यति च्याम्बरको तेश्रो रात्रीकालिन भोजन कार्यक्रम सम्पन्न

अगस्त २७,डालस , टेक्सास । डालसमा नेपाली समाज फैलिए संगै व्यापार गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ । संख्या बढे पछि संगठित हुनु स्वाभाविक हो । संगठन शक्ति हो । एक्लै गर्न नसकिने धेरै काम संगठन मार्फत गर्न सकिन्छ । योजना बनाउन र आफ्नो भविस्यको उचित निश्चितताको लागि मानिस संगठन तिर लाग्छ । डालस वरपरका नेपाली ब्यापारीहरु पनि करिब ३ बर्ष अगाडी संगठित हुने निधो गरे । बर्षौं अघिदेखिको चाहना र छलफल पछि उनीहरुले संस्था जन्माए, यति च्याम्बर्स अफ कमर्स । हिजो सनिबारको दिन सोहि संस्थाले आफ्नो तेश्रो बार्षिक रात्रीकालिन भोजन अर्थात् डिनर सम्पन्न गर्यो ।
संस्था जन्माउन सजिलो छ । दुइ चार जना मिल्यो, दर्ता गर्यो सकियो । तर त्यसलाई फ़लाउन, फ़ुलाउन र अघि बढाउन गाह्रो काम हो । त्यो भन्दा गाह्रो त्यसलाई अनुसासित, मर्यादित रुपमा एउटा जीवन्त संस्थाको रुपमा अघि बढाउनु हो । थुप्रै प्रवृति र पात्रहरुको संयोग संगठनमा हुन्छ । तिनीहरुका रचनात्मक र सकारात्मक भावना समेट्दै अवान्छित चासोहरूलाई भद्र रुपमा अस्विकार गरेर संगठन एकढिक्का राख्नु अर्को ठुलो चुनौती हो । यति च्याम्बर्स अफ कमर्सले अहिले सम्म त्यो भूमिका निर्बाह गर्दै आएको छ । यसको नेतृत्व ब्यबसायी तथा समाजसेवी बासु भण्डारीले गर्दै आउनु भएको छ । विवादमा कमै आउने र हरेक समस्याहरुलाई हांसी हांसी समाधान गर्ने उहाँको बानीका कारण च्याम्बर्स यति सफल र सक्रिय हुन सकेको हो ।


हिजो आयोजना गरिएको यो रात्रीकालिन भोजन कार्यक्रम यति च्याम्बर्स अफ कमर्सको कुशल ब्यबस्थापनको नमुना हो । कार्यक्रमका संचालक तथा संस्थाका महासचिव बाल जोशी कार्यक्रमको राम्रो तयारी साथ प्रस्तुत भएका थिए । मानिसहरुको थर उल्टो पाल्टो भन्ने उनको पुरानो आदतलाइ थाती राख्ने हो भने उनले कार्यक्रमलाई अनुसाशित र अच्छा तरिकाले संचालन गरे । सस्थाका अध्यक्ष बासु भण्डारीले स्वागत मन्तब्य मिठो अंग्रेजीमा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अन्य बक्ताहरु पनि थिए । कार्यक्रम स्थल ग्रेपभाइन सिटिकि काउन्सिल महिला ओडेलले ग्रेपभाइन सिटिमा सबैलाई स्वागत गर्दै आफ्नो सिटीले गरेका र गर्न लागेका केहि उल्लेख्य परियोजनाहरुको बारेमा जानकारी दिंदै ग्रेपभाइनमा आफ्नो ब्यबसाय शुरु गर्न सबैलाइ आग्रह पनि गरिन ।

प्रमुख अतिथि तथा प्रमुख बक्ता अस्लम खानले आफ्नो पाकिस्तान देखिको संघर्ष र सफलताको कथा सुनाएका थिए । कल्पना गर्न सकेको काम अमेरिकामा गर्न सकिने उल्लेख गर्दै पैसा भन्दा मानवीय मुल्य अमुल्य भएको धारणा ब्यक्त गरेका थिए ।

फोर्ट वर्थ च्याम्बर अफ कमर्सकि सदस्यता निर्माण शाखाकी उपाध्यक्ष नेटी म्याथ्युले संगठनको तागत भनेको सदस्य संख्या रहेको उल्लेख गर्दै च्याम्बरले सदस्यको हितमा काम गर्ने हुनाले आफु वा आफ्नो भूमिका प्रतिस्थापित गर्छ कि भनेर संगठनमा संलग्न हुन डराउन नहुने धारणा राखिन । च्याम्बर आफ्ना सदस्यहरुको प्रभावकारिता, ब्यबस्थापन र संचालनमा हितैषी बन्ने हुनाले सदस्य बन्नु ब्यबसायिकै हितमा रहेको उल्ल्लेख गरेकी थिइन । डालसमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुको प्रतिनिधि संस्था नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले अंग्रेजीमा मन्तब्य दिने क्रम भंग गर्दै नेपालीमा आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो । बाढी पिडितको लागि नेपाली समाज टेक्सासले स्थापना गरेको कोष र त्यसमा दाताहरुको अरुची तर्फ व्यंग्य गर्दै लामिछानेले ३०० जना यति च्याबर अफ कमर्सका सदस्य हुँदा हुँदै पनि चन्दा अभियान सोंचे जस्तो नभएकोमा घुमाउरो पाराले असन्तुस्टी व्यक्त गर्दै मर्दा र पर्दा झोली खोल्न अप्ठेरो नमान्न सबैमा अनुरोध गर्नु भएको थियो ।

कार्यक्रम सम्पन्न गर्न आर्थिक जोहो गर्नु पर्ने हुन्छ । त्यसमा प्रायोजन गरेर सहयोग गर्नेहरुलाई आफ्नो ब्यबस्य प्रबर्धन गर्न केहि समय दिइएको थियो । त्यस्तै नेपाली समाज टेक्सासको गास, बास, कपास र जीविका परियोजना बारे संस्थाका महासचिव कमल सत्यालले जानकारी गराउंदै नेपालको तराइ क्षेत्रमा हालसालै गएको बाढीबाट पिडित झापा जिल्लाका ३० परिबारलाई उक्त कार्यक्रमले समेट्ने र त्यस अन्तर्गत हरेक परिवारलाइ एउटा घर, १५ दिनको लागि खाना र आम्दानीको लागि एउटा बाख्रो समेत प्रदान गर्ने योजना रहेको जानकारी गराएका थिए । त्यस्तै अल्पकालीन उद्धार अन्तर्गत झुल, ब्लांकेट र खानाको ब्यबस्था गर्न मधेसी समाज अमेरिकाका अध्यक्ष सुनिल शाहलाइ सोह्र सय डलर हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा मनोरन्जनको खासै ब्यबस्था नभए पनि केहि बिदेशी सुन्दरीहरुले नाच प्रस्तुत गरेका थिए । नेपाली गीतमा बानी परेका नेपाली दर्शकले ती नर्तकीहरुको नाचमा खासै रुची देखाएनन । कार्यक्रममा डालस वरपरका ब्यबसायी, समाजसेवी, पत्रकार तथा अन्य सर्बसाधारणको पनि उपस्थिति थियो ।

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907