहाँ बाट अक्टोबरमा काठमाडौँमा जाने डेलिगेटको आकारले अमेरिकाको निर्बाचनलाई यति तरंगित र प्रभावित गरेको हो । सयौंको संख्यामा जाने अमेरिकाका डेलिगेटको पकड कसको पक्षमा हुन्छ भन्ने भित्रि आसय अनुसार आइसीसीबाट नै खेलिएको यो खेल हो । अमेरिकाका उम्मेदवारहरुमा देखिएको अस्थिरता, पक्ष परिबर्तन, खिचातानी यसकै परिणाम हो । यिनै खेलहरु र यसमा देखिएका परिदृश्यहरुका कारण संस्थालाई बचाउन शेष घलेले आफ्नी श्रीमतीलाइ अघि सारेका छन् । यसको असर अब अमेरिकामा पर्छ । अब अमेरिकामा अहिलेसम्म खेलिएक खेलहरु र खेलाडीहरुको समीकरण समेत परिबर्तन हुनेछ ।

एनसिसि अमेरिकाको निर्बाचन आउँदो मंगलबार र बुधबार हुँदैछ । यसमा ४ जना अध्यक्षका प्रत्याशीहरु छन् । उनीहरु बीच पनि ध्रुविकरणको प्रयास जारी छ । गौरी जोशी र केशव पौडेलको कथित “गोप्य सम्झौता” पछि र जोशीले निशर्त पौडेललाइ समर्थन गर्ने भनिए पछि पौडेलको पल्ला भारी देखिएको थियो । “बलेको आगो” ताप्ने नेपाली भनौ वा मानवीय स्वभावको कारण कतिपय पिपलपातेहरु “जता मल्खु उतै ढल्कु” झैँ गर्न थालेको वर्तमान अबस्थामा दरिलो चुनौती निर्माण गर्ने काम तिब्र गतिमा हुदैछ । रबिना थापाको नेतृत्वमा गौरी जोशीको टीममा समाबिस्ट अधिकांश उम्मेदवारहरु समेटिन पुगेका छन् । न्यु योर्क, टेक्सास देखि क्यालिफोर्निया सम्म नयाँ, शशक्त र प्रभावकारी टीम निर्माण अन्तिम चरणमा छ । सकेसम्म केशब पौडेल बाहेक सबैलाई समेट्ने कसरत हुँदैछ । आफ्नै स्टेटमा २/४ भोट ल्याउन हम्मे पर्नेहरुलाई टीममा ल्याउन  धेरै उर्जा खर्च नगरी “केहि भएका” र “केहि दिन सक्ने” व्यक्तिलाई टीममा ल्याउने प्रयास जारी छ । अन्तिम नामावली आजै वा भोलि आउँछ । त्यसले केशव पौडेलको जग पक्कै हल्लाउनेछ ।

धेरैलाई थाहा नहुन सक्छ, गौरी जोशीले एनआरएन अमेरिका माथि किन मुद्धा हाले र फिर्ता गरे भन्ने कुरा । एनआरएन अमेरिकामा रहेको सिन्डिकेट र आइसीसी सम्म सिन्डिकेट स्थापना गर्ने कुत्सित मनसाय बिरुद्ध एनआरएनका शुभचिन्तकहरुको व्यापक दवाब थेग्न नसकी जोशी अदालत गएका हुन् । उनको बिगत हेर्दा त्यो हदसम्मको आँट गर्ने हिम्मत जोशीमा थिएन । तर समस्या ज्युँको त्यूँ रहँदै र आफ्ना अत्यन्त नजिकका मान्छेहरुको जानकारी बिना फिर्ता गर्नुमा आन्तरिक कारण अर्कै छ ।  उनी अन्य कानुनी उल्झनमा पर्न सक्ने र पारिन सक्ने धम्कीका कारण मुद्धा फिर्ता गर्न बाध्य भएका हुन् ।  आगामी निर्बाचनमा पनि यदि उनले केशव पौडेलको पक्षमा भोट हाल्ने र भोट माग्ने काम गरे भने उनले फेरी अर्को कानुनी अबरोधको सामना गर्नु पर्ने छ । उनको पकडमा रहेका भनिएका मतहरुलाइ उनले केशव पौडेलको पक्षमा दुरुपयोग गरे भने उनले ठुलै झमेला व्यहोर्नु पर्ने कुरा उनलाई पनि थाहा हुनु पर्छ ।

जे होस्, चुनाव हुँदैछ । तर यो चुनाव धेरै चुनावहरु मध्येको अर्को एउटा चुनाव मात्र हो भन्ने भुल गर्न हुन्न । अहिलेको चुनावमा समाजका त्यस्ता पात्रहरुलाइ साइड लगाउनु पर्छ । हाम्रो भोट फेरी उनै प्रवृति र पात्रको पुनरावृति गर्न प्रयोग नहोस भन्ने तर्फ हामी सचेत हुनु पर्छ । एक व्यक्तिको हार वा जित महत्वपूर्ण नहुन सक्छ तर प्रवृतिको जित वा हारले इतिहास बन्छ । त्यसले संस्था र समाजको भबिस्य निर्धारण गर्छ । एनआरएन अमेरिकाका १५ हजार मतदाताहरु मध्य धेरैजसो पक्कै आफ्नो भोटको त्यो महत्व बुझेका छन् । कसैले भनेकै भरमा आफ्नो अमुल्य मत त्यस्ता प्रवृतिका व्यक्तिहरुलाई दिनेछैनन र अन्त्यमा असल प्रवृतिका उम्मेद्वारहरुको विजय हुनेछ ।  हेरौं एनआरएन अमेरिकाका सचेत मतदाता गम्भीर र दुरगामी असर गर्ने यो इतिहास र भबिस्य निर्माणको अग्निपरिक्षामा पास हुन्छन वा फेल । एक सच्चा नेपाली, नेपाल र नेपाली समुदायको भलो चाहने, एनआरएन अमेरिकाको शुभचिन्तकको रुपमा मेरो चासो र अपेक्षा त्यहि नै हो । आगे जनताको फैसला शिरोपर ।

( एनआरएन अमेरिकाका आगामी कार्यकाल २०१७/१९ का लागि उपाध्यक्ष पदका उम्मेदवार भुवन आचार्य संग युएसएंड नेपाल डट कमका लागि लेखनाथ गौतमले गर्नु भएको बिशेष कुराकानीमा आधारित)

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907