अमेरिका जान प्रतिबन्ध निन्दनीय–इरानी विदेशमन्त्री

तेहरान, १६ असार । अमेरिकाले छ वटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिकाको भ्रमणमा लगाएको प्रतिबन्ध वास्तवमै निन्दनीय भएको इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफले शुक्रबार बताउनुभएको छ ।

‘अमेरिकाले हाल इरानी हजुरआमाहरुलाई आफ्ना नातीनातीनालाई भेट गर्ने प्रतिबन्ध लगाएको छ, यो वास्तवमै निन्दनीय भएकोले यसको इरानले विरोध गर्दछ–जारिफले आफ्नो ट्वीटरमा लेख्नुभएको छ ।

अमेरिकामा इरानी मूलका अमेरिकी नागरिक १० लाख भन्दाबढी रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी छ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी सर्वाेच्च अदालतको पछिल्लो आदेशले आगामी ९० दिनसम्म ती देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिवन्ध लगाउने सरकारको नीतिलाई सदर गरेको छ ।

Demonstrators spell out “# No Muslim Ban” during the “Boston Protest Against Muslim Ban and Anti-Immigration Orders” to protest U.S. President Donald Trump’s executive order travel ban in Boston, Massachusetts, U.S. January 29, 2017. REUTERS/Brian Snyder

त्यसैगरी ती छ देशका शरणार्थीलाई १२० दिनसम्म रोक लगाइएको छ । यसबाट अमेरिकामा आतङ्ककारी भित्रिन रोक लाग्ने ट्रम्पको भनाइ रहेको छ । यस निर्णयको अमेरिकामा विरोध भइरहेको छ ।

अमेरिकी इरानीयहरुले आ–आफ्नो ट्वीटरमार्फत आफ्ना हजुरबा आमा आतङ्ककारी नभएको भनी विरोध गरेर ट्वीट गरेका छन् र उनीहरुले ती हजुरबा आमाको फोटो पनि ट्वीटरमा राखेका छन् । रासस÷एएफपी

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907