एचडीएनपीले सेप्टेम्बर २ सनिबार रक्तदान कार्यक्रम गर्दै
अगस्त २८, डालस, टेक्सास । बिगत लामो समय देखि समाजसेवाको एक नमुना बन्दै आफ्नो जन्म थलो र कर्मथलोको सेवामा समर्पित एचडीएनपीले आगामी सेप्टेम्बर २ गते सनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिहान १० देखि दिउसो ३ बजे सम्म संचालन हुने उक्त कार्यक्रम चार्टर ब्लड केयर, डालस एभरेस्ट लायन्स क्लब र ब्लड डोनर्स अफ अमेरिका प्रत्यक्ष सहयोगी संस्थाहरु हुन् ।
एचडिएनपी इन्टरनेसनल लामो समय देखि अमेरिकाको फोर्ट वर्थ क्षेत्रमा सक्रिय सामाजिक संस्था हो । यसले घरबार बिहिन व्यक्तिहरुलाई २०१२ देखि प्रत्यक ३/३ महिनामा खाना खुवाउने काम गर्छ । त्यस्तै हरेक ३/३ महिनामा रक्तदान कार्यक्रम कार्यक्रमको आयोजना गर्ने गरेको छ एचडिएनपीले । त्यस्तै हरेक महिना पुराना लत्ता कपडा जम्मा पारेर घरबारबिहिनहरुलाइ दिने गरिन्छ । यसरी एचडिएनपी इन्टरनेसनल र यसका अध्यक्ष देवी आचार्य र उहाँको टीमले समाजमा एउटा अतुलनिय काम गरेको छ ।
समाज सेवा गर्न अन्त जानै पर्दैन, आफ्नै घर वरिपरि हेरे पुग्छ भन्ने यो एक उदाहरण हो । अमेरिका भनेर मात्र हुँदैन, यहाँ पनि भोक छ, गरिबी छ र अभाव छ । हामीलाई कर्म गर्ने अवसर दिने अमेरिका र यो समाजलाई पनि हामीले केहि दिनु पर्छ, देवी आचार्य सगर्व भन्नु हुन्छ । हामीले हामी जन्मेको देश नेपाललाई पनि गर्नु पर्छ तर अमेरिकाले हामीलाई लगाएको गुन पनि हामीले बिर्सिनु हुन्न ।स्मरण रहोस एचडीएनपीले नेपालमा पनि संस्था स्थापना गरेर थुप्रै काम गर्दै आएको छ।
सेप्टेम्बर २ मा हुन लागेको यो रक्तदान कार्यक्रम आर्लिङ्ग्टनमा सिटिमा आयोजना गरिएको र रक्तदाताहरुलाई टि-शर्ट, खाना र प्रमाणपत्र समेत प्रदान गरिनेछ। एक जनाले रगत दिंदा ३ जनाको ज्यान बच्ने भएकोले उक्त अबसरमा रक्तदान गर्न अध्यक्ष देवी आचार्यले सबैलाई अनुरोध गर्नु भएको छ।