एनआरएन अमेरिकाको निर्बाचन: भोटर सप्रेसन गर्ने रणनीति अनुसार मिति घोषणा

अमेरिका, अगस्त ३१। अन्तत लामो समयको अन्योलता पछि एनआरएन अमेरिकाको चुनाव हुने भएको छ। अगस्त ३० बुधबार निर्बाचन समितिले जारी गरेको सूचना अनुसार आउँदो सेप्टेम्बर ५ मंगलबार र ६  बुधबार सम्पन्न गरिने भएको छ। केहि समय अघि अदालतमा परेको मुद्धा र आइसीसीको चिट्ठी पछि अगस्त ११ र १२ मा गर्ने भनिएको निर्बाचन स्थगित गरिएको थियो।
अघिल्लो पटक निर्बाचन हुँदा सप्ताहन्त सहित ५ दिनको समय दिइएको थियो। अनलाइन भोटिंगमा धेरै मतदाता अभ्यस्त नभएको अबस्थामा उनीहरुलाई बढी समय आबस्यक हुन्छ। सायद त्यहि भएर होला, अघिल्लो पटक त्यस्तो व्यवस्था गरिएको थियो। तर अहिले निर्बाचन ५ बाट घटाएर २ दिन र त्यो पनि काममा जाने दिन मंगलबार र बुधबार गर्ने सूचना जारी गरिएको छ। झट्ट हेर्दा निर्बाचन घोषणा गरिएको र निर्बाचन हुने भयो भनेर ठिकै मान्नु पर्ने भए पनि यसको तालिका प्रकाशन अस्वाभाविक र असान्दर्भिक छ।
अमेरिकामा अधिकांश व्यक्तिहरु सप्ताहन्तमा बिदा लिन चाहन्छन। सरकारी कार्यालय, स्कुल सबै ती दुइ दिन बन्द हुने भएकोले यो परिवारको लागि छुट्टाइएको समय हो। तर अन्य दिनहरुमा काममा जानु पर्ने हुन्छ। अमेरिकामा हुने निर्बाचनहरु प्राय दिन पहिल्यै निश्चित भैसकेको हुनाले बार कुन पर्छ भन्ने खासै खयाल हुँदैन। तर एनआरएन अमेरिकाको निर्बाचन आफु खुसी तोक्न सकिने भएकोले सकेसम्म बढी भन्दा बढीले भोट हाल्ने अवस्था सिर्जना गर्न बिदाका दिनहरुमा निर्बाचनको दिन तोकिन्छ भन्ने सामान्य मान्यता हो। तर कसको प्रभावमा परेर हो निर्बाचन समितिले अधिकांश मतदाताहरु काममा जाने दिनमा चुनाव तोकेको छ। यो निर्बाचन समितिको अधिकार क्षेत्र भित्रको कुरा भए पनि यो सरासर अख्तियारको दुरुपयोग हो।
अमेरिकामा प्रजातन्त्रको धेरै कुरा गरिन्छ। दोश्रो बिस्वयुद्ध र त्यसपछि शुरु भएको शीतयुद्धमा अमेरिकाले प्रजातन्त्र निर्यात गर्ने र रुसले कम्युनिस्ट निर्यात गर्ने गर्थे। १९९१ मा सोभियत युनियनको पतन पछि अमेरिका मात्र शक्तिमान रास्ट्रको रुपमा रह्यो। हरेक देशमा हुने आन्दोलन र क्रान्तिहरुमा अमेरिकाले प्रत्यक्ष सहयोग र हस्तक्षेत गर्न स्वतन्त्र भयो। संयुक्त राष्ट्रसंघले आफ्नो स्थापित मान्यता भन्दा ठुला र शक्ति राष्ट्रहरुको चासो सम्बोधन गर्ने काम गर्यो। संसारका धेरै देशहरु यसबीच अस्थिर, धरासायी र नेत्रित्वबिहीन बने। प्रजातन्त्रको निर्यात गर्दै गर्दा अमेरिकामा चाहिं कस्तो प्रजातन्त्र छ, कसैले औंला ठडाउने आँट गर्न सकेन।

 

 

अमेरिकामा अधिकांश जनता राजनीति गर्दैनन्। त्यसको कारण उनीहरु राजनीति प्रति ढुक्क भएर होइन, दिक्क भएर नै हो। मुस्किलले ४०/५०% मत यहाँ खस्ने गर्छ निर्बाचनहरुमा। स्थानीय निर्बाचनमा खस्ने मत त अझै कम छ। मानिसहरु कामको बोझ र राजनीतिमा बितृष्णाको कारण भोट हाल्न आबस्यक ठान्दैनन्। निश्चित र इच्छुक मतदाताहरु बीच मात्र राजनीति गरिन्छ। दुइ पार्टी पद्दति भएको अमेरिकामा मतदाता पनि त्यसरी नै विभाजित गरिन्छ। मतदाताको राजनीतिक लाइन अनुसार निर्बाचन क्षेत्र निर्धारण गरिन्छ। रिपब्लिकन पार्टीका मतदाता बढी भएको ठाउंलाइ रिपब्लिकन प्रतिनिधिको भागमा दिने र डेमोक्र्याट बढी भएको ठाउं डेमोक्र्याटले लिने गरेर निर्बाचन क्षेत्र परिबर्तन गरिन्छ। मतदाताको लेनदेनलाइ यहाँ जेरी मेण्डरिङ्ग भनिन्छ। यो प्रजातन्त्र होइन, प्रजातन्त्रको उपहास हो। जे सुकै भने पनि अमेरिकामा हुने निर्बाचनहरुमा आम जनतालाइ भोट हाल्न सजिलो होइन अंकुश लगाउन खोजिन्छ। भोटर सप्रेसन अमेरिकामा प्रसस्त गरिन्छ ।
अहिले एनआरएन अमेरिकाको निर्बाचनको तालिका पनि लगभग भोटर सप्रेसन गर्ने नियत साथ् आएको देखिन्छ। कमसेकम एक दिन सप्ताहको नियमित दिन र दुइ दिन सप्ताहन्त निर्बाचन गरेर सकेसम्म धेरै मतदान होस् भन्ने सामान्य सिद्धान्त समेत बिर्सेर काम गर्ने र त्यो पनि जम्मा दुइ दिन राखेको स्थिति हेर्दा सकेसम्म कम मानिसले मतदान गरुन भन्ने नियत देखिन्छ। त्यसै पनि एनआरएन, यसको गतिबिधि र प्रक्रियाले मानिसहरुमा भोट हाल्न अनिच्छा त छंदैछ। त्यसमाथि मतदाताहरुलाई प्रतिकुल हुने गरी प्रकाशन गरिएको यो निर्बाचन तालिका भोटर सप्रेसनको एउटा स्पस्ट उदाहरण हो। जसको प्रभाव र दबावमा वा आफ्नै निर्णयमा यो निर्बाचन तालिका प्रकाशित गरिएको भए पनि यो अनुचित छ र यसले एनआरएनका मतदाताहरुको भावनाको कुनै तरिकाले पनि प्रतिनिधित्व गर्दैन। ढिला भएको छैन भने यो मिति सच्च्याउन अत्याबस्यक छ।

Election-Declare (1)

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907